Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सकारात्मक सन्देश प्रवाह गर्न आग्रह
सकारात्मक सन्देश प्रवाह गर्न आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १२, २०७६
Hardik health
काठमाडौं– अर्थमन्त्री तथा कार्यवाहक सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सभ्य समाज निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गर्न आमसञ्चार माध्यमसँग आग्रह गरेका छन् । निर्वतमानमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा सुरक्षा प्रेसको सम्बन्धमा भ्रष्टचारमा मुछिएपछि कार्यवाहक सम्हालेका अर्थ खतिवडाले आइतबार सञ्चारमन्त्रीको पदबहाली गर्दै सरकारले गरेका काममध्ये राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रोभन्दा पनि जस्ताको जस्तै जनता समक्ष पुर्याउनुपर्नेमा जोड दिए । उनले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउन सरकार र आमसञ्चार माध्यमबीचको सहकार्यको आवश्यकता औँल्याएका छन् । मन्त्री डा. खतिवडाले सञ्चारसम्बन्धी केही विधेयक निर्माण प्रक्रियामै रहेको बताउँदै त्यसलाई छलफल गरेरमात्र ल्याइने बताए । उनले भने, ‘संघीयताको पूर्ण कार्यान्वयनसँगै लोकतन्त्रलाई बलियो बनाउन पनि सरकार र सञ्चारमाध्यमबीच सहकार्य हुन आवश्यक छ ।’ उनले आम नागरिकप्रति मर्यादित र उत्तरदायी हुँदै सत्यतथ्य समाचारमात्र प्रकाशन÷प्रसारण गर्न पनि सञ्चारमाध्यमलाई अपिल गरे । ‘सुसूचित हुन पाउने जनताको अधिकारलाई सुनिश्चित राख्नुपर्छ र त्यसलाई प्रवद्र्धन गर्नुपर्ने सञ्चारमाध्यमको भूमिका हुन्छ । समृद्धिका लागि नागरिक उत्पादक हुनुपर्छ । उत्पादक र सबलीकृत नागरिक बनाउन प्रविधिमा पहुँच महत्वपूर्ण हुन्छ, सूचना प्रविधिका माध्यमबाट राज्यका अंगलाई पारदर्शी बनाउनुपर्ने हुन्छ’, उनले भने । मुलुकमा व्याप्त गरिबीको अन्त्य गर्दै समृद्धि र समतामूलक समाज निर्माण गर्नु सरकारको मुख्य विषय भएको उनको भनाइ छ । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिसन माग गरेको अडियो संवाद सार्वजनिक भएसँगै विवादमा परेका सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले बिहीबार राजीनामा दिएका थिए । मन्त्री बाँस्कोटाले राजीनामा दिएपछि सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले अर्थमन्त्री डा खतिवडालाई सञ्चार मन्त्रालयको समेत कार्यभार तोकेका थिए ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  ०९:२६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP