Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #विद्यादेवी भण्डारी
  • #गाथामग_चह्रे
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • २८ म्यानपावर कम्पनी जसले वर्षभरिमा १० जना श्रमिक पनि पठाउन सकेनन्
२८ म्यानपावर कम्पनी जसले वर्षभरिमा १० जना श्रमिक पनि पठाउन सकेनन्
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ३०, २०८०

वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र लिएका ८६७ म्यानपावर कम्पनीले गत आर्थिक वर्षमा चार लाख तीन हजार ६४१ जना श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएका थिए । जसमध्ये २८ वटा म्यानपावरले भने १०/१० जना श्रमिक पनि पठाउन नसकेको पाइएको हो ।  

काठमाडौं– वैदेशिक रोजगारीका लागि नेपाली श्रमिक विदेश पठाउन इजाजतपत्र लिएका २८ म्यानपावर कम्पनीले एक आर्थिक वर्षमा १० जनासम्म पनि पठाउन नसकेको देखिएको छ । एक आर्थिक वर्षमा १०० जना श्रमिक विदेश पठाउनैपर्ने कानुनी प्रावधान रहे पनि गत आव २०७९÷८० मा ती म्यानपावर कम्पनीले १० जना श्रमिक पनि विदेश पठाउन नसकेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । 

वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र लिएका ८६७ म्यानपावर कम्पनीले गत आर्थिक वर्षमा चार लाख तीन हजार ६४१ जना श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएका थिए । जसमध्ये २८ वटा म्यानपावरले भने १०÷१० जना श्रमिक पनि पठाउन नसकेको पाइएको हो । वर्षभरिमा १० जनामात्र नभई एक÷एक जनामात्रै पठाउने म्यानपावर कम्पनी पनि विभागको तथ्यांकमा देखिएको छ । तीनवटा कम्पनीले एक वर्षमा एक÷एक जनामात्रै श्रमिक विदेश पठाएका छन् । 

त्यस्तै २५ वटा म्यानपावरले १० जना कटाए पनि वर्षभरिमा वैदेशिक रोजगारीका लागि २० जनासमेत पठाउन सकेका छैनन् । समग्रमा २० जना पनि पठाउन नसक्ने म्यानपावरको संख्या ५३ वटा रहेको छ । जसअन्तर्गत ४८३ जना श्रमिकले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ ।  

त्यस्तै २० भन्दा बढी ५० जना श्रमिक विदेश पठाउने म्यानपावरको संख्या ६३ रहेको छ । ५० भन्दा बढी १०० भन्दा कम पठाउनेको संख्या ९९ रहेको छ । सय संख्या पु¥याउन नसक्ने म्यानपावर कानुनतः खारेज हुनुपर्ने भए पनि सरकारलाई विविध कारण देखाउँदै नवीकरण हुँदै आएका छन् ।

गत हप्ता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा वर्षभरिमा १०० जना श्रमिकसमेत वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावरको सञ्चालन खर्च कहाँबाट आउँछ वा अन्य धन्दा के हुन सक्छ खोजी गर्नुपर्ने आवाज उठाइएको थियो ।

करोडौं रुपैयाँ धरौटी राखेर व्यवसाय सञ्चालनको अनुमति लिएका म्यानपावरहरुले वर्षमा १०० जना पनि वैदेशिक रोजगारीमा पठाउन नसकेपछि सरकारले वैदेशिक रोजगार ऐन २०६४ नै संशोधन गर्ने गरी संसद्मा विधेयक पेस गरेको छ । 

वैदेशिक रोजगार ऐन २०६४ र नियमावलीले पछिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष न्यूनतम १०० जना कामदार रोजगारीका लागि विदेश पठाउन नसके वा पठाएको प्रमाणित हुने कागजात पेस गर्न नसके म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण नभई खारेज हुने व्यवस्था गरेको छ ।

तर, कोरोना महामारीका कारण व्यवसाय नै संकटमा परेको भन्दै व्यवसायीहरुको अनुरोधमा सरकारले केही वर्षयता बाधा अड्काउ फुकाउमार्फत १०० जना कामदार पठाउन नसकेका म्यानपावरहरुको इजाजतपत्र नवीकरण गर्दै आएको छ । 

यसअघि वैदेशिक रोजगार व्यवसायमा बेथिति देखिएको भन्दै तत्कालीन श्रममन्त्री गोकर्ण विष्टको सक्रियतामा वर्षमा १०० जना श्रमिक विदेश पठाउन नसक्ने म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण नगरी खारेज हुने व्यवस्था लागू भएको थियो । 
 


 


प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०६:२४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी सोमबार, साउन १२, २०८२
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’ सोमबार, साउन १२, २०८२
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार सोमबार, साउन १२, २०८२
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश 
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश  सोमबार, साउन १२, २०८२
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत आइतबार, साउन ११, २०८२
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ शुक्रबार, साउन ९, २०८२
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत शुक्रबार, साउन ९, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP