Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एक वर्षमा १२ सय श्रमिकले गुमाए ज्यान
एक वर्षमा १२ सय श्रमिकले गुमाए ज्यान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ७, २०८०

काठमाडौं– वैदेशिक रोजगारीको क्रममा एक वर्षमा एक हजारभन्दा बढी नेपाली श्रमिकले विदेशीभूमिमा ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका एक हजार २०८ जना नेपालीले ज्यान गुमाएका हुन् ।  

यसरी ज्यान गुमाउनेमा एक हजार १६३ जना पुरुष र ४५ जना महिला श्रमिक रहेका छन् । सरकारले औपचारिक माध्यमबाट श्रम स्वीकृति लिएर विदेशमा पुगी ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत बोर्डले मृतकका परिवारलाई सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।

श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकको श्रमअवधिभित्र मृत्यु भएमा आर्थिक सहायता दिने व्यवस्था भए पनि अवैध तरिकाले रोजगारीका लागि विदेश गएका वा श्रमअवधि सकिएका श्रमिकले भने कुनै किसिमको आर्थिक सहायता नपाउने बोर्ड सचिवालयले जनाएको छ । यतिमात्र नभई रोजगारीका क्रममा विविध कारणले अवैध भएका श्रमिकको मृत्यु भएमा बोर्डमा त्यसको कुनै अभिलेख राख्ने गरिँदैन । यसबाट रोजगारीका लागि विदेश गएका कति श्रमिकको मृत्यु भयो यकीन तथ्यांक पाउन मुस्किल छ ।

मृतकका परिवारको सदस्यले मृत्यु भएको प्रमाणित हुने आवश्यक कागजातसहित भुक्तानी दाबी गरेमात्रै आर्थिक सहायता प्रदान गर्ने बोर्डले जनाएको छ । यद्यपि, बोर्डको तथ्यांकअनुसार श्रमअवधिभित्रै विदेशमा मृत्यु भएका श्रमिकका परिवार अहिलेसम्म आर्थिक सहायताबाट वञ्चित हुनुपरेको छैन । गत वर्ष विदेशमा मृत्यु भएका एक हजार २०८ जना श्रमिकका परिवारले ६५ करोड ५१ लाख ८० हजार रुपैयाँ आर्थिक सहायता प्राप्त गरेको बोर्डले जनाएको छ । श्रमअवधिभित्रै ज्यान गुमाएका श्रमिकका परिवारलाई बोर्डले सात लाख रुपैयाँ एकमुष्ट आर्थिक सहायता प्रदान गर्ने गरेको छ । 

Hardik health

यस्तै, गत आर्थिक वर्ष ३८९ जना श्रमिक अंगभंग तथा गम्भीर बिरामी भएर स्वदेश फर्किएको बोर्डले उल्लेख गरेको छ । यसरी स्वदेश फर्किएका श्रमिकलाई नौ करोड ९७ लाख आठ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको बोर्डको तथ्यांकले देखाएको छ ।

बोर्डले बिरामी वा अंगभंग भएर फर्किएका श्रमिकलाई अवस्था हेरेर विशेषज्ञ डाक्टरको सिफारिसमा अधिकतम सात लाख रुपैयाँ आर्थिक सहायता दिने गरेको छ । यसैगरी सरकारले वैदेशिक रोजगारीमा गएका ११२ श्रमिकका परिवारका सदस्यलाई पनि स्वास्थ्योपचार खर्च उपलब्ध गराएको छ । गम्भीर बिरामी परेका श्रमिकका परिवारका सदस्यलाई ५६ लाख रुपैयाँ स्वास्थ्य उपचार खर्च उपलब्ध बोर्डले जनाएको छ । बोर्डले बिरामीको अवस्था हेरी तत्काल शल्यक्रिया गर्नु नपर्ने अवस्थामा १५ हजारसम्म, सामान्य शल्यक्रिया गर्नुपर्ने अवस्थामा ३० हजार र शल्यक्रियासहित औषधि सेवन गर्नुपर्ने अवस्थामा ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था छ ।

त्यस्तै सरकारले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका तथा गम्भीर बिरामी र अंगभंग भएका श्रमिकका सन्ततीलाई पनि छात्रवृत्ति सहायता प्रदान गर्दै आएको छ । बोर्डको तथ्यांकअनुसार दुई हजार ९५६ जना बालबालिकाले छात्रवृत्ति सहायता पाएका छन् । हाल बोर्डले शिशु कक्षादेखि कक्षा ८ सम्म अध्ययन गर्ने विद्यार्थीलाई वार्षिक आठ हजार रुपैयाँ र ९ कक्षादेखि १२ कक्षासम्म वार्षिक १२ हजार रूपैयाँ दिने गरेको छ । 

सरकारले २०६५ सालदेखि विदेशमा काम गर्ने क्रममा मृत्यु भएका श्रमिकका परिवार तथा अंगभंग भएका श्रमिकलाई आर्थिक सहायता उपलब्ध गराउन थालेको हो । प्रारम्भिक चरणमा आर्थिक सहयोग स्वरुप मृतकका परिवारलाई तीन लाख रूपैयाँ दिने गरिएको थियो । पछि आर्थिक सहायता रकम कम भएको भन्दै सरकारको निर्णयले २०७४ सालदेखि तीन लाखबाट बढाएर सात लाख रुपैयाँ उपलब्ध गराउन थालेको हो । विदेश जाने श्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट नै सरकारले आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । 

 


प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०६:३३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP