काठमाडौं - निःशुल्क कपाल काट्ने तालिम सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं १० को आयोजनामा ४५ दिने निःशुल्क कपाल काट्ने तालिम सम्पन्न भएको हाे ।
बि स्टार युनिसेक्स एकेडेमीको संयोजकत्वमा सञ्चालनमा साे कार्यक्रम सम्पन्न भएकाे हाे । गत जेठ २८ गतेदेखी सञ्चालित उक्त तालिम कपनस्थित बि स्टार युनिसेक्स एकेडेमीमा सञ्चालन भएको थियो । एकेडेमीका प्रमुख बिक्रम गौतमले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।
बुढानिलकण्ठ नगरपालिकास्थित वडा नं १० को वडा कार्यालयको हलमा कार्यक्रम सम्पन्न भएको थियो । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथि र विशेष अतिथिका रुपमा बुढानिलकण्ठ नगरपालिकाकै वडा नं १० का वडा अध्यक्ष नवराज भट्टराईको उपस्थिीति रहेको थियो ।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सीप सिक्दा कोहि सानो ठुलो नहुँने बताएका छन् । ‘यदि कसैलाई यो ४५ दिनको अवधिमा सिकेको सीप अझै कमी महशुस भएमा फेरी सञ्चालन हुने तालिममा सहभागी हुन सक्नु हुनेछ ’ उनले भने । यस्ता सीपमुलक तालिमबाट देशमा स्वरोजगार सिर्जना गर्न आफ्नो वडा निरन्तर लागि पर्ने उनले प्रतिबद्धता जनाएका छन् ।
यसैगरी कार्यक्रममा अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष शम्भु भट्टराई, वडा नम्बर ११ का वडा अध्यक्ष राजु अधिकारी, वडा नम्बर १० का युवा परिषद् अध्यक्ष सुदिप लुइँटेल, वडा नम्बर १० युवा परिषद् उपाध्यक्ष रुपेश भट्टराई, कार्यपालिका सदस्य रिता दाहाल, वडा सदस्य चन्द्रमान श्रेष्ठ, दिल कुमारी बिकको सहभागिता रहेका थियो ।
क्त तालिममा सहभागी सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रशिक्षकको भुमिका निर्वाह गरेका बि स्टार युनिसेक्स एकेडेमीका प्रमुख बिक्रम गौतम र बिनय गौतमलाई कदर पत्र प्रदान गरिएको थियो ।
बि स्टार युनिसेक्स एकेडेमीका प्रमुख बिक्रम गौतमले आफ्नो अनुभव विद्यार्थीहरुलाई साट्न पाउँदा खुशी व्यक्त गरे । नेपालमा कपाल काट्ने पेशाका लागि अन्य देशबाट जनशक्ति आउनुपर्ने क्रमको अन्त्य गर्न आफू निरन्तर लागि पर्ने उनले बताए ।
कार्यक्रममा थप रौनक थप्न हास्य टेलिशृंखला ‘सक्किगोनी’ का कलाकार हरि निरौला ‘कक्रोच’, सागर लम्साल ‘बले’, सुबोध गौतम ‘एदुमे’ अतिथिका रुपमा सहभागी थिए ।