Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो
वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, भदौ ३०, २०८०

 

  • सर्बिया, मलेसिया, क्यानडा, टर्की, अमेरिका, बेलायतलगायत देशमा पठाइदिने भनी यसरी रकम ठगी गर्ने गिरो सक्रिय
  • मानिसहरू छिटो पैसा कमाउने लोभमा फस्दा लाखौं रकम डुब्ने गरेको पाइएको प्रहरीको भनाइ
  • सामाजिक सञ्जालमा आउने भ्रमपूर्ण विज्ञापनको प्रलोभनमा नपर्न विभागको आग्रह

काठमाडौं– केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले ३४ लाख रुपैयाँ गुमाए । गिरोहले त्यहाँ जानका लागि प्रक्रिया थाल्न ‘आइएलटिएस सर्टिफिकेट’ र बायोडाटा, राहदानी, शैक्षिक योग्यताका प्रमाणपत्र पठाइदिनु भनी पटक–पटक ह्वाट्सएपबाट माग गरे । पीडितले कागजात पठाए ।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उरीक्षक रवीन्द्र रेग्मीले भने, ‘उक्त कागजात पेस गर्न रकम तिर्नुपर्छ भनी पीडितबाट नेपालमा रहेका विभिन्न व्यक्तिहरूका नाममा रहेको बैंक खातामा पैसा मागेको पनि भेटियो ।’ उनका अनुसार त्यस घटनामा कास्कीका लक्ष्मण नेपाली र सप्तरीका महावीरप्रसाद साह संलग्न भएको पाइयो । उनीहरू अहिले कानुनी कारबाहीको दायरामा छन् । दुई दिनअघि मात्रै क्यानडा जाने लोभमा पर्दा भूमिराज राईले ११ लाख रुपैयाँ गुमाए । आफू ठगिएको थाहा पाएपछि परेको उजुरीका आधारमा क्यानडा पठाइदिन्छु भनी झण्डै ११ लाख रुपैयाँ ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

Hardik health


प्रहरी उपरीक्षक रेग्मीका अनुसार सेक्युरिटी गार्डमा काम लगाइदिने र त्यसबापत मासिक दुई लाख रुपैयाँ तलब हुने लोभ देखाएर ठगी गरिएको थियो । यस्तै घटना पीडित आशामाया लामालाई वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया पठाइदिन्छु भनी ठगी गरेकी काठमाडौंको सामाखुसी बस्ने ५० वर्षीया केशरी श्रेष्ठ पक्राउ परेकी छन् ।


यी घटनाहरू पछिल्ला एक साताका हुन् । यस्ता घटना दिन प्रतिदिन बढिरहेको प्रहरीको अभिलेखले देखाएको छ । सर्बिया, मलेसिया, क्यानडा, टर्की, अमेरिका, बेलायतलगायत देशमा पठाइदिने भनी यसरी रकम ठगी गर्ने गिरो सक्रिय भइरहेका छन् । वैदेशिक रोजगारीका नाममा सर्वसाधारण नागरिक ठगी हुने क्रम बढेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मानिसहरू छिटो पैसा कमाउने लोभमा फस्दा लाखौं रकम डुब्ने गरेको पाइएको हो ।


प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायत पछिल्ला समयमा वैैदेशिक रोजगारीका नाममा दैनिकजसो नै मानिसहरू ठगिएका घटनाहरू देखिएको बताउँछन् । उनले यो क्रम विगतका वर्षहरूभन्दा बढ्दो क्रममा रहेको देखिएको बताए । अनलाइन तथा वैदेशिक रोजगारीका नाममा हुने ठगी अत्यधिक रूपमा बढिरहँदा त्यतिकै सुरक्षा चुनौती पनि थपिएको प्रहरीको निष्कर्ष छ । यसतर्फ प्रथमतः नागरिक आफैं सचेत हुनुपर्नेमा जोड दिइएको छ ।


त्यसो त वैदेशिक रोजगार विभागले पनि वैदेशिक रोजगारीका नाममा सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट प्रकाशित भ्रमपूर्ण विज्ञापनको प्रलोभनमा नपर्न सचेत गराउँदै आएको छ । सामाजिक सञ्जालमार्फत विज्ञापन गरी सर्वसाधारणमाथि ठगी गर्ने गिरोह सक्रिय भएपछि विभागले यस्तो आग्रह गर्दै आएको छ । तर, ठगीको क्रम भने रोकिएको छैन । हरेक दिनजसो वैदेशिक रोजगारीका नाममा ठगिएका घटना सार्वजनिक हुँदै आएको छ ।


वैदेशिक रोजगार व्यवसाय सञ्चालनका लागि अनुमतिप्राप्त कतिपय म्यानपावर कम्पनीहरुसमेत यस्तो अवैध कार्यमा संलग्न रहेको पाइएको छ । त्यस्ता कम्पनीमाथि विभागले कारबाहीसमेत गरेको छ । मुलुकमा रोजगारीको पर्याप्त अवसर नहुँदा युवाहरु रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता छ । त्यही बाध्यताको लाभ अवैध मानव तस्करमा संलग्न गिरोहले लिँदै आएको देखिन्छ । यसलाई नियन्त्रणका लागि सरकारले थप प्रभावकारी कदम चाल्नुपर्ने सरोकारवालाहरुको भनाइ छ ।


प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP