रुकुम– रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाईसेन्स) जारी प्रक्रियाको शुभारम्भ गरिएको छ ।
आईतवार एक औपचारीक कार्यक्रमका विच यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीद्धारा प्रदान गरिने सवारी लाईसेन्स जारी प्रक्रियाको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुभारम्भ गरेका हुन्।
यस अघि कर्णाली प्रदेशमा अन्तरगत सुर्खेत र जुम्ला वाट सवारी चालक अनुमति पत्र वितरण हुदै आईरहेको थियो । आज वाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका बाट उक्त सेवाको सुभारम्भ भएसंगै कर्णाली प्रदेशका ३ जिल्लावाट सवारी चालक अनुमति पत्र वितरण हुने भएको छ ।
मुख्यमन्त्री शर्माले यातायात व्यवस्था कार्यालयमा बायोमेट्रिक सेवाको सुभारम्भ गरेसंगै सवारी चालक अनुमति पत्र वितरणको प्रक्रिया सुरुभएको हो।
सवारी चालक अनुमति पत्रका लागि अनलाइन मार्फत फारम भरेकाहरुको आईतवार देखि बायोमेट्रिक सुरु भएको यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रमुख आनन्द चपाईले जानकारी दिए । चपाईका अनुसार अब हप्तामा चार दिन आइतबार, सोमबार, मंगलबार र बुधबार बायोमेट्रिक हुने छ ।
वायोमेट्रिकपछि लिखित परीक्षा संचालन हुने र त्यसपछि प्रयोगात्मक परिक्षा हुने छ । कार्यालयको आफनै नाममा जमिन नभएपछि सेवा संचालनको लागि जग्गा भाडामा लिएको यातयात व्यवस्था कार्यालयले वताएको छ ।
यातायात व्यवस्थाको कार्यालयल उद्घाटन भएको साढे ३ वर्षपछि गत ०७९ फागुन २१ गतेबाट सेवा सुरु गरेको थियो । २०७६ साल भदौ १२ गते चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयको शाखा उद्घाटन गरिएको थियो ।
कर्मचारी अभाव लगायतका कारण देखाउदै उद्घाटन भएको साढे ३ वर्षसम्म कार्यालय अलपत्र परेको थियो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गत फागुन २१ गते सेवाको उद्घाटन गरेसंगै कार्यालयले हालसम्म सवारी दर्ता, नामसारी, कर असुली ब्लुबुक नविकरण, लाइसेन्स नविकरण, रुट परमिट जारी, सवारी जाँचपास लगायतका सेवा दिइरहेको थियो ।
सवारी चालक अनुमति पत्रको सेवा सुभारम्भ भएसंगै अव देखि रुकुम पश्चिम चौरजहारी नगरपालिका बाट मोटरसाइकल, कार, जिप, भ्यान, स्कुटर र अटो रिक्साको लाइसेन्स प्राप्त गर्न सकिनेछ । सत्य बटाला