Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #‘द चेन्ज’
  • #एफडब्लुएलडी
  • #हायात_प्लेस
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #बेलीब्रिज
  • #यःमरी
Search Here
विचार
  • Home
  • विचार
  • मिलाएर खाऔं, मिलाएरै गाऔं !
मट्याङ्ग्रो मिलाएर खाऔं, मिलाएरै गाऔं !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, भदौ ५, २०८०

आहा कति राम्रो बाटो ! बाटोभरि फूलै फूल अनि हरिया रुखहरु कत्ति मज्जाले सजाइएको । बिहान वा बेलुकी समयमा माइतीघरदेखि तीनकुनेसम्म पुग्दा त लाग्छ विकसित देश घुम्दै छु । अचेल टिकटक बनाउनेहरुको भीड अनि फोटो खिचाएर सामाजिक सञ्जाल रंगीन बनाउनेहरुको लस्कर हेर्ने हो भने त नेपाल भन्ने देश निकै नै विकसित भइसकेको छ । यहाँका मानवहरु यति धेरै खुसी छन् कि सायद विश्वमा यस्तो देश नै छैन । मान्छेहरु त्यत्तिकै फिनल्याण्ड फिनल्याण्ड भन्छन् । फिनल्याण्डभन्दा हाम्रै काँठ ल्याण्डमा नै मान्छे खुसी । 

नपत्याए काँठ ल्याण्डका होटल, रेस्टुरेण्ट, पवदेखि डिस्कोसम्म हेरे पुग्छ, कत्ति खुसी भाका छन् । डाँडामा रहेको सबै रिसोर्टमा मानिस दंग छन्, खुसी साटासाट गरिरहेका छन् । यता हे¥यो टिकटक, उता हे¥यो इन्स्ट्राग्राम, खुसी नै खुसी ।त्यसमाथि पनि आजकल त स्वदेशदेखि विदेशमा बस्नेहरुसम्मले यस्तै सुन्दर दृश्य कैद गरेर ‘बालेनको सहर’ का रुपमा स्थापित गरिदिएका छन् । नेवार राज्य भन्दै उफ्रिनेहरुलाई ट्वाँऽ पारेर जनताले बालेनलाई पत्याइदिए । त्यही पत्याइकै कारण काठमाडौं सहराँ बालेनलाई  आएपछि बाटो रंगिए, सडक चम्किए । 

साँच्चै काठमाडौं बनाउँछु भन्ने ठिटौले जोश जाँगरले होला, सहर सिंगारिएको छ । मध्यरातसम्म बबरमहलतिरको पुलमा फोटो खिच्ने र खिचाउनेहरु अरिंगालजस्तै भाका छन् ।यति सुखी र खुसी जनता अन्त होलान र ? भन्न पनि मुस्किल, पत्याउन पनि मुस्किल । नपत्याएर सुखै छैन । आजकल त्यस्तै भएको छ । एउटा दृष्टिविहीन फुटपाथमा सहजै हिँड्नसक्छ । सफा र चिटिक्क पारेर रंगीविरंगी सिमेण्टका ब्लक बिछ्याएको फुटपाथ न हिजो थियो न भविष्यमा हुनेछ ! किनकि अहिले छ । समय बलवान पो छ त !

माइतीघर तीनकुनेको बखान गर्दै गर्दा बानेश्वरतिर पुगेर उत्तरतिर आँखा लगायो भने डाँको छाडेर रुन मन लाग्छ र तिनका बाजेहरुलाई । यति धेरै खुसी जनता भाको काँठको मध्यभागमा पुगेर डाँकै छोडेर रुन मन लाग्नु भनेको त फिनल्याण्ड होइन प्यालेस्टाइन पुगेजस्तो भइगो नि । आफ्नै देशमा बसेर अनागरिकजस्तो सधैं बन्दुकसँग खेलिरहनुपर्ने ।

Hardik health

हुन पनि त्यस्तै छ भन्छन् मट्याङग्रा कान्छा बा । बानेश्वरबाट उत्तर फर्केर सेतो घर हेर्दै कान्छा बा डाँको छाडेर रोका रे ! धोको फेरेर रुन खोज्दा पुलिसले च्याप्पै समातेछ । तीन चार जनाले गर्धन ङ्याँकेर कान्छा बालाई लछारपछार पार्दै निलो भ्यानमा कोचे छन् । विचरा कान्छा बा ! दुई सन्तानलाई सालिक बनाएका काका बा, सेतो घरभित्रका मालिकहरु देखेरै डाँको छोडेका रैछन् ।

न्याय मार्ने सेतो घरमा बसेका काला मान्छेहरुको भीडले मिलाएरै खाऔं, मिलाएर गाऔं भन्दा कान्छा बा को मन कुँडिएको रे ? सेतो घरभित्र बसेकाले आफ्नो स्वार्थ पूरा गर्न जस्तो सुकै गठवन्धन पनि गर्दा रैछन् । काका बाले दुई सन्तानलाई सालिक बनाको न्याय मार्न होइन न्याय पाउन भन्थे तर उनी न्याय खोज्न धाउँदा धाउँदै एक बीसा बित्न लाग्यो भनेर पो डाँको छाडेका रैछन् । 

विचार र सिद्धान्तलाई लोप्पा ख्वाइदिएर सेताघरमा डाँका हालेका छन् रे ! ज्यानमारालाई सहमतिका नाममा माफी दिने तन्त्र देखेर काका बा हरेक दिँन डाँको हाल्छन् र रुन्छन् । हजारौं काका बाका छोराछोरीलाई सालिक बनाउनेहरु डाँका डालेर हाँस्छन् । कहिले सुनसँग मितेरी लगाउँछन् ! काकाका सन्तानले लगाएको गुनसँग मितेरी लगाउँदैनन् । 

सकेसम्म मिलेर खाने हो । मिलेरै गाउने हो । ‘काले काले मिलेर खाऊँ भाले’ भनेजस्तै । सत्ताको रसस्वादमा पल्किसकेका सेतोघरका काला विचार भाकाहरुले वर्षैंदेखि मिलेर लुटिरहेका छन् । ज्यानमारा, डकैती, तस्करी, भ्रष्टहरु मित्र बनेका छन् । आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि जनताले तिरेको करमा तर मार्ने सेतो हात्ती (प्रदेश)का लागि लडेका छन् । त्यो सेतो हात्ती न हिजो काम लागेको थियो, नत भोलि नै । सेतो हात्तीकै कारण गणतन्त्रको उपहास भएको छ । उपहास बनाउनेहरु उही कान्छा वा का छोराछोरीलाई सालिक बनाएर आफूलाई आर्यघाट नपुगुञ्जेलसम्म मालिक बनाउनेहरु नै हुन् । 

यहाँ त काका बाहरुले अन्याय सहिदिनुपर्ने ! अनि नानीका बाहरुले अन्याय गरिरहुनुपर्ने । बालेनहरुले अन्यायका विरुद्ध न्यायका लागि संघर्ष गर्नुपर्ने ! कठै, सुन्दर हरियाली देखेर मात्र हुँदो रहेनछ । सेतो घरकाले त अलि पर रहेको अर्को रातो टर्मिनलबाट हरेक दिन दशौं हजारलाई मुण्ट्याइरहेका छन् । त पनि यो देशमा बस्न लायक भइनस् ! पढिस् जा गएर गोरुजस्तै जोतिनु । अनि हाम्रा किड्नी फेर्न र ज्वाई छोरी, छोरा बुहारीलाई फिनल्याण्डी जस्तै खुसी बनाइदिनु भन्दै घचेडीरहेका छन् । 

इजरायलले १२ पढाउँछ अनि १८ वर्षको उमेरमा देशका लागि प्यालेस्टाइनसँग लड्न सिकाउँछ । तर हाम्रा देशकाले १२ सम्म घरबार बेचेर पढाउन लगाउँछन अनि १८ वर्ष भएपछि बाउ आमालाई ऋणको भारी बोकाएर विदेशी भूमिमा जोत्न पठाउँछन् ।

सुन ल्याओस् कि नुन ल्याओस् । सुनजति उनलाई नुनजति कुनलाई ?  हाँसो लिएर फर्कनु त परै जाओस् ! आँशु नै लिएर आओस् । हामी सेता घराँ बस्नेले मिलेर खाने हो । मिलेर गाउने । दोहोरी खेल्न जान्या छ । माओवाद रेफ्री भाकै छ । एमाले–कांग्रेस मिलाकै छ । सहमति र सहवासमा एमाले होस् कि कांग्रेस मधेस होस् कि राप्रपा । समाजवाद होस् जनवाद । सिके राउतदेखि रविको खाओस्सम्म पनि मिलेरै खाने हो । मिलेरै जाने हो ! आखिर जनता त भेँडा नै हुन् । जताजता लखेट्यौ उतैउतै भाग्ने । हरियो घाँस देखाउँना साथ फेरि फर्केर आँ गर्न आउने । 

यो देश त हाम्रो पेवा हो । मिलाएर खाऔं, मिलाएर संसद्मा रेशम फिरिरी भन्दै गाऔं !
 


प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०६:४३
प्रतिक्रिया दिनुहोस्
थप विचार
स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ? 
स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?  आइतबार, मंसिर १४, २०८२
एनपिएलः कर्णाली टस जितेर ब्याटिङ गर्द
एनपिएलः कर्णाली टस जितेर ब्याटिङ गर्द शुक्रबार, मंसिर १२, २०८२
कीर्तिपुरको न्हेगाँ जात्रा
कीर्तिपुरको न्हेगाँ जात्रा शुक्रबार, मंसिर १२, २०८२
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास मंगलबार, मंसिर ९, २०८२
सुकी हजुर आमाको चिम्से नाति ! 
सुकी हजुर आमाको चिम्से नाति !  मंगलबार, मंसिर ९, २०८२
कूटनीति र पर्यटनको अन्तरसम्बन्ध
कूटनीति र पर्यटनको अन्तरसम्बन्ध सोमबार, मंसिर ८, २०८२
स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ? आइतबार, मंसिर ७, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP