Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ‘मातृभूमिप्रतिको माया विदेशमा झन् गाढा’
‘मातृभूमिप्रतिको माया विदेशमा झन् गाढा’
सागर सुवेदी
सागर सुवेदी बुधबार, असोज १७, २०८०

काठमाडौं-  गैरआवासीय नेपाली संघ ९एनआरएनए०को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि शुरु भइ आगामी कात्तिक ३ गते समापन हुँदैछ । हरेक दुई वर्षमा आयोजना हुने एनआरएनए महाधिवेशनबाट संघको नयाँ नेतृत्वको छनोट हुने गर्दछ ।

लगभग अढाई दशकको इतिहास बोकेको यस संस्थाको नेतृत्व तहमा रही विश्वभर छरिएका गैरआवासीय नेपालीहरूको सुख–दुःखसँग जोडिएर उनीहरूको हक–अधिकारका लागि काम गर्न र मातृभूमिका लागि समेत योगदान पुर्याउने अभिलाषाका साथ थुप्रै एनआरएन अभियन्ताहरू विगतका वर्षझैँ यसपटक पनि चुनावी मैदानमा होमिदै छन् । विभन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रमले तीव्रता लिएको छ ।

यसै क्रममा एनआरएनएका उदीयमान एवम् होनहार युवा अभियन्ता सागर सुवेदीले पनि युरोप–संयोजकको जिम्मेवारीका लागि आफूलाई मैदानमा उतारेका छन् ।दुई दशकभन्दा बढी अवधिदेखि अष्ट्रियामा बसोबास गर्दै आए पनि मातृभूमिप्रति अत्यन्त लगाव राख्ने युवा हुन् सागर सुवेदी । मुलुकमा जबर्जस्त लादिएको प्रणाली र पात्रहरूका कारण नेपाल आजको दयनिय अवस्थामा पुगेको ठहर उनको छ । नेपालजस्तो मुलुकका लागि राजसंस्थाको अभिभावकीय भूमिका अपरिहार्य रहेको चट्टानी अडानमा उनी अडिग रहँदै आएका छन् ।

मुलुक गणतन्त्रमा गएको समयमा पनि राजसंस्थाको महत्वबारे वकालत गरेर तपाईं कसरी एनआरएनए जस्तो संस्थामा अघि बढ्न सक्नुहोला त भन्ने जिज्ञासामा सुवेदी भन्छन्– ‘एनआरएनए हामी गैरआवासीय नेपालीहरूलाई आफ्नो मातृभूमिसँग जोड्ने उद्देश्यबाट प्रेरित रहेको अलग्गै संस्था हो, यसमा व्यक्तिको राजनीतिक आस्थालाई जोडेर हेरिरहनु पर्दैन । जहाँसम्म राजसंस्थाप्रतिको विश्वासको सवाल छ, यो त हरेक नेपालीले आज अवलम्बन गर्नुपर्ने निकाय हो भन्ने मेरो ठहर छ । आज देश अभिभावकविहीन हुनाले हामी विदेशमा बसेकाले समेत चिन्ता गर्नुपर्ने परिस्थिति सिर्जना भएको हो ।

Hardik health

मेरो यो आस्था म जहाँ रहेपनि मर्दैन, मार्नुपनि हुँदैन । व्यक्तिको अरु कुरा परिवर्तन हुन सक्छ, तर आस्था नै फेरिइरहन्छ भने उसले कुनै पनि क्षेत्रमा विश्वास आर्जन गर्न सक्दैन भन्ने मेरो बुझाइ छ ।’संस्थागत अनुशासन, सशक्त एनसीसी, मजबुत संगठन र नयाँ पुस्तालाई आकर्षण जस्ता गहन एवम् महत्वपूर्ण मुद्दासहित युरोप–संयोजकमा उम्मेदवारी दिएका सामाजिक व्यक्तित्व सागर सुवदेदीले आफ्नो विजयपछि कार्यान्वयनमा ल्याउन प्रमुख एजेण्डाहरू बुँदागतरूपमा यसरी अघिसारेका छन् । 

गैरआवासीय नेपाली संघमा आवद्ध युरोपवासी आदरणीय केन्द्रिय प्रतिनिधिज्युहरू, तपाईं केन्द्रिय प्रतिनिधिज्युहरू जस्तै म पनि एक सामान्य गैरआवासीय व्यक्ति हुँ, जसले गैरआवासीय नेपाली संघको पछिल्लो बिग्रेको छविलाई एक उचाइमा पुर्‍याउने लक्ष्य राखेको छ । मैले सदैव भनिरहेको विषय भनेको संस्था र यसमा आवद्ध पदाधिकारीहरू वैधानिक अनुशासनमा रहनुपर्दछ, यो मेरो विशेष मान्यता हो । संघभित्र वैधानिक अनुशासन कायम भएको खण्डमा यसको गुण र गाथा दोश्रो पुस्तामा हस्तान्तरण हुने मेरो बुझाइ छ । त्यसैले आफ्नो करिव अठारमहिने युरोप–उपसंयोजकको कार्यकालमा मैले वैधानिक अनुशासन कायम राख्दै समयले भ्याएसम्म आफ्नो तर्फबाट संघलाई योगदान दिने प्रयास गरेँरगरिरहेको छु ।’
‘पेसाले एकेडेमिक आपतकालीन नर्सिङ अधिकारीको रूपमा युरोपकै ठुलो मानिने मेडिसिन विश्वविश्वविद्यालय भियनामा कार्यरत रहेको छु । तपाईंहरूको विश्वासले निर्वाचित हुने अवसर मिल्यो भने मैले आफ्नो दुई वर्षे युरोप संयोजक कार्यकालमा केही गर्न सकिने ठोस विषयलाई तपाईंहरूसमक्ष बुँदागत रूपमा राख्न चाहन्छु ।’

१. युरोपस्थित हरेक नवनिर्वाचित एनसीसीको अध्यक्ष तथा महासचिवहरूलाई कम्तिमा एकहप्ते संस्थागत कोचिङको अनिवार्य ब्यवस्था गर्ने । यसो गर्दा निर्वाचित भएर तपाईं–हाम्रो सेवामा आउने पदाधिकारीहरूलाई संस्था तथा आफ्नो कर्तव्यरदायित्व बुझ्न सजिलो हुने, जिम्मेववारी बहन प्रक्रिया सहज तुल्याउन मद्दत गर्ने लगायतका काम हुनेछन् ।

२. सामुहिक लगानी भनेर संघको प्रारम्भिक योजना भएता पनि आज कुल गैरआवासीयहरूको करिव २ प्रतिशत व्यक्तिहरूले आफ्नो लगानी गरेर आफै मुनाफा कमाएको अवस्थामा अब यस विषयमा सानो लगानीबाट पनि उस्तै किसिमको प्रतिफल दिने लगानीका विषयमा विज्ञहरूलाई समावेश गरी बृहत रूपमा योजना बनाएर कार्यान्वयनका लागि अगाडि बढ्ने छु ।

३.नेपालको राजनीतिक नेतृत्वलाई यहाँबाट टिकेट काटेर, होटल बुकिङ गरेर रिझाउँदै उहाहरू सँग तस्बिर लिई आफ्नो रवाफ देखाउन भन्दा छिमेकी मुलुक भारतको गुजरात राज्यका तत्कालिन मुख्य मन्त्री नरेन्द्र मोदीले एनआरआई ९ल्च्क्ष्० लाई विमानस्थलमा रातो कार्पेट राखेर स्वागत गरेजस्तै नेपालका राजनीतिजीवीबाट पनि गैरआवासीय नेपाली संघमा आवद्ध बक्तित्वहरूले आफ्नो जन्मभूमिमा गरेको योगदानका कारण आत्मीय स्वागत हुने वातावरण निर्माणको सुरुवात गर्नेछु । यसको लागि एक छुट्टै विज्ञ सल्लाहकार समिति गठन गरेर कार्यान्वयन दिशामा लैजाने प्रयास गर्नेछु ।

४. युरोप महादिपमा लोकप्रिय खेल फुटबललाई नेपाली युवा पुस्तालाई एकआपस जोड्ने माध्यम ‘फुटबल’ बनाउँदै एनआरएनए युरो कप आयोजना गर्ने, यसको लागि हरेक वर्ष एक पटक युरोप स्तरमा अलग–अलग मुलुकहरूमा यस्तो प्रतियोगिताको आयोजना गर्ने, जसमा यसमा आवद्ध हरेक एनसीसीले आफ्नो मुलुकको एक टिम निर्माण गरी त्यसलाई तयार गरेर एनआरएनए युरो कप प्रतियोगितामा प्रतिष्पर्धा गर्न पठाउने । यसका लागि सरोकारवालाहरूको सहयोगमा बजेट र छुट्टै योजनासमेत बनाएर यथासम्भव छिटो कार्यान्वयनको दिशामा अघि बढ्ने छु ।

५. राजनीतिक आस्था सबैका हुन सक्लान्, ती आस्थाहरूलाई मेरो सम्मान छ, मेरो पुस्तामा त झन् कुनै न कुनै आस्थाको ट्याग बोकेर आज हामी युरोपमा छौँ, यहाँ हुर्कंदै गरेको भोलिको पुस्ताले नेपाली राजनीतिक पार्टीको ट्याग नबोक्ने हुँदा, संघमा आउने व्यक्तित्व राजनीतिक पार्टीको झण्डा लिएर भन्दा आफ्नो कार्यक्षमताको आधारमा संघमा आउने वातावरणको अवस्था सिर्जना गर्न पहल गर्नेछु । मैले गर्ने कार्यसम्पादनमा कुनै राजनीतिक रङ्ग नभरी आफ्नो कार्यसम्पादन गर्नेछु ।

६. विधानले सिर्जना गरेको युरोप क्षेत्रको समितिलाई ससक्त बनाउँदै स्वायत्त, अनुशाशित एनसीसीहरूको पक्षमा काम गर्ने कार्यतालिका निर्माण गरेर सोहीअनुसार काम गर्नेछु ।
७. एनआरएनए युरो कप फुटबललाई अहिलेको इआरएम जस्तै बनाउने छु ।
८. क्षेत्रिय बैठकमा अनावश्यक अतिथि बोलाएर निद्रा लाग्ने भाषणहरूलाई बन्द गर्दै अनावश्यक कार्यक्रमसमेत लाई हटाएर एनसीसीको प्रमुख भूमिका बन्ने क्षेत्रिय बैठकको आयोजना गर्नेछु । जसबाट एनसीसीमा रहेर काम गरिरहनुभएका युवा र महिला दिदीबहिनीलाई सँगै हिँड्न सक्ने सम्मानजनक स्थिति बनाउन काम गर्नेछु ।
९. हात्तीको दाँत जस्तो भूमिकाविहीन बनाइएको वर्तमान आइसीसी सदस्यलाई एनसीसीको आइसीसीसँगको पुल बनाउने दिशामा जिम्मेवारी प्रदान गर्ने तुल्याइ आइसीसी सदस्यको महत्व उच्च बनाउँदै सशक्त भूमिका प्रदान गर्ने परिपाटीको निर्माण गर्नेछु ।
१०. हरेक निर्णय गर्नुभन्दा पहिला गैरआवासीय तथा यससँग सम्बन्धित रहनुभएका क्षेत्रगत विज्ञसँग राय लिने र ती निर्णयहरूमा पारदर्शिता गराउने काम गर्नेछु ।
११.समाजलाई योगदान दिने हरेक व्यक्तित्वलाई उनीहरूको कार्यको आधारमा मुल्यांकन गर्ने काम गर्नेछु ।
१२.केन्द्र (आइसीसी) का हरेक वैधानिक निर्णयमा काम गर्नेछु, साथै हरेक संघका सदस्यको सुझाव र सल्लाहलाई सम्बन्धित ठाउँमा पुर्‍याउँदै कार्यान्वयनको लागि काम गर्नेछु ।
१३. विषयगत शिक्षालाई नेपाल र युरोपका विश्वविद्यालय, प्राविधिक विद्यालयबाट ज्ञान र सिप आदानप्रदानको लागि ठोस योजना बनाएर काम गर्नेछु । विशेषगरी नर्सिङ शिक्षासँग सम्बन्धित विषयलाई यहाँका निकायहरूमा जोडी समन्वय गराइ स्तर अभिवृद्धिका लागि काम गर्नेछु ।
१४. युरोपको आकाशमा नेपाली जहाज ल्याउने काम एक युरोप संयोजकले गर्न सक्दैन । यो युरोपियन हवाई नीति र यसको सुरक्षासँग सम्बन्धित भएकोले मैले यहाँ अहिले नै केही बाचा गर्न नमिल्ला ।
१५. संस्थाको आर्थिक गतिविधिलाई पारदर्शी बनाउँदै उच्च प्राथमिकता दिएर काम गर्नेछु । क्षेत्रिय बैठकहरूमा आजसम्म देखिएको आर्थिक अस्पष्टतालाई प्रस्ट पार्नेछु ।
१६. आजसम्म आयोजना गरिएका क्षेत्रिय बैठकहरूमा गरिएका घोषणा पत्रहरूलाई संकलन गरेर आजसम्म ती घोषणामा के काम भएका रहेछन् भन्ने विषयमा तपाईंहरूलाई जानकारी गराउने छु ।
१७.उप–संयोजक सहकर्मीहरूको उच्च सम्मान हुने गरी कार्यविभाजन गरेर काम गर्नेछु भने महिला र युवा–संयोजकहरूको कार्यमा यथासक्य योगदान दिनेछु ।
१८. बाँकी विषय तपाईं आम गैरआवासीय मित्रहरूले दिएको सुझावका अधारमा आफ्नो कार्यसम्पादन गर्नेछु ।
मलाई भरोसा गरेर हेर्नुहोस्, म तपाईंको भरोसा र विश्वासलाई टुट्न दिने छैन ।

 


प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP