Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जर्मन प्राज्ञ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #रजु राणा
  • #उत्तराखण्ड बाढी
  • #कैलाश गुरुङ
Search Here
समाचार
  • Home
  • समाचार
  • योजना कार्यक्रम तथा बजेट कार्यान्वयनबीच खाडल छ- उपाध्यक्ष डा. श्रेष्ठ
योजना कार्यक्रम तथा बजेट कार्यान्वयनबीच खाडल छ- उपाध्यक्ष डा. श्रेष्ठ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन १५, २०८०

काठमाडौं– संसदीय समितिका सदस्यहरूले सुशासन र सेवा प्रवाहका क्षेत्रलाई प्रभावकारी तुल्याउन स्रोतको वितरणमा सन्तुलन नदेखिएको गुनासो गरेको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनीहरुले आवश्यकताभन्दा पहुँचका आधारमा योजना छनोट र बजेट विनियोजन हुँदा उपलब्धि हासिल हुन चुनौती खडा गरेको तर्क प्रस्तुत गरे । 

समिति सदस्य गोपी आच्छामीले नीति तथा कार्यक्रम र बजेटमा राजनीतिक दृष्टि आउन नसेको मात्र नभई विचौलीयाको स्वार्थमा आयोजना र बजेट तय हुने गरेको विचार प्रकट गरे ।

 राजनीतिक उद्देश्य प्राप्तिपछि विकास र समृद्धिका लागि कृषि, पर्यटन, जडीबुटी र जलस्रोत क्षेत्रको दीर्घकालीन विकासमा राजनीतिक दलबीच राष्ट्रिय बहस हुनपर्नेमा त्यो नदेखिएको उनको भनाइ थियोे ।
 
सदस्य अच्छामीले भने, “अहिले निर्माणको आवश्यकता भनेको मन्दिर र भ्यूटावर होकि विद्यालय ?” सदस्य शेखर सिहले योजना आयोगबाट आयोजना छनोट गर्दा आवश्यकताका आधारमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष भएर काम गर्न नसक्दा मुलुक खाद्यन्नमा समेत आत्मनिर्भर हुन नसकेको उदाहरण प्रस्तुत गरे।

सभापति दिलकुमारी रावलले आवश्यकता र औचित्यका आधारमा आयोजना छनोट र बजेट विनियोजन नहुँदा विसकामा भन्दा विनाशमै राष्ट्रिय ढुकुटी खेर गएको धारणा व्यक्त गरे । उनले भने, “हामीले छनोट गरेको योजना हुन् वा आयोजना हुन् प्राथमिकीकरण मिलेन, स्थानीयवासीको सहभागिता जुटाउन नसकिएको आयोजनाले दीर्घ जीवन प्राप्त गर्छ भन्नेमा प्रश्न उठन सक्छ ।”

यसअघि बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले नेपालको आवधिक योजना र विकासको अवस्थाबारे  चर्चा गर्दै आयोजनाबाट पीडित र लाभान्वितबाट प्रस्तुत हुने माग र अवरोध चुनौतीकारुपमा रहेको बताए।

उनले भने, “बजेटभन्दा बाहिर आफूखुसी कार्यक्रम सञ्चालन गर्ने, कन्सलटेन्सी,  गोष्ठी र भ्रमणमा ठूलो रकम खर्च गर्ने विकास साझेदारको गलत शैली छ ।” मिश्रित, उदार समाजवादउन्मुख अर्थतन्त्रजस्ता विकासको ढाँचा अभाव र अस्पष्टता पनि योजना कार्यान्वयको चुनौतीकारुपमा रहेको बताउँदै उहाँले वैदेशिक लगानी अत्यन्त न्यून भएकाले पनि असर पारेको उल्लेख गरे । 
  
योजना र कार्यक्रम, बजेट र कार्यक्रम, बजेट र कार्यान्वयनबीच खाडल रहेको तथा राजनीतिक अस्थिरता, कमजोर कर्मचारीतन्त्र, जटिल ऐन, नियम तथा प्रक्रिया र निजी क्षेत्रको प्रतिस्पधात्मक तथा उद्यमशीलताको अभाव पनि योजना कार्यान्वयनका मुख्य कारक भएको उपाध्यक्ष श्रेष्ठको भनाइ थियो ।


प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री
उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री शुक्रबार, साउन २३, २०८२
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध शुक्रबार, साउन २३, २०८२
हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गरौं 
हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गरौं  शुक्रबार, साउन २३, २०८२
भारतको उत्तराखण्ड बाढीमा १७ नेपाली बेपत्ता
भारतको उत्तराखण्ड बाढीमा १७ नेपाली बेपत्ता शुक्रबार, साउन २३, २०८२
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा आइतबार, साउन १८, २०८२
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक शनिबार, साउन १७, २०८२
कोदो दिवस मनाइयो
कोदो दिवस मनाइयो शनिबार, साउन १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’सम्पन्न
सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’सम्पन्न
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP