Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #भूमि विधेयक
  • #सवारी दुर्घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • पीडित किसानलाई राहत दिँदै गाउँपालिका
पीडित किसानलाई राहत दिँदै गाउँपालिका
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज ४, २०८०

ढोरपाटन– तमानखोला गाउँपालिकामा हावाहुरीका कारण सयौँ रोपनीमा लगाइएका मकै बाली नष्ट भयो । घोँगा हाल्ने बेलामा मकैका बोट बारीभरी ढलेर सोत्तर भएपछि किसानको श्रम खेर गएको छ । 

लम्पी स्किन रोगको सङ्क्रमणबाट पशुचौपाया धमाधम मरिरहेको अवस्थामा किसानका लागि हावाहुरीले थप पीडा दिएको छ । लम्पी स्किन र हावाहुरीका कारण पशुचौपाया र मकैखेतीमा भएको क्षतिका कारण यहाँका किसानले लाखौँको नोक्सानी बेहोर्नु परेको छ । लम्पी स्किनको सङ्क्रमणको रोकथाम अझै भइसकेको छैन । 

किसानका पीडालाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले गाउँपालिकाले राहत उपलब्ध गराउने निर्णय गरेको छ । हावाहुरीले बिउ पनि नबच्ने गरी मकै बाली नष्ट भएपछि पालिकाको राहत दिने निर्णयबाट किसानले राहतको श्वास फेरेका छन् ।

हावाहुरीका कारण गाउँपालिका–१ र २ को सेन्नामा, पहिरा, बोङ्गानी, सोम्मरलगायतका गाउँको करिब सात सय रोपनी क्षेत्रफलमा लगाएको मकै पूर्ण रुपमा नष्ट भएको थियो ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले हावाहुरीले सात सय रोपनी क्षेत्रफलको मकै ढालेपछि किसानले ५० लाखभन्दा बढीको क्षति भएको भन्दै प्रतिघर एक मुरी मकैको बिउ उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । अहिलेसम्म कुनै पनि किसानले बाली बीमा नगरेको भन्दै अब कृषक समूह बनाएर पालिकाले बाली बीमा गरिदिने समेत उहाँको भनाइ छ । 

गाउँपालिकामा लम्पी स्किन रोगको सङ्क्रमणबाट हालसम्म एक सय ५५ पशुचौपाया मरिसकेका छन् । ती पशुचौपायाका पाल्ने किसानलाई प्रतिपशु रु दुई हजार पाँच सय नगद उपलब्ध गराइने उहाँको भनाइ छ । पालिका अन्तर्गतका सबै पशुपालक किसानलाई समूह बनाएर पालिकाले पशु बीमा गरिदिने उहाँले बताउनुभयो । 

“हावाहुरीले मकै बाली नष्ट गरिदिएपछि धेरै किसान अहिले पीडामा छन्, पालिकाले उहाँहरुको पीडालाई केही कम गर्नका लागि एकरएक मुरी मकै उपलब्ध गराउने भएको छ, क्षतिको सबै विवरण तयार गरेर प्रदेश र केन्द्र सरकारसँग पनि राहतका लागि केही आवश्यक पहल गर्छौँ”, उहाँले भन्नुभयो । 

उहाँका अनुसार पालिकामा लम्पी स्किनबाट धेरै गाई, गोरु र केही पाडाबाच्छा मरेका छन् । जसका कारण अधिकांश किसानको गोठ रित्तै भएको छ । सङ्क्रमण रोकथामका लागि प्रयासहरु भइ राखेको  पनि उहाँको भनाइ छ । 

स्थानीय किसान तुलबहादुर विश्वकर्माले हावाहुरीका कारण सात मुरी फल्ने बारीमा लगाइएका सबै मकै सखाप भएको बताउनुभयो । साथै उहाँले यसैबीच दुई वटा गोरुसमेत गुमाउनुभएको छ । 

“गोरु पनि मरे, मकै पनि ढले । यस वर्ष ठूलो दशा लागेको रहेछ, सरकारले राहत दिने कुरा त सुने तर एक मुरी मकैले के नै हुन्छ र रु”, उहाँले भन्नुभयो, “अर्को वर्षका लागि बिउ राख्न पर्‍यो, अलि धेरै दिने व्यवस्था भएको भए राम्रो हुन्थ्यो ।” रासस


प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’ मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP