Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • सीमामा ड्रोन र सिसिटिभी राख्न आदेश 
सीमामा ड्रोन र सिसिटिभी राख्न आदेश 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २९, २०८०
  • सुरक्षा निगरानीको व्यवस्था चुस्त बनाउन सरकारलाई आदेश
  • निश्चित स्थलमार्गको निक्र्योल गर्नुपर्ने
  • परिचयपत्र देखाई अभिलेख राखेर सीमा आवतजावतलाई नियमन र व्यवस्थित गर्न आदेश


काठमाडौं– नेपाल–भारतबीच एक हजार ८८० किलोमिटर खुला सिमानालाई नियमन गर्नुपर्ने आवाज उठेको वर्षौं भयो । सीमाको नियमन नगरिएकै कारण सीमा क्षेत्रबाट चोरी, तस्करी, पैठारी र अन्तरदेशीय संगठित अपराध हुने गरेको भन्दै सुरक्षाविद्हरू चिन्तित छन् । 

केही ठाउँमा सीमा निगरानी पोस्ट (बिओपी) निर्माण गरेर सशस्त्र प्रहरीलाई राख्नेबाहेक निगरानीको क्षेत्रमा सरकारले थप काम गरेको छैन । सुरक्षाविद्हरूका अनुसार खुला सिमानाको फाइदा वर्षौंदेखि तस्कर र अपराधमा संलग्नहरूले लिइरहेका छन् । सरकार भने मूकदर्शक छ ।

यसलाई लिएर वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, अधिवक्ताहरू विमल ज्ञवाली, लीलाधर उपाध्याय र शशीकुमार कार्कीले सर्वोच्च अदालतमा सीमा क्षेत्रबाट आपराधिक गतिविधि बढेको भन्दै नियमन गर्न आदेश माग गरेर १३ चैत २०७३ मै रिट दायर गरेका थिए । सीमा विवाद पनि छिटो टुंग्याउनका लागि सरकारको नाममा आदेश जारी गर्न अर्को माग पनि थियो ।

उक्त रिटमा निवेदकहरूको मागअनुसार संक्षिप्त आदेश जारी भएको २९ महिनापछि बिहीबार पूर्णपाठ सर्वोच्चले सार्वजनिक गरेको छ ।  न्यायाधीशहरू प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले जारी गरेको आदेशको पूर्णपाठमा नेपाल–भारतको खुला सिमानाले अवैध र आपराधिक क्रियाकलाप बढाउने जोखिम रहेको भन्दै सीमा व्यवस्थापनका लागि सुरक्षा निगरानीको व्यवस्था चुस्त बनाउन सरकारलाई आदेश दिएको छ ।

Hardik health

अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय अपराध, चेलिबेटी बेचविखनदेखि सीमा क्षेत्रबाट चोरी पैठारीजस्ता अपराध हुने गरेका छन् । नेपालका अपराधी भारत र भारतका अपराधी नेपालमा लुक्ने गर्छन् । सीमाको कडाइका साथ नियमन गर्दा अपराध घट्छ ।
नारायणबाबु थापा
पूर्वएआइजी, सशस्त्र प्रहरी बल


खुला सीमा रहेका ठाउँमा जहाँबाट पनि वारपार गर्न सकिने व्यवस्था हटाई निश्चित स्थलमार्गको निक्र्योल गर्न आदेश दिएको छ । ‘नेपाल प्रवेश गर्ने यात्रुहरूले अध्यागमन कार्यालय वा सुरक्षा निकायमा आधिकारिक परिचयपत्र देखाई त्यसको अभिलेखसमेत राखी सीमा आवतजावतलाई नियमन र व्यवस्थित गर्नू गराउनू,’ आदेशमा भनिएको छ । 

हालसम्म सरकारले यात्रुहरूको प्रवेशमा परिचयपत्र अनिवार्य गरेको छैन । बारम्बार परिचयपत्रको व्यवस्था गर्नुपर्ने माग भने नउठेको होइन । तर, सरकारको यसप्रति पूरै बेवास्ता छ । सीमा सुरक्षाका जानकार रहेका सशस्त्र प्रहरीका पूर्वएआइजी नारायणबाबु थापाले सर्वोच्चको आदेश कार्यान्वयन गरिएको अवस्थामा नेपाल–भारत सीमा क्षेत्रबाट हुने अपराधमा न्यूनीकरण हुने दाबी गरेका छन् ।

‘अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय अपराध, चेलिबेटी बेचविखनदेखि सीमा क्षेत्रबाट चोरी पैठारीजस्ता अपराध हुने गरेका छन् । नेपालका अपराधी भारत र भारतका अपराधी नेपालमा लुक्ने गर्छन्,’ उनले प्रभावसँग भने, ‘सीमाको कडाइका साथ नियमन गर्दा यस्तो अपराध घट्छ ।’

सर्वोच्चले दुई देशको सीमा वारपारबाट हुने अवैध र आपराधिक क्रियाकलाप रोक्न सीमा नियमन अनिवार्य रहेको औंल्याएको छ । नियमनअन्तर्गत आवतजावत प्रणालीलाई व्यवस्थित बनाउन सर्वोच्चको आदेश छ । सरकारका नाममा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियताको संरक्षणका लागि राजनीतिक र कूटनीतिक पहल गर्न पनि सर्वोच्चले आदेश दिएको छ । यदि, नियमनको सन्दर्भमा सन्धि सम्झौता नै सम्बन्धित देशसँग गर्नुपरे पनि गर्न भनिएको छ ।

‘आवश्यकताअनुसार थप सन्धि सम्झौता गर्नुपर्ने भए गरी आपसी समानता, सम्मान र पारस्परिक हित एवं चासोको आधारमा खुला सिमाना व्यवस्थापन तथा नियमन गर्नू गराउनू’ न्यायाधीशद्वयले जारी गरेको आदेशको पूर्णपाठमा उल्लेख छ । 

सरकारको पहिलो काम नै देशको सीमा रक्षा गर्नु हो । शान्ति सुव्यवस्था कायम गर्नु हो । तर, यसमा हरेक सरकार चुके । यसपछि सर्वोच्च पुगेका थियौं । सर्वोच्चले हाम्रै मागअनुसार आदेश त जारी ग¥यो तर कार्यान्वयन गर्ने छाँट देखिएन ।
बुद्धिनारायण श्रेष्ठ
सीमाविद् तथा रिट निवेदक

सीमाको निगरानीका लागि ड्रोनको प्रयोग गराउन पनि सर्वोच्चको आदेश छ । सर्वोच्चले क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) पनि आवश्यकताअनुसार सुरक्षा निकायले गर्ने निगरानीका लागि सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउनू पनि भनेको छ । 

यात्रुहरूलाई हुनसक्ने भाषिक समस्यालाई समाधान गर्न नाकाहरूमा आवश्यकताअनुसार अध्यागमन कार्यालय स्थापना गर्न सरकारको नाममा अर्को आदेश जारी भएको छ । आदेशको पूर्णपाठमा नेपाल–भारतबीच विगतमा भएका सन्धि सम्झौता र ऐतिहासिक दस्तावेजहरूका आधारमा नेपालको मिचिएका सीमा क्षेत्रको स्पष्टता गर्नू भनिएको छ । भारतसँग विवाद उत्पन्न नहुनेगरी कूटनीतिक पहलको माध्यमबाट विवादित सीमा क्षेत्रको अंकन गर्नुपर्नेमा सर्वोच्चको जोड छ । 

सन्धि सम्झौता तथा विज्ञ समूहबाट नाप नक्साका आधारमा दीर्घकालीन रुपमा विवाद नहुनेगरी सीमा निर्धारण र सीमांकन गर्नुपर्ने विषय कार्यकारीको क्षेत्राधिकार भएपनि सीमा समस्यासँग मुलुकको स्वाधीनता, राष्ट्रियता र सार्वभौमत्ताको प्रश्नलाई बुद्धिमत्तापूर्ण रुपमा समाधान गर्नुपर्ने फैसलाको पूर्णपाठमा छ । 

त्यसो गरिएको अवस्थामा अपराध, अवैध कारोबार र अवाञ्छित गतिविधि रोक्न सकिने सर्वोच्चको ठहर छ । विश्वभरका मुलुकहरूमा एक आपसमा तीन खालका सीमा प्रणाली हुने व्याख्या सर्वोच्चले गरेको छ । कुनै रोकतोक नहुने नेपाल–भारतजस्तो खुला सीमा प्रणाली, तोकिएको सीमा नाकाबाट तोकिएको कागजात देखाएर मात्रै सीमा वारपार गर्ने नियमनयुक्त सीमा प्रणाली छन् ।

कतिपय मुलुकहरूले सुरक्षा संवेदनशीलताका कारण सीमा वारपार गर्न निषेध गरी बन्द सीमा प्रणाली अपनाएका छन् । पूर्णपाठमै कयौं मुलुकले सीमा नीतिलाई समसामयिक परिस्थिति र घटनाक्रमका आधारमा परिमार्जन गर्ने गरेको दृष्टान्त अघि सारिएको छ । 

दोस्रो विश्वयुद्धपछि पूर्वी र पश्चिमी जर्मनीबीचको बर्लिन पर्खाल शीतयुद्धको अन्त्यसँगै १९९० मा हटाइएको थियो । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा आतंकवादी आक्रमण भएपछि उसले क्यानडा र मेक्सिको बीचको सीमा सुरक्षामा कडाइ गरेको थियो । हाल नेपाल–भारत सीमा खुला रहेको दर्शाउँदै सर्वोच्चले सीमा नीतिबारे परिमार्जन गर्नुपर्ने आवश्यकतालाई उठान गरेको छ ।

सीमाविद् तथा रिट निवेदक बुद्धिनारायण श्रेष्ठले सर्वोच्चको आदेश कार्यान्वयन गरेको अवस्थामा सीमा क्षेत्रबाट हुने आपराधिक गतिविधि निकै घट्ने बताए । तर, सरकारले आदेश कार्यान्वयनमा आनाकानी गरको भन्दै असन्तुष्टि पोखे । 
‘सरकारको पहिलो काम नै देशको सीमा रक्षा गर्नु हो । शान्ति सुव्यवस्था कायम गर्नु हो । तर, यसमा हरेक सरकार चुके,’ उनले भने, ‘यसपछि सर्वोच्च पुगेका थियौं । सर्वोच्चले हाम्रै मागअनुसार आदेश त जारी ग¥यो । तर, कार्यान्वयन गर्ने छाँट देखिएन ।’

कोरोना महामारीको बेला सरकारले नेपाल–भारत सीमामा नियमन गरेको थियो । सशस्त्र प्रहरी व्यापक रूपमा परिचालन गरेर सीमामा कडाइ गरेको थियो । महामारीकै बेलामा धेरै ठाउँमा सरकारले बिओपी पनि स्थापना गरेको थियो । अहिले पनि ती बिओपीहरू सीमा क्षेत्रमै छन् तर सीमाको प्रभावकारी ढंगले नियमन हुन सकेको नसकेको सीमा सुरक्षाका जानकारी पूर्वएआइजी थापाले बताए । उनले १० हजार थप सशस्त्र प्रहरी भर्ती गरेर उनीहरूलाई सीमा निगरानीमा खटाउनुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १०:१८
#सुरक्षा_निगरानी
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP