Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘रिमै’ चलचित्र
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
  • #जेनजी_प्रदर्शन
Search Here
प्रवास
  • Home
  • प्रवास
  • एमसिसीबारे पार्टीले उपयुक्त समयमा उपयुक्त निर्णय गर्छः नेता गुरुङ
एमसिसीबारे पार्टीले उपयुक्त समयमा उपयुक्त निर्णय गर्छः नेता गुरुङ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ११, २०७६
lohani and gurung sir
Hardik health
काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरणले गम्भिर अवस्था ल्याएको भन्दै यसलाई दुःखद परिघट्नाको रूपमा चित्रण गरे । शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख सचेतक गुरुङले बाँस्कोटाको अडियो प्रकरणमात्रै अहिले बाहिर आएकोले यत्तिकै आधारमा कति दोषी हो ? भनेर एकिनका साथ भन्न नसकिने स्पष्ट पारे । उनले भने,‘तर, आशंकाका संकेतहरू देखिएका छन् ।’ सेक्युरिटी प्रिन्टिङ प्रेस जिटुजी अर्थात सरकार–सरकारबीच सम्झौता गरेर त्योसम्बन्धी खरिद गर्ने कुरा बुझिएको सुनाउँदै गुरुङले सरकारले ग्लोबल टेण्डरबिना कुनै कम्पनीसँग मात्रै सम्झौता गरेर खरिद गर्ने प्रक्रिया कति उपयुक्त वा अनुपयुक्त भन्दै यो नीतिगत रूपमा पनि पूर्नविचारको विषय भएको बताए । नीतिगत कुरा संसदीय समितिले हेर्ने र निवर्तमान मन्त्री बाँस्कोटाबाट कति गल्ती वा भ्रष्टाचार भएको हो या होईन भन्ने कुरा चाहीँ कानूनी रूपमा हेर्ने वा छानबिन हुनुपर्ने उनको भनाई छ । गुरुङले एमसीसीको विषयमा टिप्पणी गर्दै नेपालले आर्थिक सहायता लिने दिने यो चलिरहने प्रक्रिया भएको बताए । तर, एमसीसीमा गलत शर्तहरू थुपारिएको उनको भनाई छ । उनले विभिन्न दस्तावेज र अमेरिकी अधिकारीहरूको भनाईले पनि एमसीसी चाहीँ ईण्डो प्यासिफिक स्ट्राटेजीकै अंग भएको कुरा पुष्टि गरेको सुनाए । एमसीसीबारे नेकपाले कार्यदल गठन गरेर गम्भिर रूपमा छलफल गरेर रिपोर्ट तयार पारेर पार्टी नेतृत्वलाई प्रतिवेदनसमेत बुझाएको उनले जनाए । उक्त सम्झौताबारे पार्टीले आवश्यक परिमार्जन गरेर नै अघि बढ्ने उनको भनाई छ । यसबारेमा पार्टीले उपयुक्त समयमा उपयुक्त ढंगले निर्णय गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै प्रशंसा पाएका मन्त्री गोकुल प्रसाद बाँस्कोटा (राजीनामा दिएका) को कमिशनको अडियो प्रकरण आएपछि यो सरकारको चरित्र के हो ? भन्ने कुरा प्रष्ट भएको टिप्पणी गरे । उनले कमिशनको यो अडियो प्रकरणभन्दा अघि पनि यति काण्ड, सुन काण्ड, एनसेल काण्ड, न्यारोबडी काण्ड, वाईडबडी काण्ड भए, ती सबै काण्ड नेपालको प्रेस जगत (मिडिया) ले बाहिर निकालेको छ, तर, त्यसलाई एउटा लजिकल कन्क्लुजनमा लैजाने कुरामा यो सरकार तयार देखिएन । संसदमा प्रतिपक्ष छ, तर प्रतिपक्ष पनि धेरै भलाद्यमी भएको छ । उहाँहरू चाहीँ जे आएपनि नमस्कार नै गरेर बस्ने स्थितिमा पुगेको बताए । उनले बाँस्कोटाको ७० करोड कमिशनको टेप प्रकरण सुन्दा अझै एक अर्ब बढाईदेउन भनेर सुनिएको पनि बताए । लोहनीले हिजो सामन्ती व्यवस्थामा जसरी शोषण गरिएको थियो अहिले प्रजातन्त्रको वैधानिकता लिएर शोषण गरिएको टिप्पणी गरे । उनले यो प्रकरणमा अब हुने छानबिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बोल्नुपर्ने माग गरे । अध्यक्ष लोहनीले यो प्रकरणको निश्पक्ष छानबिन हुनुपर्ने बताउँदै संसदीय समितिबाट छानबिन हुनुपर्ने आफूहरूको सुझाव रहेको सुनाए । यो प्रकरणमा संसदीय समितिले गठन गरेको छानबिनमा गएर आफ्नो कुरा राख्नुपर्ने उनको तर्क छ । उनले गोकुल बाँस्कोटालाई आफूले कुनै महत्वको मान्छे नै नभएको चित्रण गरे । लोहनीले वर्तमान सरकारले यो दुई वर्षमा ल्याएको बजेट नै असफल भएको दाबी गरे । सरकारले एक वर्षसम्मपनि भनेको कुरा पुर्याउन नसकेको उनको आरोप छ । उनले मुलुकमा रोजगारी र उत्पादकत्व नबढेको पनि गुनासो पोखे । उनले हरेक तहमा अहिले भ्रष्टाचारको विकेन्द्रीकरण भएको पनि आरोप लगाए । उनले अमेरिकी सहयोग एमसीसीको सवालमा नेपालले ऋण, सहयोग वा अनुदान लिन सक्ने भएपनि शर्तहरू हेर्नुपर्ने सुझाव दिए । एमसीसीको सम्झौताका १४ बुँदाहरू अर्थमन्त्रालयबाट भएको र यो कुरा परराष्ट्र मन्त्रालयलाई थाहा नभएको भन्ने कुरा पनि बाहिर आएको सुनाउँदै यसलाई दुःखद अवस्था भनेर उनले चित्रण गरे ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  ०८:४६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न सोमबार, भदौ १६, २०८२
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन आइतबार, भदौ १५, २०८२
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार आइतबार, भदौ १, २०८२
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन आइतबार, साउन ११, २०८२
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने सोमबार, साउन ५, २०८२
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी मंगलबार, असार ३१, २०८२
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह बिहीबार, असार १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
 नयाँ दल खोल्ने  ‘वार्मअप’
 नयाँ दल खोल्ने  ‘वार्मअप’
‘जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन’ : परराष्ट्र सचिव राई
‘जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन’ : परराष्ट्र सचिव राई
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP