Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #रामबहादुर थापा
  • #‘कमरु फिन्फिनी’
Search Here
समाचार
  • Home
  • समाचार
  • तामाङ र मगर समुदायको धर्नामा प्रहरी हस्तक्षेप  
तामाङ र मगर समुदायको धर्नामा प्रहरी हस्तक्षेप  
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १८, २०८०

काठमाडौं– तामाङ, मगरलगायत समुदायको विषयमा विवादित अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई पक्राउ गर्न माग गर्दै टेकुस्थित काठमाडौं प्रहरी परिसरमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ । नेपाल तामाङ घेदुङ र नेपाल मगर संघको आह्वानमा बुधबार परिसरअघि धर्ना दिन पुगेका आन्दोलनकारीमाथि प्रहरीले हस्तक्षेप गरेपछि झडपमा परिणत भएको थियो । 

प्रहरीले लाठी प्रहार गर्न सुरु गरेसँगै आन्दोलनकारीले जवाफी ढुंगा प्रहार गरेका थिए । यद्यपि, प्रहरीले अश्रुग्याससमेत प्रयोग गरी आन्दोलनकारीलाई तित्तरबितर बनायो । र, करिब ५० जना आन्दोलनकारीलाई पक्राउ गर्‍यो । अधिकांशलाई साँझ छाडे पनि पाँच जनालाई भने हिरासतमै राखेको नेपाल तामाङ घेदुङका महासचिव काजीमान थिङले जानकारी दिए ।
‘घेदुङका सचिव सरोजमोहन तामाङ, पूर्वराज्यमन्त्री परशुराम तामाङसहित पाँच जना हिरासतमै हुनुहुन्छ, बाँकीलाई रिहा गरिएको छ,’ महासचिव थिङले प्रभावसँग भने । शान्तिपूर्ण धर्नामा प्रहरी हस्तक्षेप भएको भन्दै आन्दोलित पक्ष थप आक्रोशित बनेका छन् । पक्राउ गरेकाहरुमाथि प्रहरीले चरम दमन गरेको पक्राउपछि छुटेका कवि चन्द्रवीर तुम्बापोले बताए । ‘आदिवासी आन्दोलनलाई असाध्यै ह्युमिलियट गरेको र नपत्याएको देखिन्छ प्रशासनले,’ पक्राउ परी साँझ छुट्ने क्रममा तुम्बापोले भने, ‘पक्राउ परेका हामीलाई चरम यातना दिने काम भयो । यो मानवअधिकार उल्लंघन मात्रै होइन, लोकतन्त्रकै उपहास हो ।’

विवादित अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डेलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको जानकारी दिइएको थियो । तर, उनलाई साँझ नै रिहा गरिएको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला अदालतको आदेशबमोजिम उनलाई रिहा गरिएको हो । तामाङ घेदुङले दिएको जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी जाहेरीमा अदालतले ‘माथवर व्यक्तिको जिम्मा जमानीमा छाड्नू’ भन्ने आदेश दिएको र सोहीअनुसार छाडिएको प्रहरीको भनाइ छ ।

Nada Auto Show 2026
Hardik health

यता आन्दोलित पक्षले भने आफूहरुसँग छलफल नै नगरी पाण्डेलाई रिहा गरेको भन्दै आपत्ति जनाएको छ । यही ६ गते प्राइम टेलिभिजनको चिया गफ कार्यक्रममा पाण्डेले ‘तामाङ र मगर जातिमा दाजुबहिनीबीचमा विवाह हुने गरेको र त्यस्तो सम्बन्धबाट जन्मिएको बच्चा अलि कट्टरवादी हुने, एक लाइनको सोच्ने, गर्छु–गर्छु भन्ने खालको जिनको विकास हुने गरेको र अपराध बढ्नुको यो पनि एक कारण रहेको’ अभिव्यक्ति दिएकी थिइन् ।

यसले सिंगो तामाङ, मगरलगायत आदिवासी जनजाति समुदायको आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुगेको भन्दै घेदुङ र नेपाल मगर संघले साउन ९ गते जिल्ला प्रहरी परिसर टेकुमा पाण्डेविरुद्ध जाहेरी दिएको थियो ।लगत्तै साउन १२ गते पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । तर, प्रहरीले पाण्डेलाई पक्राउ गर्न चासो नदेखाएपछि घेदुङ र मगर संघले संयुक्तरुपमा बुधबारका लागि दबाबमूलक धर्ना कार्यक्रम तय गरेका थिए । बुधबारको घटनाबारे आज बिहीबार समीक्षा बैठक राखी थप आन्दोलनका कार्यक्रम तय गरिने घेदुङका महासचिव थिङले बताए । 


प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०६:५०
#तामाङ #मगर
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन
वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता
प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता बुधबार, भदौ ३, २०८३
बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह
बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह बुधबार, भदौ ३, २०८३
अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बुधबार, भदौ ३, २०८३
प्रेस काउन्सिलका चार सदस्यको शपथ
प्रेस काउन्सिलका चार सदस्यको शपथ बुधबार, भदौ ३, २०८३
प्रतिनिधिसभा : बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषय
प्रतिनिधिसभा : बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषय बुधबार, भदौ ३, २०८३
राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते बुधबार, भदौ ३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP