Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
समाचार
  • Home
  • समाचार
  • तामाङ र मगर समुदायको धर्नामा प्रहरी हस्तक्षेप  
तामाङ र मगर समुदायको धर्नामा प्रहरी हस्तक्षेप  
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १८, २०८०

काठमाडौं– तामाङ, मगरलगायत समुदायको विषयमा विवादित अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई पक्राउ गर्न माग गर्दै टेकुस्थित काठमाडौं प्रहरी परिसरमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ । नेपाल तामाङ घेदुङ र नेपाल मगर संघको आह्वानमा बुधबार परिसरअघि धर्ना दिन पुगेका आन्दोलनकारीमाथि प्रहरीले हस्तक्षेप गरेपछि झडपमा परिणत भएको थियो । 

प्रहरीले लाठी प्रहार गर्न सुरु गरेसँगै आन्दोलनकारीले जवाफी ढुंगा प्रहार गरेका थिए । यद्यपि, प्रहरीले अश्रुग्याससमेत प्रयोग गरी आन्दोलनकारीलाई तित्तरबितर बनायो । र, करिब ५० जना आन्दोलनकारीलाई पक्राउ गर्‍यो । अधिकांशलाई साँझ छाडे पनि पाँच जनालाई भने हिरासतमै राखेको नेपाल तामाङ घेदुङका महासचिव काजीमान थिङले जानकारी दिए ।
‘घेदुङका सचिव सरोजमोहन तामाङ, पूर्वराज्यमन्त्री परशुराम तामाङसहित पाँच जना हिरासतमै हुनुहुन्छ, बाँकीलाई रिहा गरिएको छ,’ महासचिव थिङले प्रभावसँग भने । शान्तिपूर्ण धर्नामा प्रहरी हस्तक्षेप भएको भन्दै आन्दोलित पक्ष थप आक्रोशित बनेका छन् । पक्राउ गरेकाहरुमाथि प्रहरीले चरम दमन गरेको पक्राउपछि छुटेका कवि चन्द्रवीर तुम्बापोले बताए । ‘आदिवासी आन्दोलनलाई असाध्यै ह्युमिलियट गरेको र नपत्याएको देखिन्छ प्रशासनले,’ पक्राउ परी साँझ छुट्ने क्रममा तुम्बापोले भने, ‘पक्राउ परेका हामीलाई चरम यातना दिने काम भयो । यो मानवअधिकार उल्लंघन मात्रै होइन, लोकतन्त्रकै उपहास हो ।’

विवादित अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डेलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको जानकारी दिइएको थियो । तर, उनलाई साँझ नै रिहा गरिएको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला अदालतको आदेशबमोजिम उनलाई रिहा गरिएको हो । तामाङ घेदुङले दिएको जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी जाहेरीमा अदालतले ‘माथवर व्यक्तिको जिम्मा जमानीमा छाड्नू’ भन्ने आदेश दिएको र सोहीअनुसार छाडिएको प्रहरीको भनाइ छ ।

Hardik health

यता आन्दोलित पक्षले भने आफूहरुसँग छलफल नै नगरी पाण्डेलाई रिहा गरेको भन्दै आपत्ति जनाएको छ । यही ६ गते प्राइम टेलिभिजनको चिया गफ कार्यक्रममा पाण्डेले ‘तामाङ र मगर जातिमा दाजुबहिनीबीचमा विवाह हुने गरेको र त्यस्तो सम्बन्धबाट जन्मिएको बच्चा अलि कट्टरवादी हुने, एक लाइनको सोच्ने, गर्छु–गर्छु भन्ने खालको जिनको विकास हुने गरेको र अपराध बढ्नुको यो पनि एक कारण रहेको’ अभिव्यक्ति दिएकी थिइन् ।

यसले सिंगो तामाङ, मगरलगायत आदिवासी जनजाति समुदायको आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुगेको भन्दै घेदुङ र नेपाल मगर संघले साउन ९ गते जिल्ला प्रहरी परिसर टेकुमा पाण्डेविरुद्ध जाहेरी दिएको थियो ।लगत्तै साउन १२ गते पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । तर, प्रहरीले पाण्डेलाई पक्राउ गर्न चासो नदेखाएपछि घेदुङ र मगर संघले संयुक्तरुपमा बुधबारका लागि दबाबमूलक धर्ना कार्यक्रम तय गरेका थिए । बुधबारको घटनाबारे आज बिहीबार समीक्षा बैठक राखी थप आन्दोलनका कार्यक्रम तय गरिने घेदुङका महासचिव थिङले बताए । 


प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०६:५०
#तामाङ #मगर
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज शुक्रबार, पुस ११, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल शुक्रबार, पुस ११, २०८२
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु शुक्रबार, पुस ११, २०८२
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, पुस ११, २०८२
गृहसचिव दंगालद्वारा पशुपतिनाथमा वृक्ष रोपण, जन्मदिनमा चौधरीले  रुद्राक्ष रोपे
गृहसचिव दंगालद्वारा पशुपतिनाथमा वृक्ष रोपण, जन्मदिनमा चौधरीले रुद्राक्ष रोपे शुक्रबार, पुस ११, २०८२
जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते
जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते शुक्रबार, पुस ११, २०८२
क्याम्बोडिया - थाइल्यान्ड सीमामा झडप जारी, शान्ति वार्ता असफल हुने खतरा
क्याम्बोडिया - थाइल्यान्ड सीमामा झडप जारी, शान्ति वार्ता असफल हुने खतरा शुक्रबार, पुस ११, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP