Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • बूढानीलकण्ठको जगन्नाथ मन्दिरमा भण्डारा चल्दै
बूढानीलकण्ठको जगन्नाथ मन्दिरमा भण्डारा चल्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ११, २०७६
Jagannath (1)
Hardik health
काठमाडौं – धार्मिक तथा ऐतिहासिक महत्व एवं प्रचुरमात्रामा पर्यटनको सम्भावना बोकेको प्रसिद्ध जगन्नाथ मन्दिर परिसरमा बूढानीलकण्ठ नगरपालिका–८ हात्तिगौंडामा ३६५ दिनसम्म हवन र निःशुल्क भोजन खुवाउने (भण्डारा) कार्यक्रम सुरू भएको छ । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न एक कार्यक्रममा उक्त जानकारी दिइएको थियो । जगन्नाथ क्षेत्र संरक्षण समितिका अध्यक्ष रविन अधिकारीको अध्यक्षतामा मन्दिर परिसरमा नै सम्पन्न कार्यक्रममा श्री १००८ जगदगुरु हिमालय बाबाजी (यतिराज उपाध्याय)लाई प्रमुख संरक्षकको रूपमा नियुक्त समेत गरिएको छ । महन्त–पीठाधीपति एवं जगन्नाथ मन्दीरका प्रमुख संरक्षक जगद्गुरु हिमालय बाबाले पनि सम्बोधन गरेका थिए । उक्त अवसरमा जगतगुरुले भने, ‘हामी यस धर्तिका पाहुना हौँ, यस पवित्र धर्ती अस्थायी घर हो त्यसैले यहाँ रहुन्जेलसम्म धर्मकर्मकै माध्यमबाट दीनदुःखीलाई सहयोग गर्नु मानवजातीको कर्तव्य हुन्छ ।’ उनले विश्वका ३३ कोटी देवतामध्ये २२ करोड देवताहरू नेपालको भूमिमा रहेकोले नेपाल धार्मिक दृष्टिकोणले ज्यादै उत्कृष्ट एवं दैविक शक्तिको लागि अनुपम उपहार भएको बताए । जगन्नाथ मन्दीरको जीर्णोद्वार गरी प्राणस्थापनाका लागि शनिबार विशेष पूजा र हवनसमेत गरिएको थियो । कार्यक्रममा समाजसेवी श्यामप्रसाद पाण्डेयले धार्मिक पर्यटकका रूपमा यस क्षेत्रलाई चिनाउनु पर्नेमा जोड दिए । उनले सो क्षेत्रको विकास गरी देशको पर्यटकीय क्षेत्रको विकासमा केही हदसम्म सहयोग पुग्ने समेत बताए । उनले आफूहरू यस पवित्र कार्यमा आफूहरू पनि सहभागी हुन पाउनु भाग्यशाली ठान्दै शनिबारदेखि नै सुरु भएको भण्डाराको पहिलो दिनको प्रसादका लागि आफूले दान गर्न पाउनुमा आफूलाई गौरव लागेको बताए । कार्यक्रममा बोल्दै नगरप्रमुख एवं प्रमुख अतिथि खरेलले बूढानीलकण्ठ नगरपालिकालाई देशकै नमूना नगरपालिकाको रूपमा विकास गर्न लागि परेको बताए । उनले नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरकारी जग्गालाई प्रयोग ल्याई विकासका पूर्वाधारहरू थप्दै लैजाने कार्यक्रम अनुसार जगन्नाथ मन्दिरमा पछिल्लो समय विभिन्न पूर्वाधारहरू निर्माण गरिने बताए । उनले नगरपालिका क्षेत्रभित्रका सरकारी जग्गालाई नियन्त्रणमा लिई यस आकर्षक पार्क निर्माण गर्न लागेको बताए । उनले मन्दिरका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न नगरपालिका तयार भएको बताए । मन्दिर परिसरमा महिला पुरुषको छुट्टाछुट्टै कोठासहितको शौचालय निर्माण गर्नुका साथै मन्दिर जानका लागि प्रवेशद्वार, सुरक्षा गर्न मन्दिर वरिपरी घेराबार तथा हराभरा बनाउन विविध प्रकारका विरुवाहरू रोपेर वृक्षारोपण गरिएको जगन्नाथ मन्दिर क्षेत्र संरक्षण समितिका अध्यक्ष रविन अधिकारीले बताए । मन्दिर दर्शन र पुजाअर्चना गर्न आउने श्रद्धालु भक्तजनहरूको सेवा सुविधाका लागि आवश्यक भौतिक संरचना निर्माणको कार्यलाई जोड दिइएको उनले जानकारी दिएका छन् । धार्मिक मठमन्दिरको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित जगन्नाथ मन्दिरसहित पर्यटन कार्यक्रम लागू गरिएको अध्यक्ष अधिकारीले बताए । जगन्नाथ मन्दिर दर्शनका लागि आउने भक्तजन तथा दर्शनार्थीलाई लक्षित गर्दै भौतिक पूर्वाधारमा जोड दिइएको पनि अधिकारीले बताए । प्रा.डा. रामप्रसाद उप्रेतीले स्वागत मन्तव्य राखेको कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष सुमन तामाङ, समाजसेजी पदम पाण्डेलगायतले बोलेका थिए । कार्यक्रममा सहभागी भक्तालुहरूले भण्डारा प्रयोजनका लागि चामल, दाल, तेल, चिनी, नुनलगायत विभिन्न सामाग्रीहरूको सहयोगका साथ दानहरूको घोषणा गरेका थिए । कार्यक्रममा रेशम सापकोटासहितको टोलीले विभिन्न धार्मिक भजनहरूले मनोरञ्जन समेत प्रदान गरेका थिए ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  ०८:३५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP