Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
समाचार
  • Home
  • समाचार
  • भारी वर्षासँगै देशभर बाढीपहिरो
भारी वर्षासँगै देशभर बाढीपहिरो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २४, २०८०
  • वर्षापछिको पहिरोले मकवानपुर बागमती गाउँपालिका–५, सिक्रे दोभानको एक घर पुर्दा शान्तिमाया स्याङतानको मृत्यु
  •  ६ जना बेपत्ता भएकोमा १९ वर्षीय पासाङ घिसिङको करिब १२ घण्टापछि स्थानीयवासीले मंगलबार जीवितै उद्धार
  •  धनुषामा खोलाले बगाउँदा १४ वर्षीय बालक अजय यादवको मृत्यु, दुई जना बेपत्ता
  •  भारी वर्षात्का कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा डुबान

काठमाडौं– सोमबार राति परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो गएको छ । बाढी र पहिरोका कारण धनजनको क्षति हुनुका साथै विभिन्न सडक अवरुद्ध भएका छन् । राजधानी काठमाडौंका कतिपय स्थान डुबानमा पर्नुका साथै विभिन्न सडकमा पुलसमेत बगाएको छ ।

मकवानपुरमा एक जनाको मृत्यु, पाँच बेपत्ता 
वर्षापछिको पहिरोले घर बगाउँदा मकवानपुरको बागमती गाउँपालिका–५, सिक्रे दोभानमा रहेको अक्कलबहादुर स्याङतानको घर बगाएकोे छ । पहिरोमा परी उनकी श्रीमती शान्तिमायाको मृत्यु भएको छ । साथै, छ जना बेपत्ता भएकामा १९ वर्षीय पासाङ घिसिङलाई भने करिब १२ घण्टापछि स्थानीयवासीले मंगलबार अपराह्न जीवितै उद्धार गरेका छन् ।

पहिरोले बगाएको घरभन्दा करिब चार किलोमिटर तल बागमती खोला किनार बगेरीमा पासाङलाई फेला पारेका थिए । घिसिङको शरीरभरि घाउचोट लागेको छ । सिन्धुली हरिहरपुर–१ घर भएका घिसिङ अक्कलबहादुरको घरमा सोमबार पाहुना लाग्न आएका थिए ।

मंगलबार बिहान ४ बजेतिर गएको पहिरोले अक्कलबहादुरको घर पहिरोले बगाएको थियो । पहिरो पुरिएको अवस्थामा अक्कलबहादुरको ५५ वर्षीय शान्तिमायाको उद्धार गरिएको थियो । स्थानीय स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्ने क्रममा उनको मृत्यु भएको परिवारले जानकारी दिएको छ ।

Ncell
Hardik health

पहिरोमा परी अझै पाँच जना बेपत्ता छन् । बेपत्ता हुनेमा ५० वर्षीय अक्कलबहादुर, उनकी छोरी २२ वर्षकी शिला स्याङतान, ज्वाइँ जीवन पहरी, नाति मिलन र नातिनी दिव्या पहरी छन् ।

काठमाडौं जलमग्न
मंगलबार काठमाडौंका विभिन्न क्षेत्रमा डुबान भयो । भारी वर्षात्का कारण काठमाडौं उपत्यकाका ढुंगेधारा, गौरीघाट, गुह्वेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए । 

यसैगरी भारी वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको थियो । काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ । विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढेकाले बिहान ११ः०० बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको थियो ।

बाढीकै कारण काठमाडौंको सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेका थियो । यसैगरी भक्तपुर ललितपुरका विभिन्न क्षेत्र पनि डुबानमा परेको थियो ।

बनेपाको पुलबजार पनि डुबान
काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र पनि डुबानमा पर्‍यो । पुण्यमाता खोलामा आएको बाढीले पुल बजार क्षेत्र डुबानमा परेको हो । अघिल्ला वर्षहरुमा झैं बाढीले खोलाको सतह पार गर्दा सोमबार बिहान पुल बजार क्षेत्र डुबानमा परेको काभ्रे प्रहरीले जानकारी दिएको छ । 
बजारका सडक आसपासका  घर–पसल जलमग्न भए । बाढीले राति ३ बजेदेखि नै सडक अवरुद्ध बनाएको थियो । बाढीले सडक अवरुद्ध हुँदा अरनिको राजमार्ग र बिपी राजमार्ग चल्ने सवारीसाधन र यात्रु प्रभावित भएका थिए ।

नारायणी नदी सतर्कता तह माथि 
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को सिमाना हुँदै बग्ने नारायणी नदीले सतर्कता बिन्दु पार गर्‍यो । जल मापन केन्द्र देवघाटले जनाएअनुसार नदीले मंगलबार साँझ ७ बजे सतर्कता बिन्दु पार गरेको हो । देवघाटको जलमापन केन्द्रका अनुसार नारायणी नदीमा ७.३४ मिटर पानीको सतह पुगेको थियो । देवघाटमा ७.३ मिटर पानीको सतह पुग्दा सतर्कता तह मानिन्छ । नदीमा यस वर्षकै उच्च पानीको सतह पुगेको मापन केन्द्रले जनायो । नारायणी नदीको जल मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतराको तह मानिन्छ । 

खोलाले बगाउँदा एक जनाको मृत्यु
धनुषामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । मिथिला नगरपालिका–२ मा बसही खोलाले बगाउँदा सोही वडाका १४ वर्षीय बालक अजय यादवको मृत्यु भएको हो । स्थानीय र प्रहरीले बालकलाई उद्धार गरे पनि उपचारका क्रममा बालकको मृत्यु भएको हो । बिहान शौच गर्न गएका बालक खोलाको छेउबाट चिप्लेर लडेका थिए । खोलामा बालक डुबेको खबर पाउन साथ घटनास्थल पुगेका नकटाझिज सशस्त्र प्रहरी बेस क्याम्पका इन्सपेक्टर सुदर्शन खतिवडा नेतृत्वको प्रहरी टोलीले उनको उद्धार गरेको थियो ।

उद्धार गरी महेन्द्रनगरस्थित अस्पतालमा पुर्‍याएको भए पनि गम्भीर अवस्थाका यादवको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए । यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।

त्यसैगरी धनुषामा कमला नदीको बाढीले बगाउँदा एक महिला एक पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गणेशमान चारनाथ नगरपालिका–७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीया माया परियार छन् । कमला नदीमा बगेको दाउरा निकाल्ने क्रममा उनीहरुलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए ।

म्याग्दीका मुख्य सडक अवरुद्ध
म्याग्दी जिल्लाका प्रमुख सडक अवरुद्ध भएका छन् । अविरल बर्सातका कारण सदरमुकाम बेनीदेखि छिमेकी जिल्ला मुस्ताङ र म्याग्दीका ग्रामीण क्षेत्र जोड्ने सडकमा यातायात प्रभावित भएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजेन्द्र पौडेलले रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–२ नौनीबगरको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध बनेको बताए । बेनी–जोमसोम र बेनी—दरवाङ म्याग्दीका प्रमुख सडक हुन् ।

सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्व
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्ड अवरुद्व भयो । व्यास नगरपालिका–१२ स्थित छिर्कने नजिक मंगलबार दिउँसो सडक भासिँदा अवरुद्व भएको हो ।    सडक अवरुद्व बनेपछि राजमार्ग भएर गुड्ने सवारीसाधन रोकिन पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

हाल मोटरसाइकल र एम्बुलेन्सका लागि मात्रै आवतजावतको व्यवस्था मिलाइएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए । घटनास्थलमा पुगेका प्रहरीले सडक सञ्चालन गर्न समय लाग्ने देखिएको जानकारी गराएको क्षेत्रीले बताए । ठूला सवारीसाधन आवतजावतमा समस्या हुने देखिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न तनहुँ प्रहरीले आग्रह गरेको छ ।

बिपी राजमार्ग एकतर्फी सञ्चालनमा
बाढीले पुल बगाउँदा अवरूद्ध वीपी रागमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको  छ । रोशी–११ भ्याकुरे खोलामा अबरुद्ध भएको सडक लगातार ६/७ घण्टाको निरन्तर प्रयासपछि वीपी राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको रोशी गाउपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

कति क्षति ?
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार बाढीपहिरोका कारण हालसम्म कूल ११ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । देशभरका एक दर्जन जति स्थानमा पहिरो गई राजमार्ग अवरुद्ध भएको मन्त्रालयले जनाएको छ ।बाढीपहिरोको घटना तथा क्षति भएका विषयमा जानकारी आइरहेको र कतिपय ठाउँका मुख्य राजमार्ग पुनः सञ्चालनका लागि पहल भइरहेको प्रवक्ता तथा सहसचिव भट्टराईले बताए । 
 


प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०६:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले दियो युएइलाई ३१४ रनको विशाल लक्ष्य
नेपालले दियो युएइलाई ३१४ रनको विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट शनिबार, भदौ २७, २०८३
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन शनिबार, भदौ २७, २०८३
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने शनिबार, भदौ २७, २०८३
फाइनलमा आशिफ शेखको शतकसँगै नेपालको शानदार प्रदर्शन, आशिफले १०३ बलमा बनाए १०० रन 
फाइनलमा आशिफ शेखको शतकसँगै नेपालको शानदार प्रदर्शन, आशिफले १०३ बलमा बनाए १०० रन  शनिबार, भदौ २७, २०८३
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम?
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम? शनिबार, भदौ २७, २०८३
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP