Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
  • #‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
Search Here
प्रवास
  • Home
  • प्रवास
  • गर्भवती श्रीमतीको कोशेली लिन श्रीमान् जान थाले
गर्भवती श्रीमतीको कोशेली लिन श्रीमान् जान थाले
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ११, २०७६
Hardik health
लम्की–कैलालीको जानकी गाउँपालिकाले ४०० गर्भवतीलाई पोषण उपहार प्रदान गरेको छ । स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराइरहेका गर्भवतीलाई पोषणस्वरूप खानेकुरा र नगद प्रदान गरेको हो । उपहारमा एक क्यारेट अण्डा, आयोडिन नुन, सरसफाइका सामान र रु एक हजार नगद रहेका छन् । अमरावतिकी जमुनाकुमारी चौधरीले गाउँपालिकाले गर्भवतीको स्वास्थ्यमा ध्यान गर्न सन्देश दिएको बताए । ‘पोषण उपहार संगै गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा र खानपानबारे समेत जानकारी पायौँ ।’ उनले भने, ‘यो कार्यक्रमले घरपरिवारलाई समेत गर्भवतीको स्वास्थ्यमा सचेत रहन सजग गराउँछ ।’ वन्देविपुरकी रीता विष्ट गर्भवती छन् । उनीसँगै कोशेली बुझ्न उनका श्रीमान् पनि साथमा आएका छन् । ‘मेरो श्रीमती गर्भवती भएको सात महिना भयो । यहाँ आएपछि मैले धेरै जानकारी पाएँ ।’ रीताका श्रीमान् विष्टले भने, ‘अब म मेरो श्रीमतीको खानपानमा पूरै ध्यान दिन्छु, उनीलाई चाहिने आराम, वातावरणबारे पनि म सचेत हुन आवश्यक रहेछ ।’ गाउँपालिकाले आमा र बच्चाको पोषणमा सुधार ल्याउन र मातृशिशु मृत्युदर घटाउन सहयोग पुर्याउन कोशेली कार्यक्रम शुरुआत गरेको हो । कोशेली वितरणका लागि सात लाख विनियोजन गरेको छ । गाउँपालिकाले दुई चरणमा कोशेली दिने तयारी गरेको छ । पहिलो चरणमा फागुन दोस्रो चरणमा जेठ मसान्तमा कोशेली दिइने गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले जानकारी दिए । ‘ग्रामीण महिला गर्भावस्थामा खानपानमा ध्यान दिँदैनन्, यसले बच्चा र आमाको स्वास्थ्यमा असर गर्छ ।’ उनी भन्छन्, ‘सचेतना फैलाउने उद्देश्यका साथ कोशेली दिन थालेका हौँ । एक दिन मात्र दिएर पोषण वृद्धि त हुँदैन तर, महिला र तिनका परिवार सचेत हुन सक्छन् ।’ जन्मिने नवजात शिशुलाई स्वस्थ बनाउन पोषण उपहार कार्यक्रम सहयोगी हुने उपाध्यक्ष उमा महत्तोले बताए । ‘हाम्रो समाजमा गरिबी छ । बुहारीले घरका सबैले खाना खाएपछि खाने चलन छ । अन्त्यमा खाने बुहारीलाई खाना नपुगे उनीहरू भोकै बस्छन् ।’ उनी भन्छन्, ‘अनि कसरी पोषणमा सुधार आउँछ । धेरै महिलामा रक्तअल्पताको समस्या देखिन्छ, बच्चा जन्माउँदा रगत आवश्यक पर्छ । त्यसकारण यो अभियान थालिएको हो ।’ गाउँपालिकाले स्वास्थ्य संस्थामा गर्भजाँचमा आएकालाई मात्र यो कोशेली दिने गरेको छ । स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले नियमित गर्भजाँच गर्ने बानीको विकास गर्नका लागि पनि कोशेलीले सघाउने विश्वासव्यक्त गरे । ‘गर्भावस्थामा महिलाले पटकपटक खानेकुरा खाने, सरसफाइमा ध्यान दिने, आराम गर्ने, मानसिक थकान कम गर्नेजस्ता कुरा पनि सिकाउन थालेका छौँ ।’ रासस
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  ०८:०१
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP