Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • लागूऔषध तस्करीमा दोषी  ठहरिएका कोरियाली नागरिकलाई मृत्युदण्ड
लागूऔषध तस्करीमा दोषी  ठहरिएका कोरियाली नागरिकलाई मृत्युदण्ड
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, साउन २०, २०८०

चीन– चीनले लागुऔषध ओसारपसारमा दोषी ठहरिएका दक्षिण कोरियाली नागरिकलाई मृत्युदण्ड दिएको छ । चिनियाँ विदेश मन्त्रालयका अनुसार करिब एक दशकमा उक्त देशका नागरिकलाई पहिलो पटक यस्तो सजाय दिइएको हो ।

चीनको दक्षिणी शहर गुआन्झाउको अदालतले सुनाएको फैसलाबमोजिम दक्षिण कोरियाली प्रतिवादीलाई लागूऔषध तस्करी गरेको दोषमा मृत्युदण्ड दिइएको, विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर बताएको छ । चिनियाँ भूमिमा अपराध गर्ने जुनसुकै देशका नागरिकमाथि चिनियाँ कानूनअनुसार समान रूपमा कारबाही हुने उक्त मन्त्रालयले स्पष्ट गरेको छ । 

दक्षिण कोरियाली विदेश मन्त्रालयका एक अधिकारीले चीनमा लागुऔषध बेचेको आरोपमा मृत्युदण्डको सजाय पाएका आफ्ना कोरियाली नागरिकलाई शुक्रबार मृत्युदण्ड दिइएको पुष्टि गर्दै उनले आफ्ना नागरिकलाई मृत्युदण्ड दिइएकामा खेद व्यक्त गरेका छन् । 

“कोरिया सरकारले मृत्युदण्डको सजायको घोषणा गरेदेखि नै मानवीय आधारमा मृत्युदण्डमा पुनर्विचार वा स्थगन गर्न विभिन्न माध्यमबाट धेरै अनुरोध गरेको थियो तर त्यो कार्यान्वयन नभएकामा हामी खेद प्रकट गर्दछौ” ती अधिकारीले भनेका छन् । यद्यपि ती उनले यो मृत्युदण्ड ‘चीन र दक्षिण कोरियाबीचको सम्बन्धसँग सम्बन्धित नभएको’ बताएका छन् । 

Hardik health

दक्षिण कोरियाको योनहाप समाचार समितिका अनुसार चीनले नौ वर्षमा लागूऔषध ओसारपसारमा दोषी ठहरिएका दक्षिण कोरियालीलाई मृत्युदण्ड दिएको यो पहिलो घटना हो । 

मृत्युदण्ड पाएका ती व्यक्तिलाई पाँच किलोग्राम मेथाम्फेटामाइनसहित सन् २०१४ मा चीनमा पक्राउ गरिएको थियो । उनलाई २०१९ मा मृत्युदण्डको सजाय सुनाइएको थियो । 

विश्वमा मृत्युदण्ड दिने मुलुकका सूचीको शीर्ष स्थानमा चीन पर्दछ । कठोर कानुनी व्यवस्था भएको चीनमा गम्भीर प्रकृतिका अपराधमा सुईको माध्यमबाट उसले मृत्युदण्डको सजाय कार्यान्वयन गर्दै आएको छ । 

चिनियाँ कानुनी प्रणालीलाई सत्तारुढ कम्युनिष्ट पार्टीले कडा नियन्त्रणमा राखेको छ ।  अदालतमा दायर भएका आपराधिक मुद्दामा लगभग शतप्रतिशत सजाय हुने गरेको छ  । 

पछिल्ला केही वर्षयता  धेरै विदेशी नागरिकले लागूऔषध तस्करीमा मृत्युदण्ड पाएका छन् । सन् २०२० मा एक जना अष्ट्रेलियालीलाई लागूऔषध तस्करी गरेको अभियोग प्रमाणित भएपछि मृत्युदण्ड दिइएको थियो । सन् २००९ मा पनि सोही प्रकृतिको अपराधमा दुई जना क्यानाडाली नागरिकलाई मृत्युदण्ड दिइएको थियो ।


प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आश्वासनबीच तेलको मूल्यमा गिरावट
आश्वासनबीच तेलको मूल्यमा गिरावट शुक्रबार, चैत ६, २०८२
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो शुक्रबार, चैत ६, २०८२
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो शुक्रबार, चैत ६, २०८२
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार शुक्रबार, चैत ६, २०८२
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन शुक्रबार, चैत ६, २०८२
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP