Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
समाचार
  • Home
  • समाचार
  • विधिपूर्वक समापन गरियो तीज
विधिपूर्वक समापन गरियो तीज
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २, २०८०

काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा देवादिदेव महादेवको पूजाआराधना गरी हरितालिका (तीज) पर्वको व्रत बसेका व्रतालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । 

सामान्यतया अरू व्रत त्यसै दिन बेलुकी समापन गर्ने विधि भए पनि हरितालिका (तीज) व्रत भने भोलिपल्ट बिहानमात्र उद्यापन गर्ने शास्त्रीय परम्परा छ । भाद्र शुक्ल तृतीयाकै बेलुकी पूजा लगाएका व्रतालुले पनि व्रत समापन चतुर्थीको बिहान गरेपछि मात्र भोजन गर्ने गर्छन् ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । 

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् ।

Hardik health

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । 
     
व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तीजको व्रत हिन्दू मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउछन् ।

प्राचीनकालमा पुरुषले घर बाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन बस्न थाल्यो । महिलाले घरलगायत धर्मकर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको बुझिन्छ । प्रायः घरमा धर्मकर्मका काम महिलाले नै गर्छन् ।

शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको उनले सुनाए।

आइतबार राति दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । 

आज हरितालिकाको व्रत समापनसँगै भक्तजनले गणेशको पूजाआराधना गरी आजै गणेश चतुर्थी पर्व मनाउँदै छन् । सत्ययुगमा आजका दिन भगवान् शिव र पार्वतीका पुत्रका रुपमा गणेश भगवान्को जन्म भएको विश्वास गरिन्छ ।

यस वर्ष तिथिको घटबढका कारण ऋषिपञ्चमी पर्व पनि परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले स्वीकृति दिएका पञ्चाङ्गमा आज बिहान १०ः४९ बजेपछि मात्र पञ्चमी तिथि लाग्ने उल्लेख छ । पञ्चमीमा स्नान गरी पूजा लगाउनेले यसपछि मात्र गर्नुपर्ने समितिको सदस्यसमेत रहेका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए । 
 


प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता
श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता बुधबार, माघ २१, २०८२
निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी
निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी बुधबार, माघ २१, २०८२
काठमाडौंको योजना दिगो विकास केन्द्रित हुनुपर्छः मन्त्री चौलागाईं
काठमाडौंको योजना दिगो विकास केन्द्रित हुनुपर्छः मन्त्री चौलागाईं बुधबार, माघ २१, २०८२
विधायन समिति बैठकः अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि छलफल
विधायन समिति बैठकः अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि छलफल बुधबार, माघ २१, २०८२
लुम्बिनीको स्थापना दिवसः सङ्घीयताको बलियो आधार नै प्रदेश
लुम्बिनीको स्थापना दिवसः सङ्घीयताको बलियो आधार नै प्रदेश बुधबार, माघ २१, २०८२
राष्ट्रियता हाम्रो अस्तित्वको आधार हो: उपराष्ट्रपति यादव
राष्ट्रियता हाम्रो अस्तित्वको आधार हो: उपराष्ट्रपति यादव बुधबार, माघ २१, २०८२
भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने
भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने बुधबार, माघ २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP