Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
समाचार
  • Home
  • समाचार
  • मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिने
मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ३१, २०८०

बलेवा– पछिल्लो समय आत्महत्याका घटना बढेकाले स्वास्थ्य कार्यालय बागलुङले सोसम्बन्धी अध्ययन गर्ने र न्यूनीकरणमा पहल गर्ने भएको छ । 

कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०७९र८० को समीक्षा कार्यक्रमपछि जारी घोषणापत्रमा सबै पालिकाले मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् । मानसिक समस्याका कारण आत्महत्या बढेका कार्यक्रममा सहभागी १० वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी तथा धौलागिरि अस्पतालका प्रतिनिधिले बताएका छन् । 

शतप्रतिशत खोपको मात्रा पुगेको जिल्ला बनाउने, आवश्यकताअनुसार खोप केन्द्र थप गर्नेलगायत विषय समेटेर २२ बुँदे घोषणापत्र जारी गरिएको कार्यालयका प्रमुख प्रविण शर्माले बताए । उनका अनुसार घोषणापत्रमा बालमैत्री जिल्ला बनाउने अभियानमा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसबारेका सूचक पूरा गर्न सधैँ तयार रहने उल्लेख गरिएको छ ।

स्वास्थ्य संस्थामा रेकर्ड पद्धति व्यवस्थित बनाउने भन्दै प्रमुख शर्माले सबै पालिकाले विद्युतीय रेकर्ड पद्धति बसाल्दा यकीन तथ्याङ्क प्राप्त हुने र बाल स्वास्थ्यमा सुधार ल्याउन सकिने बताए । उनका अनुसार हरेक स्वास्थ्य संस्थामा रहेका खोप बचाउन ‘कोल्ड चेन’ पद्धतिलाई प्रभावकारी बनाउने सहभागीले घोषणा गरेका छन् । 

“कोल्ड चेनमा एक मिनेट पनि खराबी आयो भने खोपले काम गर्दैन”, शर्माले भने, “बरु कार्यालय सञ्चालनमा कर्मचारी नभए पालो गरौँ, कोल्ड चेन बिग्रियो भने उपचार गरेको अर्थ हुँदैन ।” हेपाटाइटिस बीलगायतका रोगविरुद्धको खोप माइनसमा राख्न नसकेमा काम नगर्ने हुँदा बिरामी निको नहुने उनले बताए । त्यस्तै अन्य रोगमा पनि तोकिएकै तापक्रम हुनुपर्नेमा कार्यालय सहयोगीको भरमा छाडियो भने करोडौँ लगानी डुब्ने र उपचार पनि प्रभावहिन हुने स्वास्थ्यकर्मीको ठहर छ ।

उक्त अवसरमा स्वास्थ्य कार्यालयले बागलुङका १० पालिका र सबै स्वास्थ्यचौकीको आन्तरिक मूल्याङ्कन गरेको थियो । मूल्याङ्कनमा बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा प्रथम भएको छ । त्यस्तै बडिगाडकै आधारभूत स्वास्थ्य सेवाकेन्द्र खरवाङले उत्कृष्ट संस्थाको पुरस्कार पाएको छ । 

कार्यसम्पादनतर्फ तमानखोलाको बुङ्गादोभान स्वास्थ्यचौकी द्वितीय, निसीखोलाको बोहोरागाउँ स्वास्थ्य चौकी तृतीय र गलकोट नगरपालिकाको हटिया स्वास्थ्यचौकी सान्त्वना भएका छन् । पालिकातर्फ भने तमानखोला गाउँपालिका द्वितीय र गलकोट नगरपालिका तृतीय भएका छन् । 

संस्थामा उत्कृष्ट व्यानर तथा पोस्टर बनाएर राखेको भन्दै गलकोट नगरलाई प्रथम पुरस्कार दिइयो । बागलुङ नगरपालिका द्वितीय, तमानखोला तृतीय र बडिगाड गाउँपालिका सान्त्वना भएका थिए । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले उनीहरुलाई उत्कृष्टताको प्रमाणपत्र दिएको थियो । 
 


प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’ मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP