Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • स्पार्क एड्भेन्चर सम्पन्न, कस्तो रह्‍याे त कलाकारहरूको अनुभव ?
स्पार्क एड्भेन्चर सम्पन्न, कस्तो रह्‍याे त कलाकारहरूको अनुभव ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज १५, २०८०

काठमाडौं -   दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा स्पार्क एड्भेञ्चर २०२३ सम्पन्न भएको छ । शैलुङको पर्यटन प्रवर्द्धनका लागि स्पार्क कारले आयोजना गरेको तीन दिने कार्यक्रममा दर्जन बढी कलाकारहरू सहभागी थिए। सय थुम्काहरूको संगम शैलुङ धार्मिक एवम् पर्यटकीय क्षेत्र हुनुका साथै सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट 'हिल स्टेसन’ पनि हो । प्रकृति र पर्यावरणको उत्तम संगम रहेको शैलुङ पर्यटकीय हिसाबले पनि निकै महत्त्वपूर्ण रहेको छ ।

शैलुङमा फराकिला हिमशृङ्खला, आकर्षक सूर्योदय र सूर्यास्त, स्थानीय संस्कृति, रैथाने परिकार, चौँरी गोठ र गोठाले जीवनसँगै चिसो अनि शान्त मौसमको अनुभव लिन सकिन्छ। कलाकारहरूमध्ये धेरै जसोले आफू शैलुङमा पहिलो पटक आएको अनुभव सुनाए  । पहिलो पटक शैलुङ आउँदा उनीहरूले निकै गर्व गरेका बताए ।  कलाकारहरूले पहिलो पटक सामूहिक रुपमा क्याम्पिङ टेन्टको मज्जा लिएको बताएका छन् ।

विजय लामा, क्याप्टेन तथा कलाकार
''शैलुङ निकै नै रमाउन पायौँ । यस किसिमको कार्यक्रमले मुलुकको पर्यटन एवम् आर्थिक रूपान्तरणमा उल्लेख्य सहयोग पुग्छ । स्पार्क कारको यस किसिमको काम आफैँमा साहसिक हो भन्ने मलाई लाग्छ । साढे तीन दशकदेखि शैलुङमाथिको आकाशमा उड्दै ’वाउ’ मात्रै भन्दै आएको थिएँ, अहिले प्रत्यक्ष रूपमा स्थलगत अवलोकन गरें । यस ठाउँका कारण स्थानीयको भविष्य उज्ज्वल बन्ने सम्भावना देखेँ । अब स्थानीय सरकारले यस ठाउँको प्रवर्द्धन र विकास गर्न सक्नुपर्छ ।''

निखिल उप्रेती, एक्सन स्टार
'तीर्थ त्यत्तिकै तीर्थ भएको हुँदैन । त्यहाँ जाँदा मानिसको शारीरिक र मानसिक रूपमा स्वस्थ हुने भएर पनि त्यस ठाउँ तीर्थस्थल बनाइएको हुन्छ । शैलुङ बुद्धले टेकेको ठाउँका रूपमा पनि महत्त्वपूर्ण छ । मैले यस ठाउँमा आउँदा निकै आनन्दित महसुस गरें ।'

Hardik health

प्रेम राजा महत, लोक गायक
''नेपालको पर्यटकीय हिसाबले निकै सुन्दर स्थानका रूपमा शैलुङ रहेछ भन्ने थाहा पायौँ । शैलुङकै विशेषता समेटेर मैले गीत लेख्ने सोच बनाएको छु । यहाँबाट जता हेर्यो उतै सुन्दर लाग्छ । स्वर्गको टुक्रा नै हो जस्तो लाग्छ शैलुङ ।''

यश कुमार, गायक
''जहाँ जहाँ सहज तरिकाले पुग्न सम्भव छैन । नेपालको यती सुन्दर ठाउँमा सहजै गएर घुम्न सकिएको छैन, त्यसको माध्यम बनेर स्पार्क कार आउनु मेरो विचारमा यो नेपालमै पहिलो हो । यसरी २०० जना हाराहारीमा टिम बनाएर पिकनिक जस्तै सबैसँग खुसी साटासाट गरेर नजिक हुने कार्य भएको छ, जसले निरन्तरता हुनुपर्छ । समयलाई मैले जितेँ, भिटामिन नै पाएँ भन्ने फिल भएको छ । यहाँ आइसकेपछि म केही यहीँसँग सम्बन्धित रचना गर्ने वा गाउने काम गर्छु भन्ने सोच आएको छ । अब प्रकृतिसँग सम्बन्धित गीत बनाउँछु भन्ने सोच आएको छ ।''

सन्दीप क्षेत्री, कमेडियन
''नेचरसँग नजिक हुन पाइयो । भौगोलिक हिसाबले यो विकट ठाउँ रहेछ । केही आधारभूत चीजहरू जस्तै: शौचालय अलिक राम्रो भइदिएको भए झनै राम्रो हुने रहेछ । विभिन्न मुलुकहरूमा घुम्न गएका थियौँ । भर्जिनियाँको गुफामा एक पटक छिरेको थिएँ । गुफा प्राकृतिक नै थियो तर त्यहाँ सुविधा सम्पन्न थियो । त्यसरी एक्ससेस दिनुपर्छ । प्रकृतिलाई नै तुलना गर्ने हो भने यहाँ आधारभूत चीजहरूको विकास हुँदा कति सुन्दर हुन्थ्यो । हामीले धेरै राम्रो चिज पाएका छौँ, तर त्यसको भ्याल्यु क्रेट गर्न भने सकिरहेका छैनौँ।''

बुद्धि सागर, लेखक
''शैलुङ बसाई निकै नै रोचक रह्यो । यस ठाउँमा पहिलो पटक आएको हुँ । काठमाडौँबाट नजिकैको दूरीमा रहेको यो ठाउँ निकै नै विशेष रहेछ । भुईंकुहिरो आयो, काठमाडौँमा ५५,५६ सालतिर भुइँकुहिरो देखिन्थ्यो, अहिले छैन । यहाँ भुइँकुहिरो देखेपछि म नोष्टाल्जिक बन्न पुगेँ । केही न केही लेखिरहने व्यक्ति भएकाले म यहाँ देखेका कथा तथा परिवेशहरूले कहीँ न कहीँ स्थान पाउँछन् । यहाँको मानिसहरू अझै पनि पाहुनालाई भगवान मान्ने हुनुहुँदो रहेछ । हाम्रो ठाउँको प्रचार गर्नका लागि स्थानीयहरूको सामूहिकता देखेँ, जसले खुसी दिलायो ।''

राजेश घतानी, चलचित्र निर्माता, गायक तथा उद्घोषक
''स्पार्कको यस किसिमको कार्यक्रममा म पहिलो पटक आएको थिएँ । धुलिखेलदेखि नै स्वागत सम्मानमा रमाउँदै आउन पाइयो । रैथाने परिकारको स्वादले हामीलाई निकै नै रोमाञ्चित बनायो । मलाई रामेछाप भन्नेवित्तिकै एकखाले आत्मीयता आउँछ । मलाई रामेछापको मन्थली जान मन छ । लामो यात्राको करिअरमा यो दुई दिने बसाईले मनमा अमिट छाप पार्यो । अविस्मरणीय बन्यो । स्पार्क टिमलाई म मुरमुरी धन्यवाद दिन चाहन्छु ।''

गरिमा शर्मा, मोडेल
'मेरो लागि यो ठाउँ निकै महत्त्वपूर्ण रह्यो । धेरै जनासँग चिनजान भयो, साथीहरू बनाइयो । मैले शैलुङ आउनका लागि भनेर ड्रोन किनेको थिएँ, यहाँ आएर सिक्न पाएँ । टेन्टमा सुत्नु पनि मेरो लागि नयाँ नै थियो । मलाई एकदमै मज्जा लाग्यो । स्टे वाइल्ड विथ चौँरी नामअनुसार नै हामीले अनुभव संगाल्यौँ। म घुम्न रुचाउने व्यक्ति हुँ, स्पार्कले आगामी दिनमा पनि घुम्ने काममा सम्झिन्छ भन्ने विश्वास छ ।'

रिना थापा मगर, कलाकार
''म एक दिन ढिला यस एडभेञ्चरमा आएको थिएँ । प्रेम राजा महत दाइसँगै आएको थिएँ । सोचेभन्दा धेरै रमाइलो भयो कार्यक्रम । एकदमै अविस्मरणीय रह्यो कार्यक्रम । धेरै प्रतिष्ठित व्यक्तिहरूसँग एकै पटक भेट्ने तथा चिन्ने अवसर मिल्यो, जुन काठमाडौँमा सम्भव थिएन । यहाँ यति धेरै संस्कृतिहरू स्थानीयहरूले बचाएर राख्नुभएको देखेँ, यसले मलाई निकै आनन्दित बनायो । हामी घुम्न जाँदा दुबई, कतार, बाली घुम्न जान्छौँ । म उहाँहरूलाई आह्वान गर्न चाहन्छु, नेपालभित्रका ठाउँहरू घुमौँ, यहाँको हावापानीको आत्मीयता अन्य ठाउँमा पाइँदैन ।''

कैलाश कार्की, कमेडियन
''स्पार्कको पहिलो एडभेञ्चर कार्यक्रममा जान पनि मैले भ्याएको थिएँ । यसपाली पनि निकै रमाइलो भयो । आशा छ, अर्को पटक पनि म सहभागी हुन पाउँछु । एकदमै विशिष्ट मानिससँग भेट भयो, उहाँहरूले तीस, चालिस वर्षमा भोग्नुभएको कुरालाई तीन दिनमै पढ्न र बुझ्न पायौँ । यो मेरालागि निकै महत्त्वपूर्ण रह्यो । मलाई यहाँ मेरो जन्म ठाउँ सोलुखुम्बुकै याद आयो । हिउँ पर्ने ठाउँमा अहिले चिसो छ तर हिउँ परेको छैन । मलाई यसले निकै कनेक्ट गरायो, बालापन सम्झिएँ ।''


प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘परान’ आजदेखि प्रदर्शनमा
‘परान’ आजदेखि प्रदर्शनमा शुक्रबार, कात्तिक १४, २०८२
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’ बिहीबार, कात्तिक १३, २०८२
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय बुधबार, कात्तिक १२, २०८२
गोजीमा दाम छैन’ १० करोडले हेरे
गोजीमा दाम छैन’ १० करोडले हेरे बुधबार, कात्तिक १२, २०८२
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै बुधबार, कात्तिक १२, २०८२
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार सोमबार, कात्तिक १०, २०८२
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस आइतबार, कात्तिक ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP