Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रमिकका सन्तानलाई ‘पढ्दै कमाउँदै’ योजना
श्रमिकका सन्तानलाई ‘पढ्दै कमाउँदै’ योजना
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ३, २०८०

काठमाडौं – सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकका सन्ततीलाई पढ्दा पढ्दै कमाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले चालु आर्थिक वर्ष २०८०/८१ मा रोजगारीका लागि विदेशिका श्रमिकहरुका सन्ततीलाई पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

वैदेशिक रोजगारीमा रहेका श्रमिकका छोराछोरीलाई स्कुलहरूसँगको समन्वयमा स्थानीयस्तरमा उपयुक्त कामको खोजी गरी उनीहरुलाई पढ्दापढ्दै कमाउने वातावरण निर्माण गर्न लागिएको बोर्डले जनाएको छ । ‘उनीहरुलाई उपयुक्त हुने काम के हुन सक्छ ? यसको समन्वय र सहकार्यका लागि विद्यालय र सहकारीमार्फत अघि बढ्ने योजना बनाएका छौं,’ बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले भने, ‘यो कार्यक्रम पहिलो चरणमा मधेस प्रदेशबाट सञ्चालन गर्न लागिएको हुँदा यसका लागि अध्ययन टोली गठन गरेर छिट्टै नै कार्यान्वयनमा जाने तयारी गरिरहेका छौं ।’

मधेस प्रदेशमा सबैभन्दा बढी वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको जिल्ला छनोट गरी स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिने कार्यकारी निर्देशक उप्रेतीले जानकारी दिए । उनका अनुसार नमूना परीक्षणको रुपमा एउटा जिल्लामा दुई वा तीनवटा स्थानीय तहलाई छनोट गरी कार्यक्रम सञ्चालन गरिनेछ ।

Hardik health

‘विद्यालय तथा सहकारी वा सरोकारवाला निकायसँग समन्वय गरी विद्यार्थीलाई समुदाय तरमा काम सिकाउने र उनीहरुको सीप प्रयोग गरेबापत बोर्डले रकम उपलब्ध गराउनेछ,’ उनले भने, ‘यसबाट विदेशिएका श्रमिकका सन्तानलाई थोरै भए पनि आर्थिक सहायता पुग्ने विश्वास लिएका छौं ।’ पढ्दै कामाउँदै शीर्षकअन्तर्गत यकीन रकम नतोकिए पनि एक जना विद्यार्थी बराबर १०÷११ हजार रुपैयाँ खर्च हुने बोर्डले अनुमान गरेको छ ।

बोर्डले चालु आवमा विभिन्न नयाँ कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाए पनि सार्वजनिक गरिसकेको छैन । तर, योजनाहरुमा वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणले अंगभंग भएर फर्किएका श्रमिकहरूलाई आवश्यकताअनुसार ह्विलचियरदेखि कृत्रिम हातखुट्टालगायतका सामग्रीसमेत सहयोग गर्ने बताइएको छ ।

यस्तै बोर्डले वैदेशिक रोजगारीमा रहेका श्रमिकसहित उनीहरूका परिवारका सदस्यलाई मनोपरामर्श प्रदान गर्न तथा समाजमा पुनःस्थापना गराउन मनोपरामर्शदाता नियुक्त गर्ने जनाएको छ । यसैगरी सञ्चालनमा रहेको टेलिमेडिसिन सेवालाई प्रभावकारी बनाउन यसै वर्षदेखि विभिन्न श्रम गन्तव्य मुलुकमा विशेषज्ञ डाक्टरहरूको टोली पठाएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने बोर्डले उल्लेख गरेको छ । 


प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP