Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
समाचार
  • Home
  • समाचार
  • आठबीसकोटमा नापी र मालपोतको सेवा प्रवाह हुँदै 
आठबीसकोटमा नापी र मालपोतको सेवा प्रवाह हुँदै 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १६, २०८०

रुकुम पश्चिम - रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाबाटै नापी र मालपोत सेवा प्रवाह हुने भएको छ । गत वर्ष उद्घाटन भई कर्मचारी र बजेट व्यवस्थापन नभएकाले सेवा अवरुद्ध भएकाे आठबीसकोटकाे नापी र मालपोत कार्यालयले सेवा प्रवाह हुने भएकाे हाे । 

गत वर्ष असोज ९ गते आठबीसकोटको राडीमा नापी कार्यालय र मालपोत कार्यालय उद्घाटन गरिएको थियो ।  उद्घाटन भएको एक वर्षपछि सेवा प्रवाह हुन लागेको नगर प्रमुख रबि केसीले जानकारी दिए । उनका अनुसार कार्यालयको काम संचालन गर्ने अख्तियारी सहित विभागबाट कार्यालय प्रमुख तोकिएका छन् । यसअघि पनि कार्यालय प्रमुख तोकिएको थियो । तर कामको अख्तियारी भने दिइएको थिएन । 

अहिले नापी कार्यालय प्रमुखका रुपमा मानबहादुर आग्री र मालपोत कार्यालय प्रमुखका लागि बिमल आचार्यलाई जिम्मेवारी तोकिएको नगर प्रमुख केसीले बताउनुभयो । बाँकी कर्मचारी व्यवस्थापनको काम समेत भइरहेको छ । बजेट अभाव र कर्मचारी अभावका कारण उद्घाटन भएको एक वर्षसम्म पनि सेवा सुरु हुन नसकेकामा अब भने सेवा सुचारु गर्ने गरी तयारी भइरहेको उनको भनाई छ । 

Ncell
Hardik health

यसका लागि आवश्यक बजेट व्यवस्थापन समेत भइसकेको उनले बताए । साउन अन्तिम वा भदौ पहिलो साता देखि सेवा सुरु गर्ने गरी तयारी भइरहेको उनले बताए । मालपोत र नापीको सेवा नगरबाटै दिने गरी आठबीसकोटमै नापी र मालपोत कार्यालय स्थापना गरिएको थियो । 

सदरमुकामबाट टाढा भएका कारण त्यहाँका नागरिकलाई सदरमुकामसम्म पुगेर सेवा लिदा समय र पैसा धेरै खर्च हुने भएकोले सहज र सुलभ रुपमा सेवा प्रवाह गर्ने उदेश्य राखिएको नगर प्रमुख केसीले बताए । आठबीसकोटबाटै नापी र मालपोतको सेवा आरम्भ भएमा नगरवासीलाई समय र पैसा बचत हुने तथा सेवाका लागि झन्झट व्यहोर्नु नपर्ने विश्वास गरिएको छ ।


प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बौद्धनाथ र नमोबुद्ध क्षेत्र विकास समितिमा नवनियुक्त पदाधिकारीलाई तामाङ गुम्बाको सम्मान
बौद्धनाथ र नमोबुद्ध क्षेत्र विकास समितिमा नवनियुक्त पदाधिकारीलाई तामाङ गुम्बाको सम्मान शनिबार, भदौ २७, २०८३
नुवाकोट र धादिङका बाढीप्रभावित क्षेत्रमा अहमदिया संघ र ह्युम्यानिटी फर्स्टको साताव्यापी राहत कार्यक्रम
नुवाकोट र धादिङका बाढीप्रभावित क्षेत्रमा अहमदिया संघ र ह्युम्यानिटी फर्स्टको साताव्यापी राहत कार्यक्रम शनिबार, भदौ २७, २०८३
वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन
वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन शनिबार, भदौ २७, २०८३
नेपालले दियो युएइलाई ३१४ रनको विशाल लक्ष्य
नेपालले दियो युएइलाई ३१४ रनको विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट शनिबार, भदौ २७, २०८३
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन शनिबार, भदौ २७, २०८३
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने शनिबार, भदौ २७, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP