Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गीतकार_टेक_तामाङ
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #विश्व_संगीत_दिवस
  • #गण्डकी प्रेदशसभा
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #सहकारीको बचत अपचलन प्रकरण
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • दलित समुदायलाई आरन चलाएर जीविका चलाउनै मुस्किल
दलित समुदायलाई आरन चलाएर जीविका चलाउनै मुस्किल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २१, २०८०

कञ्चनपुर- बेदकोट नगरपालिका–३ का डम्बर ताम्राकारलाई आरन चलाएर जीविका चलाउन गाह्रो भएको छ । आरन चलाएर निर्माण गरिने धातुका वस्तु बिक्री हुन छाडेपछि उनलाई जीविका चलाउन गाह्रो भएको हो ।

आरनबाट जीविका चलाउन गाह्रो भएपछि धेरै जना पेसा पलायन भई मजदुरीका लागि भारततर्फ जान थालेका छन् । युवाहरूले आरन पेसालाई अँगाल्न छाडेका छन् । बाबुबाजेदेखि आरन चलाउँदै आए पनि थोरै आम्दानी हुने हुँदा युवाले अरु पेसा रोजेका हुन् ।

“पहिला मठमन्दिरमा स्थानीय कारिगरले आरन चलाएर बनाउने बाघ, हात्ती, गाई, सर्प, दियो, छडी, पञ्चदीप, भोकर चढाउने चलन निकै थियो”, उनले भने, “ती सबै स्थानीय आरन चलाउनेले बनाउने गर्दथे, हाल बजारमै सबै सामान किन्न पाइन्छ, हातले बनाउँदा टिकाउ भए पनि महँगो हुन्छ, बजारमा सस्तो छ ।”

मठमन्दिरमा चढाउने देवी–देवताका धातुका मूर्तिको माग पनि आउन छाडेको उनले बताए । घरायसी प्रयोग हुने चरु, फोला, हुडु, माना, पाथीको प्रचल हटेसँगै पुख्र्यौली पेसा नै ओझेलमा परेको उनको भनाइ छ । “हाल हँसिया बनाउने र त्यसमा धार लगाउने कार्यबाहेक अरु काम नआउँदा परिवारको खर्च धान्न मुस्किल भएको छ”, उनले भने, “पहिला कमाइ हुन्थ्यो, त्यही भएर एक कठ्ठा जग्गा खरिद गरी तीन छोराको विवाह गर्न भ्याएँ, अहिलेको जस्तो भए भोकभोकै बस्नु पर्दथ्यो ।”

पैसठ्ठी वर्षीय ताम्राकारले आरन पेसालाई निरन्तरता दिँदै आए पनि उनका तीनवटै छोरा भने कमाइका लागि भारतमा काम गर्दै आएका छन् । आरनबाट मासिक रु तीनदेखि पाँच हजारसम्ममात्रै आम्दानी हुने गरको उन सुनाउनुहुन्छ । “धान, गहुँ काट्ने सिजनमा केही कमाइ हुन्छ”, उनले भने, “बाँकी समय थोरैमै चित्त बुझाउनुपर्ने हुन्छ, पुर्खौँदेखिको पेसा भएकाले छाड्न पनि सकिएको छैन ।”

शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा आरनको काम गर्दै आएका लक्षी लुहारलाई पनि परिवार पाल्नकै चिन्ता छ । “परम्परात पेसालाई आधुनिक बनाउन नसक्दा भोकभोकै बस्नुपर्ने अवस्था आएको छ”, उनले भने, “आरनलाई आधुनिक बनाउन सरकारी पक्षबाट अनुदानको व्यवस्था गरिनु पर्दछ ।”

बाबुबाजेदेखि सिकेको पेसा नै यही भएकाले अरु काम गर्न नआउँदा अन्योता छाएको उनले बताए । “आरनको काम गर्नेको कमाइ छैन, समाजमा मानप्रतिष्ठा पनि छैन”, उनले भने, “त्यही भएर घरका छोरा भारतमा काम गर्न बाध्य छन् ।” भारतीय पहाडमा विद्युत्का पोल बोक्ने, सडक खन्ने, विद्युत् पावर हाउसको सुरुङ निर्माण गर्ने र पानीको बाँध बनाउने कार्यमा दलित समुदायका युवाहरू संलग्न छन् ।

अर्काको जमिनमा खोकाछाप्रा बनाएर आरन चलाउँदै आएका पदम कामी परम्परागत पेसालाई निरन्तरता दिँदै आएका छन्  । “हातमा सीप भनेको त्यही परम्परागत आरन चलाउनुमात्रै हो”, उनले भने, “यसबाट आएको रकम र अन्नले सात जनाको परिवारको पेट पाल्न मुस्किलले पुगेको छ”, रातदिन फलाम थिच्दा पनि मुस्किलले दुई छाक खान नपुग्ने गरेको उनको दुःखेसो छ ।

“पेसालाई आधुनिकीकरण गरी सहजरूपमा जीवनयापन गर्नका लागि स्थानीय तहले योजना बनाउनुपर्ने हुन्छ”, दलित अगुवा शिवी लुहारले भने, “अहिलेसम्म आरन चलाएर जीविका चलाउने दलित समुदायका व्यक्तिका लागि योजना बनाइएका छैनन्, पेसालाई आधुनिकीकरण गरी बिनाधितो समूह जमानीका आधारमा ऋणको व्यवस्था गरिनुपर्छ, त्यो पनि हुनसकेको छैन ।” आरन चलाउने दलित समुदायसँग भएको परम्परागत सीप पुरानो भइसकेकाले युवालाई परम्परागत सीपमा परिमार्जन गरी संलग्न गराइनुपर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १८:१३
#आरन
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप अर्थतन्त्र
कोरियाबाट फर्केर कृषि पेशामा
कोरियाबाट फर्केर कृषि पेशामा बुधबार, असार ४, २०८२
‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट कर्णालीका किसान लाभान्वित
‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट कर्णालीका किसान लाभान्वित बुधबार, जेठ २८, २०८२
विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती
विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती बुधबार, जेठ २८, २०८२
जुत्ताचप्पल व्यवसायमा आत्मनिर्भर बन्दै महिला
जुत्ताचप्पल व्यवसायमा आत्मनिर्भर बन्दै महिला मंगलबार, जेठ २७, २०८२
विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’
विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’ मंगलबार, जेठ २०, २०८२
महाकालीको माछा बेचेर जीविका चलाउँदै
महाकालीको माछा बेचेर जीविका चलाउँदै सोमबार, जेठ १९, २०८२
विदेशको कमाइ छाडेर कृषिमा रमाएका देउकुमार
विदेशको कमाइ छाडेर कृषिमा रमाएका देउकुमार सोमबार, जेठ १९, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न
सुनको मूल्य निरन्तर बढ्दो
सुनको मूल्य निरन्तर बढ्दो
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी
कोरिया जान नपाएका युवाले बुझाए छ बुँदे ध्यानाकर्षणपत्र
कोरिया जान नपाएका युवाले बुझाए छ बुँदे ध्यानाकर्षणपत्र
एनसेलको ‘सधैं अन करोडपति’ योजना सुरु, १ करोड बम्पर पुरस्कार
एनसेलको ‘सधैं अन करोडपति’ योजना सुरु, १ करोड बम्पर पुरस्कार
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP