काठमाडौं– नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको जनाएको छ । ५० रुपैयाँ दरका करिब १० लाख रूपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ ।
काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएका हुन् ।
नेपाल टेलिकमले आज सूचना जारी गरेर ती रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन आग्रहसमेत गरेको छ ।