Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फुर_गेल्जे_शेर्पा
  • #नेपाल_पर्वतारोहण_संघ
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #‘मिस टिन अर्थ २०२५
  • #नाउपा
  • #एचिभर नाइट ०८२ सम्पन्न
  • #विप्लव
  • #तीज_पर्व
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • एनिमेट चलचित्र ‘सलिना’को टिजर सार्वजनिक
एनिमेट चलचित्र ‘सलिना’को टिजर सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन १७, २०८०

काठमाडौं - एनिमेसन प्रविधिबाट तयार पारिएको चलचित्र ‘सलिना’को टिजर सार्वजनिक भएको छ । रेनमेकर एनिमेसन एकेडेमीले विगत पाँच वर्षदेखि निर्माण गर्न थालेको चलचित्रको टिजर शुक्रबार सार्वजनिक गरिएको हो । 

चलचित्रका सम्पादक शिव पुरीले ‘सलिना’लाई नेपालकै पहिलो एनिमेटेड चलचित्र भएको दाबी गरेका छन् । “हामीले चलचित्र दर्ता गरेर सेन्सर पनि पाइसक्यौं,” पुरीले भने, “अहिलेसम्म कुनै पनि एनिमेटेड चलचित्र दर्ता नभएकाले ‘सलिन’ नै पहिलो बनेको छ ।”

यो चलचित्र नेपाली भाषामा पूर्ण रूपमा तयार भइसकेको छ भने हिन्दी र अङ्ग्रेजी भाषामा डबिङको तयारी भइरहेको छ । दशैँसम्म सिनेमा हलमा प्रदर्शनीमा ल्याउने तयारी भइरहेको पुरीले जानकारी दिए । यो चलचित्रलाई तेजस राज जोशीले निर्देशन गरेका छन् । त्यस्तै निर्माताको रूपमा तेजस राज जोशी र श्रुति श्रेष्ठ रहेका छन् ।

चलचित्रलाई शिव पुरी र श्रुति श्रेष्ठले संयुक्त रूपमा सम्पादन गरेका छन् । त्यस्तै चलचित्रको ग्राफिक डिजाइनिङ सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धरले गरेका छन् । पुरीका अनुसार चलचित्र दन्त्य कथामा आधारित छ । जहाँ राजकुमारी सलिना मुख्य पात्र छिन् ।

उनी अरू पात्रहरूसँग मिलेर सबैभन्दा ठूलो राक्षसलाई हराउने अभियानमा यात्रा सुरु गर्छिन् र यसैको सेरोफेरोमा चलचित्रको कथा अगाडि बढ्छ । सानो टिमले पाँच वर्ष लगाएर यो चलचित्र तयार पारेको पुरीले बताए ।

“हामीले आफूले तयार पारेको यो पहिलो चलचित्र भएकाले पहिले धेरै समय लाग्यो,” पुरीले भने, “विस्तारै सिक्दै चलचित्रलाई सुधार्दै लग्यौं । र, अहिले चलचित्र सार्वजनिक हुने तयारीमा छ ।”

एनिमेटेड चलचित्र त्यसैमा दन्त्य कथामा आधारित भएको भनेपछि बालबालिकालाई लक्षित गरिएको हो कि भन्‍नेमा पुरीले भने, “सुरुमा बालबालिकालाई लक्षित गरेको जस्तो लाग्छ । तर, विस्तारै सबै उमेर समूहका दर्शकले चलचित्र आफ्नै लागि बनेको आभास गर्नेछन् ।” 


 


प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘मिस टिन अर्थ २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै प्रिन्सेस
‘मिस टिन अर्थ २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै प्रिन्सेस बिहीबार, साउन १५, २०८२
‘जब फूलले आकार लिन्छ...’ प्रदर्शन
‘जब फूलले आकार लिन्छ...’ प्रदर्शन बिहीबार, साउन १५, २०८२
चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न
चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न बुधबार, साउन १४, २०८२
तीज  गीत ‘छड्के तिलहरी’ सार्वजनिक
तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक मंगलबार, साउन १३, २०८२
तीज गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिक
तीज गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिक सोमबार, साउन १२, २०८२
चलचित्र ‘चिट्ठी’को पोस्टर सार्वजनिक 
चलचित्र ‘चिट्ठी’को पोस्टर सार्वजनिक  आइतबार, साउन ११, २०८२
‘मसुरीको दाना’ सार्वजनिक
‘मसुरीको दाना’ सार्वजनिक आइतबार, साउन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल
सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
साउन १५ः खीर खाएर मनाइँदै
साउन १५ः खीर खाएर मनाइँदै
एनसेलको ‘सधैं अन करोडपति’ योजनामा  कार्कीले जितिन्  एक करोड रुपैयाँको पुरस्कार
एनसेलको ‘सधैं अन करोडपति’ योजनामा कार्कीले जितिन् एक करोड रुपैयाँको पुरस्कार
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP