Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सबै मातृभाषा नेपालको सम्पत्तिः उपप्रधानमन्त्री पोखरेल
सबै मातृभाषा नेपालको सम्पत्तिः उपप्रधानमन्त्री पोखरेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ११, २०७६
सबै मातृभाषा नेपालको सम्पत्ति
Hardik health
काठमाडौं– नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित अन्तर्राष्ट्रय मातृभाषा दिवस तथा राष्ट्रिय मातृभाषा कविता महोत्सव–२०७६ सम्पन्न भएको छ । महोत्सवलाई सम्बोधन गर्दै समारोहका प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालमा बोलिने सबै मातृभाषा नेपालको सम्पत्ति भएको बताए । उनले नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक मुलुक भएको उल्लेख गर्दै समृद्ध मुलुक निर्माणका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने विचार व्यक्त गरे । उनले भने, ‘समानता र सद्भावलाई हामीले व्यवहारमा लागू गर्नुपर्दछ । आजको राष्ट्रिय मातृभाषा कविता महोत्सव समारोहले यही कुरालाई आत्मसात् गरेको छ, यही कुराको सन्देश दिएको छ ।’ नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाल इन्द्रेणी भाषा र संस्कृतिले सुसज्जित भएको बताउँदै देशको देशको बहुलतालाई सम्बोधन गर्नेतर्फ पनि मातृभाषा कविता महोत्सवले अहम् भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे । त्यस्तै, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले संसारमै विविध भाषा र संस्कृतिले नेपाल सम्पन्न देशका रूपमा रहेको उल्लेख गरे । भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले नेपालमा बोलिने सबै मातृभाषाहरूको संरक्षण र संवद्र्धनका लागि राज्यले विशेष ध्यान दिएको उल्लेख गर्दै राष्ट्रिय मातृभाषा कविता महोत्सव त्यसैको कडी भएको धारणा राखे । महोत्सवमा नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सले अन्तर्राष्ट्रिय मातृभाषा दिवस बंगलाली भाषाका निम्ति सन् १९५२ मा भएको भाषिक आन्दोलनमा सहादत प्राप्त गर्ने बंगलादेशका सम्पूर्ण भाषिक शहीदहरूको सहादतको उपलब्धि भएको बताए । उनले भाषा नै देश र जातिको पहिचान भएको भन्दै भाषाको कुनै सिमाना नहुने भएकाले यसले देश, संस्कृति र मानवीय सम्बन्धलाई जोड्ने धारणा व्यक्त गरेका थिए । बंगलादेशकै प्रस्तावमा युनेस्कोले सन् १९९९ नोभेम्बर १७ मा २१ फ्रेब्रुअरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा रूपमा मनाउने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसंघले समेत सन् २००० मा उक्त दिनलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा रूपमा मनाउन आव्हान गरेपछि विश्वभर मातृभाषा दिवसमा रूपमा मनाउन थालिएको हो । युनेस्कोले यस वर्ष ‘सीमारहित भाषाहरू’ अर्थात् ‘भाषाहरूको कुनै सीमा हुँदैन’ भन्ने थिम तय गरेको थियो । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले विगत ९ वर्षदेखि प्रज्ञा–प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषा र मातृभाषा साहित्यको उत्थानका निम्ति मातृभाषा कविता महोत्सवको आयोजना गर्दै आएको बताए । प्रज्ञा–प्रतिष्ठान साहित्य (मातृभाषा) प्रमुख एवं कविता महोत्सवकी संयोजक प्राज्ञ लक्ष्मी मालीले यसपालि कविता महोत्सवमा ५३ भाषाका १५६ कविता प्राप्त भएकामा कविता छनोट समितिले ती कविताहरूबाट ६४ ओटा कविता वाचनका लागि छनोट गरेको बताइन् । त्यस्तै, प्रज्ञा–प्रतिष्ठान मातृभाषा विभागका प्रमुख प्रा डा. योगेन्द्रप्रसाद यादवले मातृभाषा र मातृभाषा साहित्यको महत्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा युनेस्को काठमाडांै कार्यालयकी प्रतिनिधि शामीन अहमदले युनेस्कोका डाइरेक्टर जनरल अड्री अजौलेले पठाएको शुभकामना सन्देश पढेर सुनाएका थिए । आफ्नो वाम्बुले राई मातृभाषामा कविता वाचन गरेर राष्ट्रगानका रचनाकार व्याकुल माइलाले आरम्भ गरेको कविता महोत्सवको कविता वाचन सत्रमा विभिन्न ५३ भाषाका ६४ मातृभाषी कविहरूले आआफ्ना कविता वाचन गरेका थिए । महोत्सवमा अतिथि कविका रूपमा भारतको असामबाट आएकी असामिया भाषी कवि रूमी लस्कर बोराले असामिया भाषाको कविता वाचन गरेकी थिइन् । समारोह सुरु हुनुअघि विभिन्न समुदायका १७ ओटा सांस्कृतिक झाँकीसहितको शोभायात्राले नगरपरिक्रमा गरेको थियो । झाँकी प्रज्ञा परिसर, घन्टाघर, बागबजार, पुतलीसडक हुँदै पुनः प्रज्ञा भवन आई समारोहमा सामेल भएको थियो । उद्घाटन समारोहमा ती सबै सांस्कृतिक झाँकीहरूको आकर्षक प्रदर्शनी गरिएको थियो । झाँकी टोली र कविता वाचनमा सहभागी कविहरूलाई सदस्य सचिव प्रा. उपाध्यायले प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  ०९:०५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP