Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
समाचार
  • Home
  • समाचार
  • युवाहरुलाई अभिप्रेरित गर्दै बिबिसीको ‘युथ फेस्टिभल’  
युथ फेस्टिभल युवाहरुलाई अभिप्रेरित गर्दै बिबिसीको ‘युथ फेस्टिभल’  
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १३, २०८०

काठमाडौं–  बियोण्ड बेइजिङ कमिटी (बिबिसी) नेपालले युवाहरुलाई समेट्दै ‘युथ फेस्टिभल’ सम्पन्न गरेको छ । युवाहरुलाई एक ठाउँमा जोड्दै उनीहरुको सिकाइ अनुभव आदानप्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो ।

सहभागीहरु
युथ फेस्टिभल कार्यक्रममा सहभागीहरु

सबै युवाहरुलाई एक ठाउँमा जोड्दै एक अर्काको सिकाइ अनुभव साटासाट गर्ने र अभिप्रेरित गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरुले आ–आफ्ना अनुभव प्रस्तुत गरेका थिए । 

युथ फेस्टिभल
 विभिन्‍न संघसंस्थाका युवाहरु युथ फेस्टिभलमा सहभागीहरु                                  तस्विर: दीपा/  प्रभाव 

कार्यक्रममा स्वागत मन्तव्य राख्दै बिबिसीकी बोर्ड सदस्य सुष्मा श्रेष्ठले बिबिसीले स्थापनाकालबाटै युवाहरुमाझ काम गर्दै आएको बताइन् । युवाहरुबीच रहेको लैंगिक तथा विभिन्न विभेद अन्त्य गर्ने लक्ष्यका साथ कार्यक्रम तय गरिएको उनले बताइन् । ‘केही समययता रोजगार र पढाइको सिलसिलामा युवाहरु विदेश पलायन हुने प्रवृत्ति बढेको छ । यो प्रवृत्ति रोकेर स्वदेशमै रोजगारमूलक अभियानमा जोडिनु आजको आवश्यकता हो,’ श्रेष्ठले भनिन् । 

Ncell
Hardik health
युथ फेस्टिभलमा राखिएका स्टलहरुमा अवलाेकन गर्दै सहभागीहरु                                   तस्विर: दीपा/  प्रभाव                                                

एक सय जनाभन्दा बढी युवाहरु सहभागी उक्त कार्यक्रममा ब्लु डाइमण्ड सोसाइटीका युवाहरुले नृत्य नाटक प्रस्तुत गरेका थिए । त्यस्तै छोरीको कथामा आधारित लघु चलचित्र ‘डटर’ अर्थात् छोरी पनि प्रदर्शन गरियो । लै‌ंगिक असमानता र भेदभावको सेरोफेरोमा आधारित उक्त चलचित्र मिडिया पोर्टले निर्माण गरेको थियो । 

ब्रेल  लिपीका बारेका बटम थिचेर बुझाउँदै  निर श्रेष्ठ                                                            तस्विर: दीपा/  प्रभाव 

यसैगरी बिबिसीले सांकेतिक भाषामा तयार गरेको महिनावारी हुँदा प्रयोग गर्ने सामग्रीबारे जनचेतनामूलक भिडियोसमेत सार्वजनिक गरियो । कार्यक्रममा विपना श्रेष्ठले युथ इ–लर्निङ कोर्सबारे जानकारी दिइन् । प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कर्णाली प्रदेशमा कार्यरत अजबबहादुर शाहीले आफ्नो अनुभव राखेका थिए । आरएचआएनका संयोजक राजेन्द्र महर्जनले पनि आफ्नो अनुभव सुनाएका थिए ।

तस्विर: दिपा सुनुवार
लाइभ चित्रकला गर्दै अनुभव लेख्दै सहभागी युवायुवतीहरु                     तस्विर: दीपा/ प्रभाव                      

कार्यक्रममा विभिन्न स्टलहरु पनि राखिएको थियो । सहभागी युवाहरुले सो स्टलहरुले अवलोकन गरे । फेस पेन्ट, लाइभ चित्रकला पनि कोरेर युवाहरु रमाइरहेका थिए । यसैगरी विभिन्न  बौद्धिक खेल ,ब्रेल लेखन जस्ता खेलहरु पनि समावेश थिए ।

तस्विर:प्रभाव/ दिपिना 
ब्रेल लिपी लेख्दै र सिकाउँदै युवाहरु                                                                       तस्विर: दीपा/  प्रभाव             

यस संस्थाहरुसँग सहकार्य गरी विभिन्न कार्यक्रममा खिचिएका फोटोहरु प्रदर्शन पनि गरिएको थियो । कार्यक्रममा सहकार्य गर्ने संघसंस्थालाई मायाका चिनो स्वरुप फूलको गमलामार्फत सम्मान गरिएको थियो । 

तस्विर: दीपा/  प्रभाव 
सम्मान स्वरुप उपहारका रुपमा फूलकाे गमला दिँदै                                                                        तस्विर: युनिस राई/  प्रभाव 

 


प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण शुक्रबार, भदौ २६, २०८३
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
आजको खबर
आजको खबर शुक्रबार, भदौ २६, २०८३
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा शुक्रबार, भदौ २६, २०८३
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितका पक्षमा तत्काल राहत र उद्धारमा स्पष्ट योजना ल्याउनुपर्छ : सांसद पुन
बाढीपीडितका पक्षमा तत्काल राहत र उद्धारमा स्पष्ट योजना ल्याउनुपर्छ : सांसद पुन शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP