Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • ओरोलो यात्रामा चीन र अमेरिकाबीचको सम्बन्ध
ओरोलो यात्रामा चीन र अमेरिकाबीचको सम्बन्ध
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन २८, २०८०

चीन– चीनले प्रतिजासुसी कानुन कार्यान्वयन गरेसँगै अमेरिकासँगको सम्बन्ध ओरोलो लागेको छ । जासुसी गतिविधिको परिभाषा विस्तार गर्दै त्यसमा अमेरिकीलगायत सबै विदेशीमाथि नजर लगाउने विषय समेटिएको छ । 

गत जुलाई १ मा बेइजिङले आफ्नो प्रतिजासुसी कानुन संशोधन गरी त्यसलाई तत्काल कार्यान्वयन गरेपछि  जासुसीलाई नै लिएर पहिलेदेखि बिग्रिएको सम्बन्धमा थप दरार सृजना भएको हो । विशेष गरी चीनमा लगानी गरेका धेरै अमेरिकी व्यवसायी नयाँ कानुनबाट आश्चर्यचकित भएका छन् । 

चिनियाँ कम्युनिष्ट पार्टीको निर्देशनमा प्रतिजासुसी उपायहरूलाई सुदृढ तुल्याउन कार्यान्वयनमा आएको नयाँ कानुनले नागरिकहरूलाई एकअर्काको जासुसी गर्न प्रोत्साहित गरेको छ । यसले अमेरिकी अधिकारीहरूका साथै विदेशी कम्पनी र व्यक्तिलाई पनि समेटेकाले अमेरिकी नागरिक र उनीहरूले चीनमा सञ्चालन गरेका व्यापार–व्यवसायको सुरक्षामा पर्ने प्रभावलाई लिएर चिन्ता व्यक्त गरेको छ ।

 राष्ट्रिय सुरक्षासँग सम्बन्धित सूचना हस्तान्तरण, राष्ट्रिय सुरक्षा र जासुसीको परिभाषालाई अझ फराकिलो बनाइएको संशोधित कानुनले राष्ट्रिय महत्वका कागजात, तथ्याङ्क, सूचना–सामग्रीको सुरक्षा गर्दै जासुसी सङ्गठन र तिनका सहयोगीमाथि पनि प्रतिजासुसीको प्रावधान समावेश गरेको छ । संशोधित उक्त कानुन कार्यान्वयन भएपछि चीनमा रहेका अमेरिकीमात्र होइन चिनियाँहरू नै आफूमाथि जासुसी भइरहेको ठान्न थालेका छन् । 

Hardik health

संशोधित कानुनअन्तर्गत विदेशी नागरिक वा संस्थाहरूसँगको चिनियाँको साँठगाँठ, तिनले उक्साएको वा आर्थिक सहयोग उपलव्ध गराएको विदेशी वा स्वदेशी संस्था वा व्यक्तिहरूसँग मिलेर काम गरेकोमा दोषी ठहर गर्न सकिने, राज्यको गोप्य सूचना, तथा अन्य संवेदनशील विषय चोर्न, खोज्न वा प्राप्तिका लागि सङ्गठित संस्था वा व्यक्ति पनि लाग्नसक्ने भएकाले तिनमाथि पनि नजर राख्नु पर्ने व्यवस्था गरिएको छ । अनुसन्धानकर्ताले अब सम्बन्धित व्यक्ति र संस्थामाथि छानविन गर्न पाउनेछन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरका अनुसार अमेरिकी सरकारले चीनको प्रतिजासुसी पहल र त्यसपछि विकसित भएको परिस्थितिलाई नजिकबाट नियालिरहेको बताएका छन् । अमेरिकी नागरिक र चीनमा कार्यरत व्यवसायीको सुरक्षामा आशङ्का बढाएको उनले बताएका छन् । यो मुद्दालाई सम्बोधन गर्न र चीनमा अमेरिकी हितमा प्रतिकूल हुन नदिन कूटनीतिक प्रयास जारी रहने उनले उल्लेख गरेका छन् । 

चीनले प्रतिजासुसी कानुन लागू गरेपछि विदेश मन्त्रालयले आफ्ना नागरिकलाई चेतावनी दिँदै मुख्यभूमि चीनको यात्रामा पुनर्विचार गर्न आग्रह गरेको थियो । चीनमा स्थानीय कानुनको स्वेच्छाचारी कार्यान्वयनबाट नजरबन्द र गिरफ्तारीको जोखिम हुनसक्ने जनाउँदै मन्त्रालयले सकेसम्म चीनको भ्रमण नगर्न सुझाएको हो ।
 
अन्तरराष्ट्रिय कानुन र प्रचलित मान्यताहरूको सम्मान गर्न चिनियाँ अधिकारीहरूलाई आग्रह गर्दै विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि अमेरिकी चिन्तालाई सम्बोधन गर्न आग्रह गरेकोथियो । गत जुनमा भएको बेइजिङ भ्रमाणका क्रममा उनले चीनमा रहेका अमेरिकी नागरिक र व्यवसायहरूको अधिकार तथा उनीहरूको सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा जोड दिएको थियो । 

चीनको रक्षा मन्त्रालयले लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म ‘वि च्याट’ मा प्रतिजासुसीको लागि सबैको परिचालन आवश्यक भएको घोषणा गर्दै राष्ट्रिय सुरक्षा र कानूनको शासनद्वारा परिभाषित शत्रुहरूबारे अरूलाई शिक्षा दिन नागरिकहरूलाई सक्रिय रूपमा सहभागी हुन आह्वान गरेको थियो । 

यसैबीच, चिनियाँ रक्षा मन्त्रालयले शुक्रबार एक विज्ञप्ति निकालेर अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआईए) को जासुसी प्रकरण पर्दाफास गरेको दाबी गरेको छ । 

अध्ययनको लागि इटाली गएका ५२ वर्षीय जेङ नामका चिनियाँ नागरिकले पैसा लिएर सिआईएलाई ‘गोप्य  सूचना’ उपलब्ध गराएको बताएको छ । रोमस्थित अमेरिकी दूतावासमा रहेका सिआईए एजेन्टसँग मित्र बनेका उनलाई प्रलोभनमा पारेर जासुसी गतिविधि सञ्चालन गर्न प्रशिक्षणसमेत दिइएको रक्षा मन्त्रालयले जनाएको छ । 

जेङलाई जनमुक्ति सेनासम्बन्धी सूचना उपलव्ध गराउने सम्झौतामा हस्ताक्षर गराइएको तथा निजका परिवारलाई अमेरिकामा आवाससहित अन्य सुविधा प्रदान गर्ने प्रलोभन दिइएको विज्ञप्तिमा उल्लेख छ । यद्यपि उनलाई गरिएको सजायको विवरण भने त्यसमा समावेश गरिएको छैन । 
 


प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आश्वासनबीच तेलको मूल्यमा गिरावट
आश्वासनबीच तेलको मूल्यमा गिरावट शुक्रबार, चैत ६, २०८२
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो शुक्रबार, चैत ६, २०८२
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो शुक्रबार, चैत ६, २०८२
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार शुक्रबार, चैत ६, २०८२
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन शुक्रबार, चैत ६, २०८२
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP