Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #ओभरपास
  • #हुलाकी_राजमार्ग
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #आइसिसी महिला टी–ट्वान्टी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • 'खोटाङ प्रतिभा– २०८०’को बिजेता बने आश्विन राई र कविता श्रेष्ठ
'खोटाङ प्रतिभा– २०८०’को बिजेता बने आश्विन राई र कविता श्रेष्ठ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ३१, २०८०
RBB RBB

काठमाडौं - ‘खोटाङ प्रतिभा–२०८०’को फाइनलमा गायनतर्फ हलेसी तुवाचुङ नगरपालिकाका आश्विन राई र नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता श्रेष्ठ बिजेता भएका छन् । खोटाङ कलाकार समाजको आयोजना र खोटाङ सेवा समाज बेलायत (युके)को सह–आयोजनामा सोमबार काठमाडौँको राष्ट्रिय नाचघरमा आयोजित फाइनलमा नौ–नौजना प्रतिस्पर्धीलाई पछि पार्दै गायनतर्फ आश्विन र नृत्यतर्फ कविता ‘खोटाङ प्रतिभा–२०८०’ बनेका हुन् ।

त्यस्तै प्रतियोगितामा गायनतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रदीप राई दोस्रो र बराहपोखरी गाउँपालिकाका लक्ष्मण परियार तेस्रो भएका छन् । यस्तै नृत्यतर्फ बराहपोखरी गाउँपालिकाका सुवास विश्वकर्मा दोस्रो र दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी मनिता राई तेस्रो भएका छन् ।

खोटाङको पालिका र गाउपालिकामा लुकेर रहेका प्रतिभा खोजी गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा प्रथम हुनेलाई नगद दुई लाख दुई हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै बिजेता दुई प्रतिभालाई बेलायतमा हुने कार्यक्रममा लगिनेपनि आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवं गायक रुपकुमार राईले जानकारी दिए ।

त्यस्तै द्वितीय र तृतीय हुने प्रतिभालाई क्रमशः नगद एक लाख एक हजार र ५१ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताका विजयी छ जना प्रतिभालाई नगद पुरस्कारसैगै गीत रेकर्डिङ तथा म्युजिक भिडियो खेल्ने अवसर दिइनेछ । त्यस्तै प्रतियोगितामा सहभागी बाँकी १४ प्रतिभालाई प्रोत्साहनस्वरुप सहभागिताको प्रमाणपत्रका साथै यातायात खर्चको व्यवस्था गरिएको आयोजकले जानकारी दिए ।

‘खोटाङ प्रतिभा–२०८०’को फाइनल प्रतियोगिताको निर्णायकहरु खोटाङ जिल्ला बाहिरका सृष्ठाहरु राखिएको थियो । गायक तर्फका निर्णायकहरुमा क्रमश, वरिष्ठ गायक, संगीतकार तथा नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राई, वरिष्ठ गायिका कुन्ति मोक्त्तान र वरिष्ठ संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी रहेका थिए । त्यस्तै नृत्यतर्फ क्रमश वरिष्ठ नृत्य निर्देशक कमल राई, वरिष्ठ नृत्य निर्देशक महेश गदार र वरिष्ठ नृत्य निर्देशक रोहिया मर्हजन रहेका थिए ।

‘नयाँ प्रतिभालाई प्रोत्साहन, पुराना स्रष्टालाई उच्च सम्मान, लुकेका कलालाई खोजी गर्दै समाजलाई सुसंस्कृत बनाउने खोटाङ कलाकार समाजको अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गरेका थिए । कार्यक्रममा खोटाङ जिल्लाका माननिय साथै पुर्व मन्त्रीहरु र विभिन्न पेसा ब्यावसायमा आवद्ध प्रतिष्ठित ब्याक्तित्वहरु  सहभागी रहेका थिए ।

खोटाङ प्रतिभा–२०८० छनोट प्रतियोगिताका लागि जिल्लाका १० वटै स्थानीय तहबाट गायन तथा नृत्य विधामा एक–एकजना गरी २० जना प्रतिभाले सहभागिता जनाएका थिए ।जिल्लाकोे प्रत्येक पालिकाबाट गायन तथा नृत्य विधामा तीन–तीनजना प्रतिभा छनोट गरिएको थियो ।

पालिकास्तरीय प्रतियोगिताबाट दुई विधामा ३०–३० प्रतिभा छनोट गरिए पनि काठमाडौँमा आयोजना गरिएको फाइनल प्रतिस्पर्धामा दुवै विधामा प्रथम भएका एक–एकजना प्रतिभालाई मात्र सहभागी गराइएको आयोजकले जानकारी दिए । खोटाङ घर भइ काठमाडौँलाई कार्यक्षेत्र बनाएर गीत–सङ्गीतलाई आफ्नो पेसाका रूपमा अँगालेका खोटाङ्गे कलाकारहरुले विसं २०७७ मा खोटाङ कलाकार समाज’ गठन गरेको थियो ।


प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप कला-मनोरञ्‍जन
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरेँ : अभिनेता हमाल
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरेँ : अभिनेता हमाल शुक्रबार, वैशाख २६, २०८२
चलचित्र ‘जार’को भव्य प्रिमियर सम्पन्न
चलचित्र ‘जार’को भव्य प्रिमियर सम्पन्न बुधबार, वैशाख २४, २०८२
सुम्निमामा चलचित्रमा अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित
सुम्निमामा चलचित्रमा अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित बुधबार, वैशाख २४, २०८२
सुदिप र शान्तीश्रीको स्वरमा गीत ‘केही भनेकै छैन’ सार्वजनिक
सुदिप र शान्तीश्रीको स्वरमा गीत ‘केही भनेकै छैन’ सार्वजनिक मंगलबार, वैशाख २३, २०८२
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन सोमबार, वैशाख २२, २०८२
विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउने ट्रम्पको आदेश
विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउने ट्रम्पको आदेश सोमबार, वैशाख २२, २०८२
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न  सोमबार, वैशाख २२, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP