Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीको मुख्य समस्या ठगी  
वैदेशिक रोजगारीको मुख्य समस्या ठगी  
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २५, २०८०

काठमाडौं– श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा सबैभन्दा ठूलो समस्या ठगी भएको बताएको छ । श्रमसचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारीको नाममा व्यक्तिगत तथा संस्थागत रुपमा विभिन्न माध्यमबाट ठगी भइरहेको बताएका हुन् ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा सचिव भण्डारीले परम्परागत रुपमै वैदेशिक रोजगारसम्बन्धी गतिविधि भइरहेको भन्दै यसमा सुधारको विकल्प नभएको बताए । ‘व्यावसायिक रुपमा वैदेशिक रोजगारसम्बन्धी गतिविधि हुन थालेपछि ठगीको शृंखला सुरुआत भएको हो,’ उनले भने, ‘अहिले ठगी नै ठूलो समस्या भएको छ, यसको नियन्त्रण र सुरक्षित वैदेशिक रोजगारीका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको छ ।’

पछिल्लो समय वैदेशिक रोजगारसम्बन्धी हुने सबै काम अनलाइनमार्फत गर्न थालेपछि फेक डकुमेन्ट बनाउने र श्रमिकलाई झुक्याउने कार्य कम भएको सचिव भण्डारीले दाबी गरे । हाल वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेइम्स) केही प्रविधिक समस्या भएका कारण सुधारका लागि सम्बन्धित निकायले काम गरिरहेको उनले बताए । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको परिवारलाई दिने आर्थिक सहायता र छात्रवृद्धिमा दिँदै आएको रकम वृद्धि गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

अहिले ठगी नै ठूलो समस्या भएको छ, यसको नियन्त्रण र सुरक्षित वैदेशिक रोजगारीका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको छ ।
केवलप्रसाद भण्डारी
सचिव, श्रम मन्त्रालय

Hardik health

अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव राजिव पोखरेलले मन्त्रालयले गरेको कार्यसम्पादनको मिडियाले पक्षपोषण गर्दै सुधारका लागि प्रोत्साहित गरेको बताए । वैदेशिक रोजगारीका लागि घरेलु कामदार जान लगाइएको बन्देज फुकाउन मन्त्रालय सकारात्मक रहेको भन्दै उनले आवश्यक तयारी भइरहेको बताए । 

कुवेत र ओमानमा मात्रै २० हजारभन्दा बढी नेपालीहरु घरेलु श्रमका लागि पुगेको तथ्यांक छ,’ उनले भने, ‘विभिन्न बाटो भएर त्यहाँ पुगेको देखिन्छ, उनीहरुलाई रोक्न सकिएन, रोक्न सकिँदैन भने वैधानिक रुपमा जान दिनुपर्छ भन्नेमा मन्त्रालय प्रस्ट छ ।’ घरेलु कामदार विदेश जान दिने सम्बन्धमा श्रम मन्त्रालयले आवश्यक तयारी गरे पनि समन्वयका लागि पठाइएको फाइल परराष्ट्र मन्त्रालयले रोकिराखेको उनले बताए । वैदेशिक रोजगार एप्स निष्क्रिय रहेका सम्बन्धमा पोखरेलले यसको सञ्चालन तथा प्रयोग स्थानीय तहले गर्ने जानकारी दिए ।

त्यस्तै सबै किसिमका सेवा प्रवाहमा एकरुपता ल्याउन एकीकृत सेवा प्रणालीको गृहकार्य भइरहेको उनको भनाइ छ ।वैदेशिक रोजगार व्यवसायीले लिँदै आएको सेवा शुल्क पुनरावलोकन कार्यदलका संयोजकसमेत रहेका पोखरेलले ‘फ्रि भिसा, फ्रि टिकट’ तथा सेवा शुल्कमा पुनरावलोकन हुने बताए । उनले शुल्कको बारेमा अहिले नै निर्णय भइनसकेको भन्दै लागत शुल्क पछि तोकिने बताए । वैधानिक तवरबाट विदेश गएका रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिहरुको परिवारलाई दिइने आर्थिक सहायता र उनीहरुका छोराछोरीले पाउने छात्रवृद्धिमा पनि वृद्धि गर्ने तयारी भइरहेको पोखरेलले बताए ।

‘हाल मृतकका परिवारलाई दिइँदै आएको आर्थिक सहायतालाई सात लाख रुपैयाँबाट दोब्बर गर्ने वा नसकिए १० लाख रुपैयाँसम्म दिने मन्त्रालयको तयारी छ,’ उनले भने, ‘वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने वा गम्भीर घाइते भएका श्रमिकका सन्तानलाई दिइने छात्रवृद्धिमा पनि कक्षा ८ सम्मको लागि वार्षिक १२ हजार र कक्षा ९ देखि १२ सम्मलाई १६ हजार ५०० रुपैयाँ पु¥याउने तयारी भइरहेको छ ।’ हाल मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार बोर्डले कक्षा आठसम्म वार्षिक आठ हजार र कक्षा ९ देखि १२ सम्मलाई १२ हजार रुपैयाँ दिँदै आएको छ ।

बढ्दो ठगीका घटनाप्रति विभाग सचेत र संवेदनशील छ । ठगीका घटनामा कुनै सम्झौता हुँदैन । व्यक्ति वा म्यानपावर कम्पनी जो भए पनि कारबाहीको दायरामा ल्याउँछौं ।
मदन दाहाल
महानिर्देशक, वैदेशिक रोजगार विभाग

मन्त्रालयले मृतक तथा अंगभंग भएकाहरुलाई मात्र नभएर वैदेशिक रोजगारबाट फर्केकाहरुलाई पनि स्वास्थ्य परीक्षणलगायत मनोसामाजिक परामर्श सेवा दिने तयारी गरिरहेको पोखरेलले जानकारी दिए ।यस्तै वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले दिनानुदिन बढ्दो ठगीका घटनाप्रति विभाग सचेत र संवेदनशील रहेको बताए । उनले रोजगारीका लागि विदेश जान खोज्नेहरु दुई किसिमले ठगीमा परेको बताए । ‘ठगी दुई किसिमले भइरहेको छ, एउटा चेतनाको कमीले गर्दा, अर्को उच्च महŒवाकांक्ष राखेर युरोप अमेरिकाको सपना देख्दा ठगिएका छन्,’ उनले भने ।

ठगीका घटनामा कुनै सम्झौता नहुने भन्दै व्यक्ति होस् वा म्यानपावर कम्पनी, उनीहरु कारबाहीको दायरामा ल्याउन विभाग प्रतिबद्ध रहेको उनले बताए । उनले ठगी नियन्त्रणका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई पक्राउ तथा अनुसन्धानका लागि अधिकार प्रत्यायोजन गर्न लागिएको जानकारी दिए । ठगी नियन्त्रणका लागि विश्वभरबाट रोजगारी दिने रोजगारदाता र काम गर्न जाने श्रमिकलाई विभागको फेइम्स प्रणालीमा समेट्ने कार्य भइरहेको भन्दै उनले फेइम्स प्रणाली सुधारका लागि काम भइरहेको जानकारी दिए ।

यस्तै ठगीका घटनामा हदैसम्मको चेतावनी दिँदा पनि अटेर गर्ने म्यानपावर कम्पनीको लाइसेन्स नै खारेज गरिएको दाहालले जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगार ऐन २०६४ विपरीत गतिविधि गर्ने र पीडितहरुलाई क्षतिपूर्ति दिन पटक–पटक आग्रह र चेतावनी दिँदासमेत बेवास्ता गरेपछि डि. स्क्वायर ग्रुप र डिलक्स एचआर सोलुसन नामक म्यानपावरको लाइसेन्स नै खारेज गरिएको छ । उनले विदेशमा रहेका श्रमिकहरुको समस्या समाधानका लागि राख्नुपर्ने आवश्यकता रहेको भन्दै युरोपलाई श्रम गन्तव्य बनाउनुपर्ने बताए । विदेशमा रहेका कागजातविहीन भएर अवैध भएका श्रमिकहरुलाई वैधानिक बनाउनेगरी काम गर्न लागिएको महानिर्देशक दाहालको भनाइ छ । 
 


प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०६:१७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP