Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #चितुवाको उद्धार
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #मगर_दिवस
  • #जसपा नेपाल
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #टेम्केमैयुङ
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • देउडाबाट उदाएकी निरुताको सांगीतिक फड्को
देउडाबाट उदाएकी निरुताको सांगीतिक फड्को
मंगलबार, साउन ३०, २०८०

नाम मेरो निरुता खत्री देउडा गीत गाउन्या
क्या राम्रो अछामी चाला गुन्या चोली लाउन्या !
सानैछ न भन्या हुन्छ कर्णाली बबैलाई
भेटघाट नभया पन सम्झना सबैलाई !!

२६ डिसेम्बर २०२१ मा पोस्ट भएको यो स्टाटसमार्फत निरुताले आफ्नो परिचय दिन खोजेकी छन्, देउडा भाकामा । यसबाट बुझ्न सकिन्छ देउडाप्रति उनको लगाव कति छ भन्ने । त्यो लगावलाई उनले स्टाटसमा मात्रै सीमित गरेकी छैनन्, बरु देउडा गीत संगीतलाई नै आफ्नो कार्यक्षेत्र बनाएकी छन् । देउडा गीत संगीतको प्रवद्र्धनमा आफूलाई समर्पित गरेकी छन् ।

देउडा सुदूरपश्चिमको मौलिक र चर्चित भाका हो । सूदूरको पहिचान बनेको यो भाका नेपाली संगीत क्षेत्रमा स्थापित छ । विविधतायुक्त नेपाली गीत संगीत क्षेत्रलाई सम्पन्न बनाउन देउडा भाकाले खेल्दै आएको भूमिकालाई कसैले नकार्न सक्दैन । सुदूरपश्चिमको यो भाका अहिले नेपालभित्र मात्र सीमित छैन, विश्वभरका नेपालीमाझ लोकप्रिय बन्दै गएको छ । देउडालाई यो स्थितिमा ल्याउन धेरैको योगदान छ, जसमध्येकी एक हुन् निरुता ।

अछामकी निरुताले अहिले चर्चित देउडा गायिकाको परिचय बनाइसकेकी छन् । अछाम क्षेत्र नम्बर २ भरिकै एकली गायिकाको रुपमा उनलाई चिनिन्छ । त्यसैले त्यस क्षेत्रका युवामाझ उनी उदाहरणीय पात्र पनि बनेकी छन् । झ्याउरे गीतबाट गायन यात्रा प्रारम्भ गरेकी निरुता देउडासँगै लोकदोहोरी पनि गाउँछिन् । लोकदोहारी क्षेत्रमा पनि आफ्नो पहिचान बनाइसकेकी छन् । तर उनलाई धेरैले चिन्ने भनेको देउडा गीतबाटै हो । निरुता स्वयं पनि आफूलाई देउडाले नै कलाकारितामा स्थापित गराएको स्वीकार गर्छिन् ।

अछाम जिल्लाको ढकारी गाउँपालिका–२ मा जन्मिएकी निरुताको बाल्यकाल गाउँमै बित्यो । विद्यालय तहको पढाइ गाउँमै र प्लस टु सदरमुकामबाट पूरा गरिन् । त्यसैले देउडासँग राम्ररी भिज्न पाइन् । सयौं गीतमा स्वर दिइसकेकी उनी लोक देउडा विधाकी एक प्रतिभाशाली गायिकाको रुपमा चिनिन्छन् । निरुताले लोक देउडा भाकालाई थप उचाइमा पु¥याएकी छन् ।

Hardik health

उनका गीतहरुमा मौलिकता झल्किएको हुन्छ । मौलिकतामा मान्छेको अस्तित्व जोडिने उनी बताउँछिन् । उनी भन्छिन्, ‘मैले गाएको हरेक गीत हाम्रो जन्मभूमि अछामको समृद्धि र सौन्दर्यको सम्मान हो ।’ जब उनको गीतका धुनहरु गुञ्जिन्छन्, तब अछामको आत्मा संगीतको शक्तिले जीवित हुने उनको विश्वास छ । अछाम क्षेत्र नं. २ बाट गीत संगीतमा औपचारिक रुपमा संलग्न हुने पहिलो महिला गायिका भएकोमा गर्व गर्छिन् उनी । 

संगीतको संसारमा निरुताको यात्रा बाल्यकालबाटै सुरु भयो । उनी सानैबाट गीत संगीत भनेपछि हुरुक्कै हुन्थिन् । गीत गाउने उनको जोश समयसँगै बलियो हुँदै गयो । उनी गाउँमा हुने विभिन्न विद्यालयका कार्यक्रमहरु र मेलाहरुमा गीत गाउने गर्थिन् । त्यसैले, उनको लक्ष्य पनि यसै क्षेत्रतिर मोडियो । गीत संगीतप्रतिको लगावका साथ हुर्किएकी निरुतालाई अहिले यही पेसाले नाम र दाम दिइरहेको छ । प्रकृतिले शान्त सुन्दर अछामदेखि कोलाहलयुक्त काठमाडौंसम्म अहिले उनको मनमोहक गीतका धुनहरु बज्ने गर्छ । ढकारीको दुर्गम गाउँदेखि काठमाडौंको भीडभाडसम्मको उनको यात्रा संगीत प्रेमकै कारण सम्भव भएको हो । संगीतप्रतिको लगावलाई अँगालेर हिँडेकी उनको गीतले अहिले देश तथा विदेशका संगीतप्रेमी नेपालीहरुको मन जित्न सफल भएको छ । आफ्नो प्रारम्भिक वर्षहरुमा गायिका बन्न देखेको सपना उनले साकार त पारेकी छन् नै साथमा श्रोता–दर्शकको माया पनि कमाएकी छन् । बाल्यकालमा गायिका बन्ने सपना देख्ने, गुनगुनाउनेदेखि सफल गायिकासम्मको उनको यात्रा यस क्षेत्रमा प्रवेश गर्न चाहनेहरुका लागि प्रेरक बन्नेछ ।

निरुताको खेल जीवन
सांगीतिक क्षेत्रमा प्रवेश गर्नुअघि उनी खेलकुदमा जमेकी थिइन् । उनले खेलजीवनमा पनि राम्रै प्रदर्शन गरिन् । खेलकुदमा विशेषगरी भलिबल र एथलेटिक्समा लागेकी थिइन् । जिल्लाको टोलीबाट  क्षेत्रीय प्रतियोगिताहरुमा भाग लिइन् । विभिन्न पुरस्कार र उपाधि त्यतिबेलै उनले हासिल गरेकी थिइन् । तर, बाल्यकालदेखि गीत संगीतसँग नजिकिएकी उनको आत्मा संगीतको लयमा गुञ्जिरहेको थियो । त्यही संगीतमोह अर्थात् गायिका बन्ने सपनाले उनलाई खेलकुद क्षेत्रबाट अलग गरायो ।

उनले गायिका बन्ने लक्ष्य पूरा गर्न खेलजीवनलाई पूर्णविराम दिइन् । उसो त त्यो समयमा खेलकुदमा लागेकोमा परिवार पनि खुसी थिएनन् । हातखुट्टा भाँच्न किन उफ्रेर हिँडेको भन्थे । उनी आफैंले पनि त्यसमा भविष्य देखेकी थिइनन् । किनभने खेलकुदमा उनलाई गाइड गर्ने कोही थिएन । उनकै शब्दमा ‘राजनीतिक पहुँच’ चाहिन्थ्यो खेलकुदमा अगाडि बढ्न । त्यो पहुँच उनीसँग थिएन ।

SingerNiruta1692515671.jpg

निरुताको आरजे जीवन
निरुताले संगीतप्रतिको आफ्नो इच्छा पूरा गर्न खेलकुद क्षेत्रबाट अलग भई एक स्थानीय रेडियो स्टेसनमा रेडियो जकी (आरजे) का रुपमा काम गर्न थालिन् । उनले रेडियो सोसाइटी र रेडियो डोटीमा काम गरिन् । दुई वर्षसम्म उनले आफ्नो मनमोहक आवाजले श्रोताहरुलाई मनोरञ्जन दिइन् । तर, उनको रेडियो करिअरको बीचमा पनि गायिका बन्ने सपना कहिल्यै टुटेन । जुन उनको हृदयमा दृढतापूर्वक कोरिएको थियो । गीत रेकर्ड गर्ने आफ्नो सपनालाई पछ्याउँदै काठमाडौं आइपुगिन् । परम्परागत झ्याउरे विधामा आफ्नो जीवनको पहिलो गीत रेकर्ड गरिन् २०७३ सालमा । गीत श्रोताहरुले मन पराए । जसले उनलाई थप हौसला दियो ।

 

झ्याउरे गीत सफल भएलगतै उनलाई देउडा विधाको गीत गाउने प्रस्ताव आयो । पहिलोपटक देउडा रेकर्ड गर्दा स्टुडियोमा निकै गाह्रो भएको उनले सुनाइन् । तर, त्यही गीतले उनलाई स्थापित गराइदियो । 

फेसबुकमा भाइरल बनेपछि...
निरुतालाई यहाँसम्म ल्याइपु¥याउन सामाजिक सञ्जालले पनि ठूलो भूमिका खेलेको छ । एक दिन देउडा गीत फेसबुकमा लाइभ गाउने निर्णय गरिन् । उनले सोचेकी थिइनन्, लाइभमा गाएको गीत भाइरल बन्ला भनेर । फेसबुकमा गाएको देउडा एकाएक भाइरल बन्यो । त्यसमा प्रशंसाको वर्षा नै भयो । देउडामा नयाँ गायिका देखिइन् भनेर धेरैले प्रशंसा गरे । त्यसपछि देउडा गीत गाउने प्रस्ताव निरन्तर आए । अन्ततः देउडाले नै उनलाई संगीत उद्योगमा स्थापित गरेको उनी बताउँछिन् ।

आजसम्म उनले लोकदोहोरी र देउडा गरी ३०० भन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । आफ्नै शब्द र संगीतमा पनि धेरै गीत रेकर्ड गराइसकेकी छन् । यस यात्रामा उनले विभिन्न अवार्डसमेत हात पारेकी छन् । एपेक म्युजिक अवार्ड, रारा म्युजिक अवार्ड, जीवन्त म्युजिक अवार्ड जस्ता थुप्रै अवार्ड उनले पाएकी छन् । संगीतकै यात्रामा उनले विभिन्न जिल्लाको भ्रमण गरेकी छन् । भारतका विभिन्न स्थानमा पुगिन् सांगीतिक कार्यक्रमका लागि । हालै सुदूपश्चिम नेपाली समाज दक्षिण कोरियाद्वारा आयोजित वनभोज तथा सांस्कृतिक कार्यक्रममा भाग लिएर उनी फर्किएकी छन् ।

धुलाम्मे खेलकुद मैदानदेखि संगीतको ज्वलन्त चरणसम्मको उनको यात्रा, उनको जोस, उनले देखेको सपना अनि सपनालाई साकार पार्न गरेको संघर्ष उदाहरणीय छ । खेलाडी, आरजेदेखि एक कुशल गायिकासम्मको यात्रा तय गर्न निकै मिहेनत गर्नुपरेको अनुभव सुनाउँछिन् ।

निरुताले संगीत उद्योगबाहेक अरु सोचेकी छैनन् । यही क्षेत्रमा आफूलाई समर्पित गर्ने प्रतिबद्धता छ उनको । अविवाहित उनलाई अब विवाहका लागि दबाबसमेत बढ्न थालेको छ । छोरीलाई सानैमा विवाह गरेर पठाउने समाजबाट आएकी उनी आफूलाई विद्रोही ठान्छिन् । किनकि उनको उमेरका अविवाहित छोरी त्यहाँ अहिले पनि भेटिँदैन ।

‘गाउँका अरु छोरीहरुभन्दा म फरक कर्ममा हिँडेकी छु । अहिलेसम्म परिवारको साथ छ । ढिला हुन लाग्यो अब बिहे गर भन्न थाल्नुभएको छ । त्यसैले अबचाहिँ विवाहबारे सोच्न थालेकी छु, हेरौं मलाई बुझ्ने मान्छे भेटि पो हाल्छन् कि !,’ निरुताले विवाहको प्रसंग टुंग्याइन् ।
 


प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १४:३३
#निरुता_खत्री #देउडा
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
सर्ट फिल्म ‘टाँक’ युट्युबमा रिलिज 
सर्ट फिल्म ‘टाँक’ युट्युबमा रिलिज  आइतबार, फागुन १७, २०८२
ईश्वर श्रेष्ठको “बालाजुमा बाइसधारा” सार्वजनिक
ईश्वर श्रेष्ठको “बालाजुमा बाइसधारा” सार्वजनिक बुधबार, फागुन १३, २०८२
तमु भाषा र संस्कृतिको संरक्षणमा तनहुँका तमु समुदाय
तमु भाषा र संस्कृतिको संरक्षणमा तनहुँका तमु समुदाय बुधबार, फागुन १३, २०८२
वरिष्ठ लोक गायक निर्मोहीको निधन
वरिष्ठ लोक गायक निर्मोहीको निधन बुधबार, फागुन १३, २०८२
प्रदर्शनरत नेपाली चलचित्रको कमाइ कति ?
प्रदर्शनरत नेपाली चलचित्रको कमाइ कति ? बुधबार, फागुन १३, २०८२
फिल्म 'मितज्यू'को छायांकन सकियाे
फिल्म 'मितज्यू'को छायांकन सकियाे मंगलबार, फागुन १२, २०८२
संगीको ‘अन्तरदृष्टि’ चित्रकला प्रदर्शनीमा
संगीको ‘अन्तरदृष्टि’ चित्रकला प्रदर्शनीमा मंगलबार, फागुन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP