मोरङ- लेटाङ नगरपालिका– ६ सुकेचौरी बस्ने ६१ वर्षय राम कुमार तमाङसहित ३ जनालाई गोरू काटेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
तमाङको घरमा गोरु काटेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले गोरु काटी झोलामा प्याकिङ गर्दै गरेको अवस्थामा उनीहरुलाई अन्दाजी ३५ केजी गोरुको मासु, खुकुरी २ थान, तराजु १ थानसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।