काठमाडौं -  गीतकार तथा निर्देशक तारा अधिकारीको गीत ‘संयोग भन्दै पिरतीलाई।।।’ को भिडियो सार्वजनिक भएको छ ।  सत्यराज आचार्यको स्वर, किरण कँडेलको संगीत तथा संगीत संयोजनमा अधिकारीको गीत ‘संयोग भन्दै पिरतीलाई।।।’ को भिडियो सार्वजनिक भएको हाे । 
यस गीतको भिडियोको निर्देशन पनि गीतकार अधिकारीले नै गरेकी छन् । भिडियोको छाँयांकन शिव ढकाल, सम्पादन नहकुल खड्काले गरेका हुन् । सुनौला तारा मोसन पिक्चर्स युट्युब च्यानलमा अपलोड गरिएको भिडियोमा सत्यराज आचार्यलाई फिचरिङ गरिएको छ । उनलाई लाइभ म्युजिकका साथमा गीत प्रस्तुत गरि राखेको देख्न सकिन्छ । 
गीतकार अधिकारीले यो गीतलाई केही समय अघि नै तयार गरेकी थिइन् । ‘समय नमिलेका कारण दर्शकश्रोतामाझ ल्याउन सकेकी थिइनँ । अहिले बल्ल आएर सार्वजनिक गरेको छु । आशा छ सबैले मन पराउनुहुनेछ’ गीतकार तथा निर्देशक अधिकारीले बताइन् ।  गीतकार अधिकारीले निर्देशन गरेको यो चौंथो भिडियो हो । उनी गीत लेखनका साथमा निर्देशनमा पनि अब्बल हुने तयारीमा छिन् ।