Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘रिमै’ चलचित्र
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
  • #जेनजी_प्रदर्शन
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  •  ‘जुलेबी’को क्यारेक्टर अहिलेसम्मकै गाह्रो लाग्यो: सुरक्षा पन्त
 ‘जुलेबी’को क्यारेक्टर अहिलेसम्मकै गाह्रो लाग्यो: सुरक्षा पन्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ३२, २०८०

काठमाडौं - अभिनेत्री सुरक्षा पन्त स्टारर फिल्म ‘जुलेबी’ भोलि शुक्रवारदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ । गणेशदेव पाण्डेको लेखन एवं निर्देशनमा बनेको यो फिल्ममा यौनकर्मी पात्रको भूमिकामा छिन् सुरक्षा, जसको कथा रत्नपार्कसँग जोडिएको छ । यस फिल्मको पात्र आफूले अहिलेसम्म निर्वाह गरेकामध्येको गाह्रो लागेको सुरक्षा सुनाउँछिन् ।  

त्यसको कारण हो, समाजको संवेदनशिल पात्रको भूमिका निर्वाह गर्दै थिइन् उनी । त्यसमाथि यो पात्रको तयारीका लागि यौनकर्मी महिलासँगै बसेर कुरा गर्दा पनि उनीहरु हच्किने डर रहन्थ्यो । उनीहरु खुलेर कुरा गर्ने सम्भावना कम रहन्थ्यो ।

यद्यपि, जति धेरै इन्फमेसन आयो, त्यति पात्रलाई न्याय गर्न सक्थिन् । त्यसैले त्यो पात्रको तयारी गर्न गाह्रो हुने उनलाई सुरुवातमै लागेको थियो । तर, उनी हरेक फिल्ममा चुनौती मोल्न तयार अभिनेत्री हुन् । यसअगाडिका फिल्मबाट उनले त्यो कुरा प्रमाणित गरिसकेकी छिन् । ‘जुलेबी’मा पनि उनले चुनौती मोल्न तयार भइन् ।

Hardik health

त्यसका लागि केही पूर्वं तयारी गर्नु पर्ने थियो, वास्तविक पात्र हेर्न रत्नपार्क पुगिन् । तर, त्यसरी जाँदा पात्रसँग भेट्न पाइनन् । कोहीसँग बोल्न, कुरा गर्न पाइनन् ।
फिल्मकै सदस्यमार्फत एकजना यौनकर्मी महिलासँग भेट गर्ने अवसर मिल्यो । ‘उहाँले एउटा कलाकारका रुपमा महिला चिन्नुहुँदो रहेछ । तपाईको फिल्म हेरिरहेको हुन्छु भन्नुभयो । भेट्दाखेरी नै खुशी हुनुभयो’ सुरक्षा पात्रको तयारीका कुरा सुनाउँछिन् ‘उहाँलाई विश्वास लाग्यो होला सायद, धेरै कुराहरु मज्जाले सेयर गर्नुभयो । त्यसले मलाई पात्रको तयारीका लागि धेरै सहज भयो ।’

एउटै पात्रलाई नियालेर बस्नुपर्दा बडिल्याङवेजका लागि भने उनलाई ‘टफ’ भयो । यद्यपि, अन्य यौनकर्मी महिलासँग कुरा गर्ने अवसर नपाएपनि उनीहरुको ‘बडिल्याङवेज’ नियालिन् । धेरै पात्रबाट थोरै धेरै कुराहरु लिइन् र अर्कै फ्यूजनको पात्रमा आफूलाई ढाल्दै गइन् । ‘मेरो पात्र हेर्दाखेरी एउटै क्यारेक्टरजस्तो नदेखिएको राम्रो । कोही पनि व्यक्तिलाई इंकित गरेको जस्तो नदेखिएको राम्रो । यो को हो, को हो रु भनेको जस्तो देखिनु अझ राम्रो हो । त्यसले संवेदनशिलता मेन्टेन गर्छ’ उनले भनिन् ‘मैले सबैबाट अलिअलि बडिल्याङवेज लिएकी हुँ । यो केटी अलिकति हावा पनि छ । सिरियस पनि छ । उडाइदिई पनि रहेको हुन्छ । घरिघरि राम्री पनि देखिइरहेको छ । घरीघरी कस्तो नराम्रो देखिइरहेको छ । त्यसरी सबै फ्यूजन गरेर तयार गरेको हो ।’

डबिङका क्रममा सुरक्षाले फिल्म हेरिन्, त्यसपछि उनी फिल्मलाई लिएर सन्तुष्ट छिन् । ‘दर्शकलाई कस्तो लाग्ने हो, त्यो त अहिले भन्न सक्दिन्’ उनले भनिन्, ‘तर, म चाहीँ सुखी छु । फिल्मलाई लिएर सन्तुष्ट छु ।’

फिल्मको कथा तह–तहमा रहेको उनले जानकारी दिइन् । सोहीकारण अर्को किसिमका दर्शकका लागि फिल्म अझ रुचिकर हुनसक्ने अपेक्षा उनको छ । फिल्ममा सुरक्षासँगै उषा रजक, नीशा अधिकारी, सुशील सिटौला, पुश्कर कार्की, तुफान थापा, मोनिका थापा लगायतको शीर्ष अभिनय छ । फिल्मले रत्नपार्कसँग जोडिने यी शीर्ष पात्रको चाहना र जेलिएको मायाको कुरा गर्ने सुरक्षा बताउँछिन् ।

‘हामीले अलिकति लेयरवाला फिल्म हेर्नै पाएका छैनौं, सबै सतही–सतही भयो । जेलिएका सम्बन्धहरुको बारेमा भित्री गहिराईसम्म पुगेका कथा खोइ त रु भनेर फरक खोज्नुभएका दर्शकहरुले अझ बढी रुचाउनुहुनेछ’ उनी भन्छिन्, ‘तर, अलि सटेन धार हेरिरहनुभएको, त्यसमा इन्जोय गरिरहनुभएका दर्शकहरु के गर्नुहुन्छ थाहा छैन् । यद्यपि, क्रिटिक्सबाट चाहीँ राम्रो फिडब्याक आउने अपेक्षा लिएकी छु ।’  केन्द्रीय चलचित्र जाँच पास समितिले ‘जुलेबी’लाई एडल्ट सर्टिफिकेट दिएको छ । आभा शर्मा नेपाल यस फिल्मको निर्माता रहेकी छन् । चलचित्रको कार्यकारी निर्माता नविन भट्ट हुन्। 


प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन 
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन  सोमबार, भदौ २३, २०८२
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न आइतबार, भदौ २२, २०८२
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी शुक्रबार, भदौ २०, २०८२
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल शुक्रबार, भदौ २०, २०८२
भक्तपुरमा इन्द्रजात्रा सुरु
भक्तपुरमा इन्द्रजात्रा सुरु बिहीबार, भदौ १९, २०८२
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु बिहीबार, भदौ १९, २०८२
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता बिहीबार, भदौ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
 नयाँ दल खोल्ने  ‘वार्मअप’
 नयाँ दल खोल्ने  ‘वार्मअप’
‘जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन’ : परराष्ट्र सचिव राई
‘जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन’ : परराष्ट्र सचिव राई
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP