काठमाडौं - आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज अन्तर्राष्ट्रिय शान्ति दिवस दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् ।
यस वर्षको विश्व शान्ति दिवसको नारा ‘एक्सन फर पिस : आवर एम्बिसिन फर द ग्लोबल गोल्स’ रहेको छ । शान्ति कायम गर्नु व्यक्तिगत र सामूहिक उत्तरदायित्व रहेको उल्लेख गर्दै संयुक्त राष्ट्र संघले शान्ति प्रवर्द्धनबाटै दिगो विकास लक्ष्य प्राप्त गर्न मद्दत पुग्ने जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी घोषणा जारी भएको पनि ७५ वर्ष पुगेको छ । अहिले अन्तर्राष्ट्रिय कानूनको अभिन्न अंगका रूपमा पनि शान्तिको अधिकार स्थापित भएको छ ।