Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • राष्ट्रिय सुरक्षामा सेनाको अहम् भूमिकाः रक्षामन्त्री
राष्ट्रिय सुरक्षामा सेनाको अहम् भूमिकाः रक्षामन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ९, २०७६
Ishwor-Pokharel-uml
Hardik health
काठमाडौं– नेपाली सेनाद्वारा प्रकाशित सामरिक लेखको संगालो ‘युनिटी जर्नल’मा समावेशमध्ये मानवशास्त्री विहारीकृष्ण श्रेष्ठकोे ‘बहुलजातीय नेपालमा राष्ट्रियता र राष्ट्रिय एकताः राष्ट्रिय मामिला व्यवस्थापनका लागि एकीकृत पद्धतिको अवलम्बन’ शीर्षकको लेख सर्वाेत्कृष्ट घोषित भएको छ । सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित समारोहमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले उक्त लेखका लागि उनलाई रु २ लाख पुरस्कार र प्रमाणपत्र प्रदान गरे । राष्ट्रिय एकता प्रवद्र्धनका लागि बौद्धिक तहमा अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले सेनाले उक्त जर्नलका लागि आह्वान गरेको प्रतियोगितात्मक ९७ सामरिक लेख समावेश थिए । लेखक पशुपति नेपालको ‘अनुकूलन तथा असर कम गर्ने उपायद्वारा जलवायु परिवर्तन जोखिमको मूल प्रवाहीकरण’ दोस्रो र द्वन्द्व व्यवस्थापन विश्लेषक गेजा शर्मा वाग्लेको ‘विश्वशक्तिको भूराजनीतिक वैरभाव र नेपालमा पर्ने प्रभाव’ शीर्षकको लेख प्रतियोगितामा तेस्रो घोषित भयो । दोस्रो हुने लेखलाई रु एक लाख र तेस्रोलाई रु ५० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ । सेना दिवसको अवसरमा प्रकाशित उक्त जर्नलमा समावेश बाँकी २९ लेखका लागि सान्त्वना पुरस्कार स्वरूप रु १० हजार र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिताबाट नागरिक सैनिक सम्बन्ध विस्तार र राष्ट्रिय सुरक्षाका विभिन्न आयाममा ठोस योगदान पुग्ने सेनाले विश्वास लिएको छ । उक्त जर्नलको विमोचन गर्दै उपप्रधानमन्त्री पोखरेलले संवैधानिक जिम्मेवारी बहन गर्ने क्रममा राष्ट्रिय सुरक्षा र एकताका विषयमा आमनागरिक र विषयविज्ञहरूबाट अनुसन्धानमूलक लेखरचनाको संगालो प्रकाशित गरेकोमा नेपाली सेनाप्रति धन्यवाद ज्ञापन गरे । उनले भने, ‘विविधताले भरिएको नेपालमा नागरिकबीच सहिष्णुताको विकास र एकताको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्न यस्ता अभ्यासले महत्वपूर्ण भूमिका खेल्नेछ ।’ सेनाले इतिहासदेखि नै राष्ट्रिय सुरक्षाको अहम् जिम्मेवारी बहन गरी राष्ट्रियहित प्रवद्र्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय एकता र सुरक्षाबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताए । राष्ट्रको सुरक्षाको जिम्मेवारी सरकार र सेनाले मात्र गर्न सम्भव नहुने हुँदा आमनागरिकको सहयोग र सद्भाव आवश्यक रहने बताउँदै उनले राष्ट्रिय सुरक्षामा सबै तह र तप्काको सहभागिता र भूमिका उतिकै महत्वपूर्ण रहने उल्लेख गरे । ‘सरकार, सेना र जनताको एकीकृत प्रयासबाट मात्र राष्ट्रको समग्र सुरक्षा सम्भव हुन्छ, यसका लागि सरोकारवाला पक्षको एउटै धारणा, सोच, बुझाई र योगदान आवश्यक हुन्छ, यसमा बौद्धिक वर्गको अहम् भूमिका रहन्छ भन्नेमा दुईमत हुन सक्दैन ।’ नेपालको भू–राजनीतिक र भू–रणनीतिक पक्षको अध्ययनको आवश्यकता धेरै अघिदेखि महसुस गरिएको बताउँदै रक्षामन्त्री पोखरेले राष्ट्रिय सुरक्षाको निरन्तर अध्ययन, अनुसन्धान तथा विश्लेषण आवश्यक भएको बताए । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालको संविधानले सेनालाई एकताको रक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी दिएको बताउँदै राष्ट्रिय एकताबिना राष्ट्रिय सुरक्षाको परिकल्पना गर्न नसकिने बताए । ‘राष्ट्रिय एकता भएको मुलुकलाई कुनै पनि शक्तिले कमजोर र परास्त गर्न सक्दैन, हाम्रो इतिहासले दिएको सबैभन्दा महत्वपूर्ण शिक्षा यही हो, राष्ट्रिय एकताको जगेर्ना गर्ने जिम्मेवारी हामी सम्पूर्ण नेपालीकै हो’ उनले भने ।
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP