Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जर्मन प्राज्ञ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #रजु राणा
  • #उत्तराखण्ड बाढी
  • #कैलाश गुरुङ
Search Here
समाचार
  • Home
  • समाचार
  • बाँकेमा खानेपानी आयोजनाबाट लाभ लिँदै उपभोक्ता
बाँकेमा खानेपानी आयोजनाबाट लाभ लिँदै उपभोक्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन १५, २०८०

बाँके –बाँकेमा विभिन्न खानोपानी आयोजनामार्फत स्थानीय बासिन्दाले खानेपानीको उपभोग गर्न थालेका छन । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमार्फत आंशिक रुपमा सञ्चालन भएका विभिन्न खानेपानी आयोजनाबाट स्थानीय लाभावन्वित हुन थालेका हुन ।
 
‘पहिले धेरैजसो हाते पम्पको सहायतामा आउने खानीपानीको प्रयोग गर्थे, दुर्गम ठाँउमा कुवाको पानीसमेत खाने गर्थे’, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इञ्जिनीयर प्रकाशजंग शाहले भने ।
 
उनले नेपालगञ्जमा परम्परागतरुपमा खानेपानीको उपभोग भएको उल्लेख गर्दै कतिपय स्थानमा ‘ओभरहेड’ टंयाकीको खानेपानी वितरण भएको जानकारी दिए ।
 
बाँकेका विभिन्न पालिकामा रहेका खानेपानी आयोजनामा एक लाख ५० हजार लिटरदेखि चार लाख ५० हजार लिटर क्षमताका ओभरहेड ट्यांकी निर्माण गरेर उपभोक्तलालाई खानेपानीको सुविधा प्रदान गरिएको छ ।
 
‘कतिपय योजना अहिले पनि क्रमगत अवस्थामा नै छन्, बजेटका आधारमा कति समय लाग्छ भन्ने कुरा निर्धारण हुन्छ’, सूचना अधिकारीसमेत रहेका इञ्जिनियर शाहले भने ।
 
जिल्लाको खास कुश्मा खानेपानी आयोजनाबाट दुई हजार दुई, ढकेरी खानेपानी आयोजनाबाट चार हजार पाँच सय २१, रझेना खानेपानी आयोजनाबाट चार हजार चार सय, नौवास्ता खानेपानी आयोजनाबाट दुई हजार चार सय ५७, खजुरा खानेपानी आयोजनाबाट चार हजार नौ सय ५० र महादेउपुरीया, कचनापुरबाट तीन हजार तीन सय ६१ उपभोक्ताले खानेपानीको प्रयोग गरिरहेका छन ।
 
यस्तै विराट खानेपानी आयोजनाबाट दुई हजार एक सय ६२, पेडारी खानेपानी आयोजनाबाट दुई हजार दुई सय र खजुरा खानेपानी आयोजनाबाट दुई हजार एक सय १८ उपभोक्ता लाभावन्वित भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।
 
यसबाहेक साना खानेपानी आयोजनाका रुपमा विभिन्न खानेपानी आयोजनामार्फत स्थानीय बासिन्दाले खानेपानीको उपभोग गर्न पाएका छन । राप्तीसोनारी गाउँपालिका वडा नं ४ का स्थानीय रामदास थारुले ओभरहेड ट्यांकी निर्माण भएको दुई वर्ष हुँदा पनि खानेपानीको वितरण हुन नसकेको बताए ।
 
नेपालगञ्ज उपमहानगरपालिकासहित विभिन्न गाउँपालिकामा सघन विकास कार्यक्रम र जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम तथा तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत विभिन्न खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेका छन ।
 
बजेट अभावका कारण ती खानेपानी आयोजनाका भौतिक पूर्वाधार लगायतका आयोजनासँग सम्बन्धित काम हुन नसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ ।
 
जिल्लाको राप्ती सोनारी गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रममार्फत सञ्चालन भएको खानेपानी आयोजना आठ, जलवायु अनुकूलित बृहद खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत १४ आयोजना रहेका छन ।
 
डुडुवा गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रम दुई, जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फतका आयोजना दुई रहेका छन ।
 
नरैनापुर गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रम एक, जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत सात आयेजना रहेका छन ।
 
नेपालगञ्ज उपमहानगरपालिकामा सघन खानेपानी विकास कार्यक्रम तीन, जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत तीन आयोजना छन ।
 
जानकी गाउँपालिकामा सघन खानेपानी विकास तीन, जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत एक आयोजना छ । कोहलपुर नगरपालिकामा सघन खानेपानी विकास कार्यक्रम चार, जलवायु अनुकुलित बृहत खानेपानी  कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत एक आयोजना रहेका छन ।
 
खजुरा गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रमका चार, जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत छ योजना रहेका छन ।
 
यस्तै, बैजनाथ गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रम चार, जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत दुई खानेपानी आयोजना रहेका छन । ‘केही निर्माणाधीन अवस्थामा रहेका खानेपानी आयोजना छन्, केहीमा आंशिकरुपमा खानेपानीको वितरण भइरहेको छ’, इञ्जिनीयर शाहले भने । 


प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री
उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री शुक्रबार, साउन २३, २०८२
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध शुक्रबार, साउन २३, २०८२
हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गरौं 
हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गरौं  शुक्रबार, साउन २३, २०८२
भारतको उत्तराखण्ड बाढीमा १७ नेपाली बेपत्ता
भारतको उत्तराखण्ड बाढीमा १७ नेपाली बेपत्ता शुक्रबार, साउन २३, २०८२
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा आइतबार, साउन १८, २०८२
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक शनिबार, साउन १७, २०८२
कोदो दिवस मनाइयो
कोदो दिवस मनाइयो शनिबार, साउन १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’सम्पन्न
सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’सम्पन्न
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP