सर्लाही- चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
बलरा नगरपालिका– १ हथियौल बस्ने ४५ वर्षीय अर्जुन पटेलको सोही ठाउँस्थित खेतको चौरीमा भैसी चराउँदै गरेको अवस्थामा अचानक चटयाङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।