Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नेपालीहरुको श्रम गन्तव्य बन्दै युरोपेली मुलुक 
नेपालीहरुको श्रम गन्तव्य बन्दै युरोपेली मुलुक 
बिहीबार, साउन १८, २०८०

काठमाडौं– पछिल्लो समय नेपालीहरुका लागि युरोपेली मुलुक आकर्षक श्रम गन्तव्यको रुपमा परिणत हुँदै गएको छ । नेपाल सरकारले विभिन्न १०८ मुलुकसँगै युरोपमा पनि रोजगारीका लागि खुला गरेपछि ती मुलुकमा नेपालीहरु जानेक्रम बढेको हो । 

एक दशकअघिसम्म रोजगारीका लागि युरोपेली मुलुक जानु नेपालीहरुका लागि सपनाजस्तै भए पनि पछिल्लो समय सहज हुँदै गएको पाइएको छ । पछिल्ला केही वर्षहरुबाट रोजगारीका लागि श्रम स्वीकृति लिएर युरोपेली मुलुक जाने नेपालीको संख्या बढ्दै गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा देखिन्छ ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा युरोपका आठवटा मुलुकमामात्रै ४२ हजार ३२६ जना नेपाली रोजगारीका लागि गएका छन् ।नेपालीहरुले रोमानिया, क्रोएसिया, साइप्रस, पोल्याण्ड, पोर्चुगल, माल्टा, सर्विया र बेलायतलाई प्रमुख श्रम गन्तव्य बनाएका छन् । यीबाहेक जर्मनी, आयरल्याण्ड, नेदरल्याण्ड, लात्भिया, रसिया, फ्रान्स, स्वीडेन, स्पेनलगायतका युरोपेली मुलुकमा पनि नेपालीहरु श्रम स्वीकृति लिएर काम गर्न पुगेका छन् ।  

गत आवमा युरोपेली मुलुकहरुमध्ये सबैभन्दा बढी रोमानिया पुगेका छन् । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार रोमानिया जान १४ हजार २२५ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा एक हजार ७७३ जना महिला रहेका छन् । केही वर्षयता रोमानिया नेपालीहरुको आकर्षक श्रम गन्तव्य बन्दै आएको छ । रोमानिया जाने श्रमिकको संख्या उल्लेख्य रुपमा बढ्न थालेपछि नेपाल सरकारले गत वर्षबाट काठमाडौंमा अस्थायी रोमानियन मिसन स्थापना गरी भिसालगायतका गतिविधिमा सहजीकरण गरिरहेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा सात हजार ४७५ जना नेपाली रोमानिया पुगेको भए पनि पछिल्लो वर्ष दोब्बर संख्याले वृद्धि भएको छ ।  

Hardik health

त्यस्तै आर्थिक वर्ष २०७९/८० मा  लागि ५२९ महिलासहित सात हजार ४४१ जनाले श्रम स्वीकृति क्रोएसिया पुगेको विभागको तथ्यांक छ । यो संख्या अघिल्लो आवको भन्दा दुई हजारले बढी हो । अघिल्लो आवमा पाँच हजार ३३४ जना रोजगारीका लागि क्रोएसिया पुगेका थिए । त्यस्तै अर्को युरोपेली मुलुक साइप्रसमा पाँच हजार ३१७ जना नेपाली श्रम स्वीकृति लिएर पुगेका छन् । जसमा चार हजार ३४६ महिला रहेका छन् । घरेलु श्रमका लागि खुला भएका कारण साइप्रस जाने महिलाको संख्या बढी देखिएको छ । अघिल्लो आवमा साइप्रस जान चार हजार १८१ जना नेपालीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।

यस्तै पोल्याण्ड जाने नेपालीको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । आव २०७८/७९ मा एक हजार ८५५ जनामात्रै पोल्याण्ड पुगेकामा पछिल्लो आवमा पाँच हजार ११२ जनाले श्रम स्वीकृति लिएको देखिन्छ । त्यसैगरी माल्टा जाने नेपालीको संख्या पनि बढ्दो छ । आर्थिक वर्ष २०७९/८० मा छ हजार ३०३ जनाले माल्टा जान श्रम स्वीकृति लिएका छन् । जसमा एक हजार ७३५ जना महिला रहेका छन् । अघिल्लो आवमा एक हजार ९१५ जनालेमात्रै माल्टा जान श्रम स्वीकृति लिएका थिए ।
त्यस्तै आव २०७९/८० मा रोजगारीका लागि बेलायत जान दुई हजार २६४ जनाले श्रम स्वीकृति लिएका छन् । अघिल्लो आवमा दुई हजार ८१४ जना बेलायत पुगेका थिए ।

त्यसैगरी सर्बियाका लागि ९६२ जनाले श्रम स्वीकृति लिएका छन् भने नेपालीहरुको रोजाइमा पर्दै आएको पोर्चुगलमा ७३२ जना पुगेका छन् । अघिल्लो आवमा जम्मा ७९ जनाले मात्रै पोर्चुगल जान श्रम स्वीकृति लिएका थिए । 

पछिल्लो समय युरोपेली मुलुकमा नेपालीहरुको आकर्षण बढ्दै गएपछि युरोपलाई रोजगार गन्तव्यको रुपमा केन्द्रित गर्ने नेपाल सरकारले नीति लिएको छ । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मलेसिया र खाडी मुलुकको विकल्पमा युरोपलाई श्रम गन्तव्य बनाउन जोड दिएका छन् । साथै वैदेशिक रोजगार व्यवसायीहरुले पनि युरोपलाई नयाँ गन्तव्यको रुपमा प्रवद्र्धन गर्न यही वर्षको अन्त्यतिर युरोपमा रोजगार मेलाको आयोजना गर्ने तयारी गरिरहेका छन् ।  
 

आव २०७९/८० मा रोजगारीका लागि नेपाली पुगेका युरोपेली मुलुक र संख्या

रोमानिया: १४,२२५
क्रोएसिया: ७,४४१ 
माल्टा: ६,३०३ 
साइप्रस: ५,३१७ 
पोल्याण्ड: ५,११२
बेलायत: २,२६४
सर्बिया: ९६२
पोर्चुगल: ७३२


 


प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०६:०९
#युरोप #वैदेशिक_रोजगार
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP