Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • सामाजिक रुपान्तरणमा रंगमञ्चको मुख्य भूमिका छ: उपप्रमुख डंगोल
सामाजिक रुपान्तरणमा रंगमञ्चको मुख्य भूमिका छ: उपप्रमुख डंगोल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, भदौ १६, २०८०

काठमाडौं– काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले हामीले हेरेका र देखेका सामाजिक रुपान्तरणदेखि राजनीतिक क्रान्तिसम्म रंगमञ्चको मुख्य भूमिका रहिआएको बताएकी छन् । 

नाट्यकर्मी महासङ्घ नेपालको दोस्रो केन्द्रिय महाधिवेशन उद्घाटन समारोहमा उनले समाजको यथार्थलाई कथाका माध्यमबाट दिशानिर्देश गर्न सक्ने बलियो आधारका रुपमा रङ्गमञ्च रहेको धारणा राखे । 

उपप्रमुख डङ्गोलले भने, “जुन सन्देश बोली, बचन, लेखेर दिन सकिन्न, त्यो सन्देश नाटकको माध्यम्बाट बुलन्दरुपमा सजिलै दिन सकिन्छ, नेपाली समाजमा परम्परादेखि नै रङ्गमञ्चको बेग्लै विशिष्टता महत्व रहिआएको छ, रङ्गमञ्चले समाजलाई ऐना देखाइरहेको मात्र नभइ समाजको ऐना पनि बनिरहेको हुन्छ, समाजलाई आज हामी कुन बाटोमा लैजाँदै छौँ, भोलि कुन दिशातर्फ लग्ने हो भन्ने मार्गदर्शन गर्न पनि रङ्गमञ्चको विशिष्ट भूमिका हुन्छ ।”

Hardik health

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हर्तम्छालीले सविधान र कानुनको मर्म र भावना अनुरुप सबै जातजाती एवं समुदायलाई सामाजिक रुपान्तरणका लागि सन्देश दिने ढङ्गबाट रङ्गमञ्चले सन्देश प्रवाह गर्न सक्नुपर्ने विचार प्रकट गरे। 

नाट्यकर्मी महासङ्घ नेपालका पूर्वअध्यक्ष एवं वरिष्ठ नाट्यकर्मी विजय विस्फोटकले सडक र पूर्वाधार विकासले मात्र देशले समृद्धि प्राप्त गर्न कठिन हुने भएकाले बलियो नीति तथा विधि बनाएर कला र संस्कृतिको संरक्षण एवं विकासलाई संगसँगै लैजानुपर्ने आवश्यकतामा जोड दिए। महासङ्घका संस्थापक बैकुण्ठ भण्डारीले रङ्गकर्मीको पेसागत सुरक्षाका लागि मुख्य उद्देश्य बनाएर महासघ स्थापना गर्न परेको घटना सुनाए ।

 चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले रङ्गमञ्च मात्र नभइ सिनेमा क्षेत्रसमेत राजनीतिक भागबण्डामा परेकाले यस क्षेत्रको ओज र गरिमा धुमलिन हुन पुगेको विचार प्रकट गरे । सिल्क रोड इन्टर नेशनल लिग अफ थिएटरका संस्थापक सदस्य दीपक सरकारले देशको पहिचानका रुपमा रहेका कला, सस्कृति, पहिचानसँग जोडिएका विषयवस्तुलाई रङ्गमञ्चका माध्यमद्वारा जीवन्त राख्ने कार्यलाई समाजका सबै क्षेत्रबाट सहयोग पु¥याउन जरुरी रहेको धारणा राखे।
 
प्रा डा रामचन्द्र पोखरेलले रङ्गमञ्च जीवनको पुर्नसिर्जना भएको टिप्पणी गरे । अध्यक्ष राजेन्द्र रिमालले आगामी कार्यकालमा देशभित्र र बाहिरको नाटकसँग सम्बन्धित सङ्घसंस्था र व्यक्तिसँग समन्वय, सम्पर्क र सञ्जाल निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको बताए । 

मुलुकमा लोकतन्त्र र मानव अधिकारका लागि अग्रमोर्चामा रहेर काम गर्ने कलाकारको संस्थाकारुपमा विस २०६५ मा स्थापना भएको हो । कार्यक्रममा रङ्गमञ्च एवं संस्था स्थापनाका लागि विशिष्ठ योगदान पु¥याउने भण्डारी र विस्फोटकलाई सम्मान प्रदान गरियो ।
–––
 


प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
निफले सक्यो प्रि–इभेन्टका कार्यक्रम
निफले सक्यो प्रि–इभेन्टका कार्यक्रम आइतबार, चैत ८, २०८२
‘अधुरो सपना’ सार्वजनिक
‘अधुरो सपना’ सार्वजनिक शुक्रबार, चैत ६, २०८२
गायिका ज्योति मगर विवादमा, सामाजिक सञ्जालमा बहिस्कार अभियान
गायिका ज्योति मगर विवादमा, सामाजिक सञ्जालमा बहिस्कार अभियान शुक्रबार, चैत ६, २०८२
‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का बिहीबार, चैत ५, २०८२
प्रयोगकर्ताको रोजाईमा ‘लालीबजार’ को गीत ‘मायालाई के दिउँ म बैना’ गीत
प्रयोगकर्ताको रोजाईमा ‘लालीबजार’ को गीत ‘मायालाई के दिउँ म बैना’ गीत मंगलबार, चैत ३, २०८२
चलचित्र ‘पाँच पाण्डव’को छायांकन सुरु
चलचित्र ‘पाँच पाण्डव’को छायांकन सुरु सोमबार, चैत २, २०८२
नयाँ वर्षमा प्रदर्शन हुने ‘पहाड’ टिजर सार्वजनिक
नयाँ वर्षमा प्रदर्शन हुने ‘पहाड’ टिजर सार्वजनिक सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP