Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • एनआरएनएको ११ औँ विश्व सम्मेलन मार्च २ र ३ मा हुने
एनआरएनएको ११ औँ विश्व सम्मेलन मार्च २ र ३ मा हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज १, २०८०

काठमाडौं  -  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी मार्च २ र ३ मा ११ औं विश्व सम्मेलन गर्ने निर्णय गरेको छ । संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको १८ औं बैठकले महाधिवेशनको गर्ने निर्णय गरेको हो ।

बद्री समूहले एनआरएनएको एकता भंग गरेपछि अध्यक्ष विनोद कुँवरको अध्यक्षतामा बसेको बैठकले ११ औं विश्व सम्मेलन गर्ने निर्णय गरेको हो । विश्व सम्मेलन सम्पन्न गर्न अध्यक्ष कुँवरको संयोजकत्वमा मूल तयारी समिति पनि गठन गरिएको सचिव कृष्ण सञ्जेलले जानकारी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भएको एकता सम्बन्धी सहमति बद्री समूहले उलंघन गर्दै एकलौटी राष्ट्रिय सम्मेलन गर्दै विश्व सम्मेलनको घोषणा गरेपछि विशेष साधारणसभाले एकता हुन नसक्ने निष्कर्ष निकाल्दै ११ औँ विश्व सम्मेलन गर्ने निर्णय गरेको हो ।

Hardik health

एनआरएनएका अनुसार महाधिवेशन आयोजक समितिका सल्लाहकारहरुमा निर्वतमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घले, निवर्तमान संरक्षक तथा पूर्व अध्यक्ष देवमान हिराचन, निवर्तमान उपाध्यक्ष सोनाम लामा, पूर्व आइसीसी सदस्य जमुना गुरुङ, पूर्व संरक्षक दिल गुरुङ, सम्पूर्ण वर्तमान सल्लाहकारहरु र सम्पूर्ण मानार्थ परिषद सदस्यहरु रहेका छन् ।

त्यसैगरी सम्पूर्ण पदाधिकारीहरु, परिषद सदस्य र सबै एनसीसी अध्यक्षहरु समेत रहनेगरी मूल आयोजक समिति गठन गरेको छ । समितिका सदस्य सचिवमा कार्यकारी निर्देशक राजेश सम्शेर राणा रहेका छन् ।विश्व सम्मेलनबाट संघको नयाँ नेतृत्व चयन गरिने एनआरएनएले जनाएकाे छ । त्यसको लागि ३ देखि ५ सदस्य रहने गरी एक निर्वाचन समितिको गठन गरिने भएको छ । समितिका प्रमुख र सदस्यहरुको नियुक्ति संघका अध्यक्ष र महासचिवले रहनेछन् ।

विश्व सम्मेलनको लागि आर्थिक ब्यवस्थापन र श्रोत विकासका लागि उपाध्यक्ष भोमा लिम्बुको संयोकत्वमा समिति गठन गरिएको छ भने उपाध्यक्ष थर्क सेनको संयोजकत्वमा ब्यवस्थापन समिति गठन गरेको एनआरएनएले बताएकाे छ । महासचिव जानकी गुरुङको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरेकाे छ । सो समितिले महाधिवेशन प्रतिनिधिहरुको समेत प्रमाणीकरण कार्य गर्नेछ ।

त्यस्तै, प्रवक्ता प्रकाश धमलाको संयोजकत्वमा घोषणापत्र २०२४ जारी गर्न प्रवक्ता प्रकाश धमलाको संयोजकत्वमा समिति गठन गरेको छ भने प्रचार प्रसार तथा प्रकाशन समितिको नेतृत्व सचिव संजेललाई दिइएको एनआरएनएले जनाएकाे  छ । विशेष साधारणसभा २०२३ ले पारित गरेका परिमार्जित दफा र नियमहरु समेत समेटेर विधान संसोधनको लागि क्षेत्रिया संयोजक केशव कडेलको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको छ । एनआरएनएका अनुसार कार्यक्रम ब्यवस्थापन गर्न यूथ एम्बसडर दिपेश खत्रीको संयोजकत्वमा कार्यक्रम ब्यवस्थापन समिति गठन गरेको छ ।


प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP