Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
विचार
  • Home
  • विचार
  • क्रोधकला शिरोमणि कालु कुमाले
क्रोधकला शिरोमणि कालु कुमाले
पदम श्रेष्ठ 
पदम श्रेष्ठ  बुधबार, असोज १०, २०८०

कालु कुमालेले जीवनभर गरेका सिर्जनामध्ये सबैभन्दा सानो धातुमूर्ति हखाः बहालस्थित सूर्यमान बज्राचार्यको घरमा प्रत्येक वर्ष मुखाअष्टमीको ब्रत पूजामा राख्न बनाइएको साढे एक इञ्चको तारा र तीन इञ्चको अमोघपास लोकेश्वर हो भने सबैभन्दा ठूलो अर्घाखाँची दरबार परिसरमा स्थापित १७ फिट र २१ फिटको शान्त अर्घा भगवतीको मूर्ति रहेको बताइन्छ ।

क्रोधकला शिरोमणि उपाधिबाट सम्मानित छन्, कालु कुमाले (कुम्ह) । क्रोधकला भन्नासाथ उनीद्वारा सिर्जित मूर्तिकलाको विशालकाय आकृति देख्ना साथ प्रत्यक्ष नभेटेकाहरुलाई लाग्न सक्दछ– प्राज्ञ कालु रिसाहा स्वभावका होलान् । ललितपुरको हात्तीवनस्थित प्राज्ञ कुमालेको क्रोधकला शिरोमणि निवासस्थित संग्रहालय पुग्दा हामी जो कसैलाई पनि लाग्न सक्दछ, देवमूर्तिले हामीलाई पापी ठानी आक्रमण गर्न तयार छ ।

धातुको विशालकाय आकृतिजन्य मूर्तिहरु हेर्दा लाग्दछ, त्यो मूर्तिभित्र मूर्तिकारले प्राण भरिदिएका छन् र ती प्राणसहितको मूर्तिले हामी पापीहरुलाई दण्ड सजाय दिन तयार छ । अनि यस्तो उग्रभावको मूर्ति सिर्जना गर्ने कालु पनि त्यस्तै भयानक उग्र स्वभावका होलान् । तर, वास्तविकतामा उनलाई भेट्दा उनीद्वारा सिर्जित क्रोधकलाको मूर्तिहरुभन्दा ठ्याक्कै उल्टो सौम्य, शान्त शितल अर्थात् कलियुगीय बुद्धजस्तै देखिन्छन् । उनलाई भेट्नेहरुको प्रतिक्रिया हो यो ।

स्वभाव शान्त तर जीवन अशान्त
मूर्तिकार कालु कुमाले र धर्मपत्नी लक्ष्मीमायाँबाट ने.सं. १०७१ सालदेखि ने.सं. १०९३ (०३७) सालबीच १० छोरा र तीन छोरी गरी १३ सन्तान भए । तर, जन्मको समयमै वा केही स्याहारको अभावले चार छोरा र एक छोरीले सानैमा यो संसार छोडेर गए ।  हुर्किएका बाँकी छ छोरामध्ये पनि तीन छोराहरुले पुनः आफूभन्दा अगावै परलोक भएपछि कालु एक प्रकारले विक्षिप्त स्थितिमा पुगे । त्यस्तो अवस्थामा उनका धर्मपत्नी लक्ष्मीमायाँ र उनले सिर्जना गरेका कलाबाहेक उनलाई साथ सहयोग र भरोसा दिने कोही रहेनन् । किनकि, ठूलो छोरा राजेश अवाले पिताकै मूर्तिकलाको पदचिह्नमा भए पनि २६ वर्षकै उमेरदेखि छुट्टै बस्थे भने माहिला छोरा वाद्यवादन विधामा लागेका थिए । अन्य सन्तान सानै तर काहिँला छोरा स्वतन्त्र स्वभावको भएर निस्किएपछि क्रोध शिरोमणि कालुको जीवन ‘१२ छोरा १३ नाति, बूढाको धोक्रो काँधैमाथि’ उखानसँग ठ्याक्कै मिल्न गएको थियो । तर, थुप्रै सन्तानहरुमध्ये भिक्षुत्व ग्रहण गरेर जीवन व्यतीत गरिरहेका साहिँला छोरा राकेश अवालेले भिक्षुत्व जीवन त्यागेर गृहस्थ भई पिताजीको बूढेसकालको सहारा बनिदिएपछि आफूलाई प्राण भरिएको अनुभूति भएको बताउँछन् कालु ।

Hardik health

एक वृद्ध पिताले आफ्नो सीप, कला र जीवनको बिँडो थामिदिन गरेको आग्रहलाई गृहत्यागी छोराले सुरुमा पटक–पटक इन्कार गरे तर वृद्ध पिताको अनुनय विनयलाई टार्न सकेनन् र भिक्षुत्व त्यागेर ने.सं. ११०५ (२०४२) सालमा गृहस्थी जीवनमा आए । क्रोधकला शिरोमणी कालु भन्छन्– छोरा राकेशले भिक्षुत्व जीवन त्यागेर मेरो बूढेसकालको सहारामात्र बनिदिएनन् कि मैले चलाइरहेको परम्परागत ज्यामी (अर्काका लागि मूर्ति बनाइदिने) मूर्तिकलालाई आधुनिक शैलीमा संग्रहालयमार्फत व्यावसायिक रुपले देश विदेशमा व्यापकसमेत बनाइदिए । जसकारण मेरो कलाले विश्वमा छुट्टै पहिचान पाएको छ ।

जन्म र बाल्य जीवन वंशज 
ललितपुर पाटन चपाट (थपाटोल) ओकुबहालमा ने.सं. १०५३ जेठ २७ गते जन्मिएका हुन, कालु कुमाले । उनको जन्मलगतै २०९० माघ २ गते विनासकारी महाभूकम्प बेहोर्नुपरेको थियो । आमा ज्ञानी थकु र बुबा सानु प्रजापति थकुबाट जन्मिएका आठ सन्तानमध्ये कालु र उनका दिदी सानुमाया मात्र बाँचेका थिए ।

उनको वंशज माटोको भाँडा कुम्भः बनाउने भएको कारण नेपालीभाषीहरुमा कुम्हाः थरले चिनिन्थ्यो । उनै संस्कृत भाषाबाट आएको शब्द कुम्भकार नेपाल भाषामा कुम्हाः र खस नेपाली भाषामा कुम्हाले अर्थात् प्रजापति भनिएको हो । कालुका वंशज शिवसिं आदिकालमा काठमाडांैको हाँडीगाउँमा माटाका भाँडाकुँडा बनाउनमा सबैभन्दा सिपालु भएकोले उनका पुर्खा ‘दक्ष प्रजापति थकु’ उपाधिबाट सम्मानित थिए ।

दक्ष प्रजापति भएकै कारण पाटनका राजा श्री निवास मल्लको राज्यकालमा शिवसिंह प्रजापतिलाई देविदेवताका लागि पूजा आदि कार्यमा आवश्यक माटाका भाँडाकुँडा बनाउन ने.सं. ७८० ( वि.सं. १७१७) मा पाटन ललितपुरको थपाट टोलमा बसोबास गराएको बताइन्छ । बज्रयानी बौद्ध परम्पराअनुसार दीक्षा लिई खानेकुरा मुख बारेर ललितपुरको बुङमतीस्थित पदमपाणी लोकेश्वर, पाटनकै जट्टाधारी लोकेश्वर (मिननाथ), चोभारको आनन्ददी लोकेश्वर (आदिनाथ), पाटनका जेष्ठवर्ण महाविहार, बसुन्धरा देवीको भाँडाकुँडा बनाउने कार्यमा उनका पुर्खासँगै कालुको पनि निरन्तरता रह्यो ।

हाँडीगाउँ आदिभूमि भए पनि अन्ततः उनको वंशज पाटन निवासी बन्न पुग्यो । पाटन थपाट टोलमा माटोका भाँडाकुँडा निर्माणका लागि ज्याठा टोल नै छुट्याइदिएका थिए कुमालेलाई । आफ्ना बाजे पुर्खा दक्ष प्रजापतिका साथ पाटन पुगेकाहरुको वंशज हाल आएर क खलः कुमाः अर्थात् कुमाले, ख खलः प्रजापति, ग खलः महर्जन थरमा विभाजित भैसकेका छन् । क्रोधकला शिरोमणी कालुका छोराहरुमध्ये पनि ठूलो छोरा राजेश अवाले, साहिँला छोरा राकेश अवाले कसरी हुन गयो भन्ने प्रश्नमा कालु भन्छन्– हाम्रो पालामा जसले जे काम गरिहेको देख्यो उसको नाउँ पछाडि त्यही थर झुण्याइन्थ्यो ।

पाटनको स्कुलमा पढ्न पठाइएका जेठा छोरा राजेश कुमाःको नाउँ पछाडि त स्कुलले त माटोको कामलाई हेरेर राजेश अवाले भनी राखिदिएछन् भने भिक्षुत्व त्यागेर गृहस्थमा आएका साहिँला छोरा राकेशले पनि दाजुकै सिको गरेर अवालकै थर राखी तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) थानेश्वर देवकोटाबाट नागरिकता बनाएर ल्याएछन् । तर, माहिलो छोराले काजीरत्न प्रजापति नै राखेका छन् भने उनका छोरालेचाहिँ नाममा डंगोल झुण्याएछन् । स्कुल र नागरिकतामा जे नाउँ थर राखे पनि सदर हुने भएपछि एउटै दक्ष प्रजापति कुमाः थकुका वंशज यसरी थरमा विभाजित हुन पुगेको हो ।

प्रजापति वंशजको इतिहास
सम्भवतः विश्वकै सबैभन्दा प्राचीन कला मृतिकाकला नै हो । आदिकालमा त माटोकै गहना, पैसामात्र होइन जीवनका हरेक विधि व्यवहार, खाना पकाउनेदेखि लुगा धुनसम्म पूजाको सामग्रीदेखि पानी राख्ने भाँडो घ्याम्पो, गाग्रो आदिसम्म माटोकै हुन्थ्यो । अहिले पनि आधुनिकदेखि परम्परागत माटोका सामग्री प्रयोगमा छँदै छ । त्यसैले जीवनका हरेक व्यवहारमा नभई नहुने माटोको कला सिर्जना गर्ने जातिलाई प्रजापति अर्थात् प्रजा, जनताका मालिक÷संरक्षक भनिएको विश्वास गरिन्छ । नेवार समाजमा जन्मदेखि मृत्यु पर्यन्त आवश्यक माटोका भाँडाकुँडा बनाउने प्रजापतिलाई कुम्हाः अर्थात् कुमाले भनिएको हो ।

कालु कुमालेको शिक्षा
आर्थिक रुपले कमजोर भए पनि आठ सन्तानमध्ये दिदी सानुमाया र कालुमात्र बाँचेकाले उनले आमाबुबाको यथेष्ट स्नेह पाए । सन्तानसँग समय बिताउने इच्छा भए पनि दिनभर काममा जानुपर्ने भएको कारण राति सुत्ने बेलामा बच्चाहरुलाई मातापिताबाट आख्यान, कथा भन्ने संस्कार संस्कृतिका कुरा गर्ने गर्थे । गरिबीका बाबजुद् पनि आमाबुबाबाट पाएको स्नेह, माया नै पहिलो अनौपचारिक शिक्षा हुनगयो कालु कुमालेका लागि । छ÷सात वर्षको उमेरमा बुबाले टोलकै सूचीकार ग्वारा भन्ने देवराज शाक्य, साहिँला गुरु (मञ्जु शासनधर) र राम श्रेष्ठ कहाँ पढ्न पठाए । त्यही अनौपचारिक शिक्षा नै आफ्नो पढाइको मापदण्ड बन्न गयो उनको । तर, त्यो पनि किताब किन्न १० रुपैयाँ शिक्षकका लागि दिन नसक्दा पढाइ नै छोडिदिएको बताउँछन्, कालु ।

माटोको कलामा प्रवेश
दक्ष प्रजापति थकु परिवारलाई जात्रा पर्वमा देवीदेवताका लागि माटोको आवश्यक पूजा सामग्रीको भाँडाकुँडा बनाउने जिम्मा थियो । यसका लागि पिताजीलाई वर्षको एक–दुई महिना त काममा व्यस्त हुनैपथ्र्यो । कालु पनि हुने बिरुवाको चिल्लो पात भनिएझैं बुबाका साथ गई सानै उमेरमा माटोकै जनावर, खेलौना आदि बनाएर खेल्थे । आफूले बनाएका माटोको खेलौना  बुबालाई देखाउँदा अति राम्रो भनी हौसला दिएपछि त के चाहियो र ! आफूमा भित्रैदेखि मूर्तिकलामा उत्प्रेरणा जागेको बताउँछन्, कालु । माटाको चरा, परेवा, अनेकौं खेलौना भाँडाकुँडा बनाउने प्रयास गरेको देखेपछि बुबाले पनि सानो घःचाः (माटोको भाँडा बनाउन घुमाइने चक्का) ल्याइदिएछन् । घःचाः पाएपछि बढेको हौसलाले जीवनमा अलग मोड नै ल्याइदिएको उनी बताउँछन् ।

विचित्र स्वभावका कालु
९० वर्ष पार गरिसकेका प्राज्ञ कालु कुमाले अहिले पनि सुस्तरी सुस्तरी उठेर आफूले थालेको क्रोधकलाको सिर्जनामा कर्म गर्न पुग्छन्– ज्यासलमा । कालु ह्याण्डी क्राफ्ट एण्ड सेण्टरका प्रवद्र्धनकर्ताको नाम लिनुपर्दा कालुका साहिँला छोरा राकेश भएको स्पष्ट हुन्छ । बुबाले मूर्तिकलाको काम थाल्दा कोठामा काम थाली, चोटामा माटो राख्ने, कौसीमा सुकाउने र सिँडीमा सफा गर्ने चलन थियो । जुन परम्परागत काम गर्ने प्रथालाई साहिँला छोरा राकेशले ज्यासः (कार्यस्थल), संग्रहालय कक्ष, कलाकार कक्ष आदि छुट्टाछुट्टै बनाएर क्रोधकला शिरोमणि ह्याण्डिक्राफ्टको लोगो दिलाएका हुन् ।

उनी भिक्षुत्व जीवन नै भएको बेला भिक्षु प्रज्ञानन्द महास्थवीरको उपचारार्थ थाइल्याण्ड पुग्दा भिक्षु प्रज्ञानन्द महास्थवीर प्रतिमा बनाउने प्रस्तावलाई स्वीकार भएकै बेलादेखि २०४१ सालमा आफ्नो जीवनमा पिताको कलालाई लोगो बनाउने सोचले टर्निङ प्वाइन्ट दिलाएको हो तर तिब्बती धर्मगुरु टुल्कु थुप्तेन रिन्पोछेले १५ फिट अग्लो मञ्जुश्री, मैत्रेय बुद्ध, तारा, सहश्राभुज लोकेश्वर महात्मागान्धीलगायत १२ वटा मूर्ति निर्माणको जिम्मा दिएपछि बुबाको कामलाई टे«डमार्क लोगोका साथ अगाडि बढाउनुपर्छ भनी दृढ निश्चय गरिएको बताउँछन् कलाकार रकेश ।

कालुको जीवनभर भएका सिर्जनामध्ये सबैभन्दा सानो धातुमूर्ति हखाः बहालस्थित सूर्यमान बज्राचार्यको घरमा प्रत्येक वर्ष मुखाअष्टमीको ब्रत पूजामा राख्न बनाइएको साढे एक इञ्चको तारा र तीन इञ्चको अमोघपास लोकेश्वर हो भने सबैभन्दा ठूलो अर्घाखाँची दरबार परिसरमा स्थापित १७ फिट र २१ फिटको शान्त अर्घा भगवतीको मूर्ति रहेको बताइन्छ ।

Kalu Kumale1695792006.jpg


प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
थप विचार
युवा निर्णायक भएको निर्वाचन
युवा निर्णायक भएको निर्वाचन सोमबार, फागुन ११, २०८२
कागजी ‘बुलेटिन’देखि ‘डिजिटल’युगसम्म 
कागजी ‘बुलेटिन’देखि ‘डिजिटल’युगसम्म  शुक्रबार, फागुन ८, २०८२
लोकतन्त्रका आधार नै युवा पुस्ता
लोकतन्त्रका आधार नै युवा पुस्ता बिहीबार, फागुन ७, २०८२
चुनौती छिचोल्दै उपलब्धिको यात्रामा रासस
चुनौती छिचोल्दै उपलब्धिको यात्रामा रासस बिहीबार, फागुन ७, २०८२
बौद्धिक सम्पत्तिको अधिकार कार्यान्वयनको अवस्था
बौद्धिक सम्पत्तिको अधिकार कार्यान्वयनको अवस्था मंगलबार, फागुन ५, २०८२
परेड खेल्दै हरित सेना !
परेड खेल्दै हरित सेना ! मंगलबार, फागुन ५, २०८२
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल  आइतबार, फागुन ३, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP