Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आर्थिक सहायता रकम १० लाख पुर्‍याउने तयारी
आर्थिक सहायता रकम १० लाख पुर्‍याउने तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ३१, २०८०

काठमाडौं– सरकारले वैदेशिक रोजगारीको क्रममा विदेशमा मृत्यु हुने नेपाली श्रमिकको परिवारलाई दिने आर्थिक सहायता न्यूनतम १० लाख रुपैयाँ पुर्‍याउने तयारी गरेको छ । वैदेशिक रोजगार बोर्ड सचिवालयका अनुसार आर्थिक सहायता रकम समयसापेक्ष नभएको भन्दै वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएको अवस्थामा मृतकका परिवारलाई दिइने रकममा वृद्धि गर्दै न्यूनतम १० लाख रुपैयाँ पुर्‍याउने तयारी भएको हो ।

हाल बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएको अवस्थामा उसको परिवारलाई सात लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । बोर्डले वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट आर्थिक सहायता प्रदान गर्ने गरेको छ । कोषमा रोजगारीका लागि विदेश जाने श्रमिकले श्रम स्वीकृतिका क्रममा तीन वर्षसम्मको एक हजार ५०० रुपैयाँ र तीन वर्षभन्दा बढीको श्रम स्वीकृति प्राप्त गर्ने भएमा दुई हजार ५०० रूपैयाँ अनिवार्य रूपमा कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।  

लामो समयको अध्ययनपश्चात् सहायता रकम बढाउने तयारी गरेको हो । मृतक श्रमिकका परिवारलाई दिइने सहायता मात्र नभई मृतक तथा गम्भीर बिरामी एव अंगभंग भएका व्यक्तिहरुको सन्ततीले पाउने छात्रवृत्ति पनि बढाउन लागिएको छ ।
डा. द्वारिका उप्रेती
कार्यकारी निर्देशक, वैदेशिक रोजगार बोर्ड

बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले विदेशमा मृत्यु भएका श्रमिकको परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम न्यून भएको कारण बढाउन लागिएको बताए । ‘सरकारले लामो समयको अध्ययनपश्चात् सहायता रकममा वृद्धि गर्दै दोब्बर बनाउन खोजे पनि हाललाई न्यूनतम १० लाख रुपैयाँ पुर्‍याउने तयारी गरेको छ,’ उनले भने, ‘मृतक श्रमिकका परिवारलाई दिइने सहायता मात्र नभई मृतक तथा गम्भीर बिरामी एव अंगभंग भएका व्यक्तिहरुको सन्ततीले पाउने छात्रवृत्तिमा पनि वृद्धि गर्न लागिएको छ ।’

Hardik health

हाल छात्रवृत्तिका लागि बोर्डले शिशु कक्षादेखि कक्षा ८ सम्म अध्ययन गर्ने विद्यार्थीलाई वार्षिक आठ हजार रुपैयाँ र ९ कक्षादेखि १२ कक्षासम्म वार्षिक १२ हजार रूपैयाँ दिँदै आएको छ । यो छात्रवृत्ति रकम बढाएर अब कक्षा ८ सम्म अध्ययन गर्नेलाई १२ हजार रुपैयाँ र त्यसमाथि कक्षा १२ सम्म अध्ययन गर्नेलाई १६ हजार ५०० रुपैयाँ उपलब्ध गराउने तयारी भइरहेको उप्रेतीले जानकारी दिए । बोर्डले छात्रवृत्ति रकम पनि कल्याणकारी कोषमा जम्मा भएकै रकमबाट उपलब्ध गराउने गरेको छ ।

सरकारले २०६५ सालदेखि विदेशमा काम गर्ने क्रममा मृत्यु भएका श्रमिकका परिवार तथा अंगभंग भएका श्रमिकलाई आर्थिक सहायता उपलब्ध गराउन थालेको हो । प्रारम्भिक चरणमा आर्थिक सहयोग स्वरुप मृतकका परिवारलाई तीन लाख रूपैयाँ दिने गरिएको थियो । पछि आर्थिक सहायता रकम कम भएको भन्दै सरकारको निर्णयले २०७४ सालदेखि तीन लाखबाट बढाएर सात लाख रुपैयाँ उपलब्ध गराउन थालेको हो ।

वृद्धि गर्न लागिएको आर्थिक सहायता रकम मन्त्रिपरिषद्ले निर्णय गरेलगत्तै लागू हुने बोर्ड सचिवालयले जनाएको छ । यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले गत २०७९ चैत ८ गते वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आह्वान गर्दै विदेशमा मृत्यु हुने श्रमिकका परिवारलाई दिइने आर्थिक सहायता र छात्रवृत्ति रकममा दोब्बरले वृद्धि गर्ने घोषणा गरेका थिए । यद्यपि, सोही अनुपातमा रकम वृद्धि नहुने भए पनि थपिने सहायता रकमले सामाजिक योगदानमा उल्लेख्य सहयोग पुग्ने बोर्डले जनाएको छ ।

नेपालबाट वैदेशिक रोजगारीका लागि विभिन्न गन्तव्य मुलुकमा पुगेका ठूलो संख्यामा नेपाली युवाहरूले ज्यान गुमाउने गरेका छन् भने कतिपय गम्भीर बिरामी र अंगभंग भएरसमेत फर्कने गरेका छन् । बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार वार्षिक एक हजार २०० भन्दा बढी नेपालीले रोजगारीका क्रममा विभिन्न मुलुकमा ज्यान गुमाउने गरेका छन् । यस्तै, ५०० को हाराहारीमा अंगभंग भएर फर्किएका छन् ।

मृत्यु हुनुको कारण आत्महत्या, दुर्घटना, हार्टअट्याक जस्ता कारण देखाउँदै कार्यस्थल तथा सडक दुर्घटनाबाट अंगभंग हुने गरेको बोर्डले जनाएको छ । मृत्यु भएका तथा गम्भीर बिरामी वा अंगभंग भएका व्यक्तिलाई अवस्था हेरेर बोर्डले सम्पूर्ण खर्च व्यहोरी स्वदेश ल्याएर परिवारलाई जिम्मा लगाउने कार्य पनि गर्दै आएको छ ।
 


प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०६:४०
#वैदेशिक रोजगारी #आर्थिक सहायता
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP