Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • संसारभर एकसाथ रिलिज हुदै ‘गणपति’ 
संसारभर एकसाथ रिलिज हुदै ‘गणपति’ 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १, २०८०

काठमाडौं - चर्चामा रहेको फिल्म ‘गणपति’ स्वदेशसहित एकसाथ बिश्व बजारमा प्रदर्शन हुने भएको छ । सेभेन सिज इन्टरटेन्मेन्टले ‘गणपति’ बाट बिश्व बजारमा नेपाली फिल्म बक्स अफिस रिलिजको श्रीगणेश गर्ने तयारी गरेको छ । नेपालमा १४ भदौबाट प्रदर्शन हुन लागेको फिल्मको ट्रेलर दर्शकले मन पराएका छन् ।

दर्शकको चासोलाई ध्यानमा राख्दै आफूहरुले ‘गणपति’ बिश्व बजारमा प्रदर्शन गर्न लागेको जानकारी सेभेन सिज इन्टरटेन्मेन्टका प्रमुख बिनोद पौडेलले दिएका छन् । सेभेन सिज र रिजाल एण्ड रिजाल प्रोडक्शनबीच बिहीबार इन्टरनेशनल राइट खरिद–बिक्री सम्झौता सम्पन्न भएको हो ।

‘गणपति’ क्यानडा,अमेरिका र युकेमा सेक्टेम्बर १ मा प्रदर्शन हुने छ । मिडिल इस्ट,न्युजील्याण्ड र अष्ट्रेलियाका हलमा १५ सेक्टेम्बरमा प्रदर्शन हुने पक्का भइसकेको छ भने अन्य देशको प्रर्दशन मिति केही दिनमै तय हुने बताइएको छ । सेभेन सिज इन्टरटेन्मेन्ट बिनोद पौडल,प्याट्रिक सुवेदी र रमेश ढकालको संयुक्त अबधारणा र लगानीमा स्थापना गरिएको फिल्म बितरण कम्पनी हो ।

Hardik health

नेपाली फिल्मको अन्तराष्ट्रिय बजार बिस्तारका लागि अहोरात्र लागीरहेको यो कम्पनीले निर्माणाधिन थुप्रै फिल्मको अन्तराष्ट्रिय प्रदर्शन अधिकार खरिद गरिसकेको छ । ‘हामी कन्टेन्ट र मेकिङ हेछौं,’ ‘गणपति’ को बारेमा बताउँदै पौडेल भन्छन्,‘कन्टेन्ट राम्रो लागेको र दर्शकले रुचि दिएको पाएकाले छोटो अबधिमै तयारीमा यो फिल्म प्रदर्शन गर्न लागेका छौ ।’

सबिन अधिकारीको लेखन र निर्देशनमा बनेको फिल्ममा मुकुन भुसाल,मेनुका प्रधान,राजाराम पौडेल,सूर्यमाला खनाल,स्व.जयनन्द लामा,सुशील पोखरेल,प्रकाश घिमीरे,पुस्कर गुरुङ,अंशु मानन्धर,कविता न्यौपाने,देवेन्द्र बब्लु तथा कालु रानाको अभिनय छ । रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको फिल्मको प्रस्तुतकर्ता रामप्रसाद र निर्माता लक्ष्मण रिजाल हुन् ।

कार्यकारी निर्माता विज्ञान केसी र अर्बिन्द्र गिरी र सहनिर्मातामा चर्चित फिल्म एडिटर बनिष शाह रहेको फिल्म हरिबहादुर घलेले खिचेको हुन । फिल्मका गीतमा अनिश अधिकारी,शंकर अधिकारी घायल,देबेन्द्र बब्बु,बाबुल गिरी र सबिन अधिकारीको शब्द अनि अनिश अधिकारीको संगीत छ । बिपीन मल्लले सम्पादन गरेको फिल्मको कोरियोग्राफर कविराज गहतराज हुन् । तनहुँ जिल्लाको बिभिन्न स्थानमा खिचिएको फिल्मको नेपाल बितरण श्रीराम बालाजी फिल्मस् र एफडिले गर्दैछ । 


प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘परान’ आजदेखि प्रदर्शनमा
‘परान’ आजदेखि प्रदर्शनमा शुक्रबार, कात्तिक १४, २०८२
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’ बिहीबार, कात्तिक १३, २०८२
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय बुधबार, कात्तिक १२, २०८२
गोजीमा दाम छैन’ १० करोडले हेरे
गोजीमा दाम छैन’ १० करोडले हेरे बुधबार, कात्तिक १२, २०८२
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै बुधबार, कात्तिक १२, २०८२
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार सोमबार, कात्तिक १०, २०८२
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस आइतबार, कात्तिक ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP