Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
समाचार
  • Home
  • समाचार
  • मिटरब्याजी विरुद्ध ललितपुरले थाल्यो कारबाही
मिटरब्याजी विरुद्ध ललितपुरले थाल्यो कारबाही
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १४, २०८०

काठमाडाैं - मिटरब्याजी विरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुरले कारबाही गर्न थालेकाे छ ।  अनुचित लेनदेनको कानुन बनेपछि  मिटरब्याजीहरुलाई जिल्ला प्रशासन कार्यालय ललितपुरले कारबाही गर्न थालेकाे हाे । 

२०८० साल वैशाख २० गते गठन भएको अनुचित लेनदेन (मिटरब्याज)को आयोग गठन भएको लगत्तै ललितपुरमा मात्र २०० भदा बढी मिटरब्याज पिडित पक्षले उजुरी दिएका थिए ।  

ललितपुर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनेमा देशकै सबैभन्दा ठुलो मुद्धा समस्यामा परेको देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाँइले दर्ता गराएका थिए । उनले १५ जना मिटरब्याजी विरुद्ध ५ अर्ब ४० करोड बराबरको मुद्धा ०८० असार १२ गते जिप्रका ललितपुरमा दर्ता गराएका थिए । सो मुद्धामा ०८० साल असार २५ गतेदेखि छानवीन सुरु भएको थियो ।

छानविन सुरु भए लगत्तै २ जना मिटरब्याजीले चलनचल्ती भन्दा बढी लगेको ब्याज फिर्ता गरेका मिटरब्याज पिडित चौलागाइले बताए । उनले उजुरी दिएकामध्ये बाँकी १३ जनासँग ठुलो कारोबार भएको कारण छानबीन गर्न समय लागेको देखिन्छ । चौलागाइले दर्ता गरेको मुद्धामा सबैभन्दा धेरै कारोबार पुल्चोकका रोविन मर्हजनसँग भएको पाइएको छ । उनीसँग करिव ४ अर्ब करोबार भएको चौलागाइको दाबी छ । 

Ncell
Hardik health

 विवरण हेर्दा रोविन मर्हजनले चौलागाइलाई दिएको कारोबार ६० करोड छ भने उनले चौलागाइसँग ४ अर्ब बराबर बैंकमार्फत लिएको देखिएको छ । सामान्य जग्गाको कारोबार गर्ने रोविन मर्हजनको ३ बर्ष यता करिव ६ अर्ब सम्पति थुप्रिएको सेतले बतायो ।

उनको ललितपुर सैबु भैसेपाटी आवासभित्र ३ वटा घर, करिव ५० करोड मुल्य बराबारको सातदोबाटोमा २० आनामा आलिसान घर, करिव ३० करोडको वि एव्ड बी अस्पतालसँगै १७ आना जग्गा, २५ करोड बराबरको झम्सीखेलमा २३ आनामा आलिसान दरबार (जो ५५ करोड भन्दा बढीको छ, जहाँ उनी आफै बस्ने गरेका छन्), झम्सीखेल डिएभी स्कुल मेनरोडमा २५ आनामा करिव ६० करोडको जग्गा, बखुन्डोल चैतन्य स्पा ३२ आनामा करिव ५० करोडको स्पा, सानेपामा १० आना जग्गा, इमाडोलमा १० आना जग्गामा घर रहेको स्रोतले बतायो छ ।

उनको ब्यापारका नाममा साम्राट मार्केटिङ नाम गरेको छोराको नाममा कम्पनी समेत छ । जसमा केही ब्यापार छैन । उक्त कम्पनीमा माछापुच्छे्र बैकले ४ करोड कर्जा दिएको छ । रोविन मर्हजनको पुच्वः नाम गरेको सहकारी पनि छ । उनका नगद करोबार कुमारीपाटी पञ्चशिल सहकारी, ज्योतीपुञ्ज सहकारी, पुच्वः सहकारीमा ठुलो कारोबार गरेको देखिन्छ ।

सामान्य व्यापारीको नाममा यी सहकारीले अरबौ कारोबार कसरी गरे ? जिल्ला प्रशासन कार्यालयले रोविनको सबै कारोबार मागिसकेको छ । उनको कारोबारमाथी शंका उब्जिसकेको छ । उनको बैंक र सहकारी गरेर करिव ७ अर्ब जतिको कारोबारको कागजपत्र प्रशासन कार्यालयमा पुगिसकेको छ । अरु आउन बाँकी छ भन्ने कुरा मिटरब्याज आयेगले बताएको छ । 

०८० सालमा समस्यामा परेको गुडवील सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ अहिले जेलमा छन् । उनको नाममा पनि कारोबार देखिएका कारण उनलाई बयान दिनका लागि जिप्रका बोलाइएको थियो । नीज दिवाकर श्रेष्ठले पनि रोविन मर्हजनले २ अर्ब मिटरब्याज लिएकोले आफनो सहकारीको पैसा फिर्ता दिन नसकेर जेल परेको बताउने गरेका छन् ।

रोविन लगायत अरु १२ जना रवि मर्हजन, विज्ञान भारी, देवेन्द्र आचार्य, मोहन घिमिरे, सुमन मर्हजन, सञ्जय अधिकारी, रुविन मर्हजन, सिताराम राउत, विवेक केसी, आशिस प्रधान सबै मिटरब्याजी पुष्टि भएको जनाइएको छ । उनीहरु विरुद्ध ज्ञानेन्द्र मर्हजन जस्तै सम्पत्ति सुद्धिकरण गरी जेल चलानसम्म हुनसक्ने सम्भावना रहेको हालै राष्टपतीबाट मिटरब्याज सम्बन्धी विद्ययक पारित हुनुले देखाएको छ  । उनीहरु उच्च तहका नेताहरुको संरक्षणमा रहेपनि मिटरब्याजीलाई कारबाही गर्ने कानुन बनेकाले गलत गर्ने कोही पनि उम्कन नसक्ने देखिएको छ  ।


प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १३:१४
#मिटरब्याजीलाई_कारबाही #ललितपुर
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बौद्धनाथ र नमोबुद्ध क्षेत्र विकास समितिमा नवनियुक्त पदाधिकारीलाई तामाङ गुम्बाको सम्मान
बौद्धनाथ र नमोबुद्ध क्षेत्र विकास समितिमा नवनियुक्त पदाधिकारीलाई तामाङ गुम्बाको सम्मान शनिबार, भदौ २७, २०८३
नुवाकोट र धादिङका बाढीप्रभावित क्षेत्रमा अहमदिया संघ र ह्युम्यानिटी फर्स्टको साताव्यापी राहत कार्यक्रम
नुवाकोट र धादिङका बाढीप्रभावित क्षेत्रमा अहमदिया संघ र ह्युम्यानिटी फर्स्टको साताव्यापी राहत कार्यक्रम शनिबार, भदौ २७, २०८३
वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन
वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन शनिबार, भदौ २७, २०८३
नेपालले दियो युएइलाई ३१४ रनको विशाल लक्ष्य
नेपालले दियो युएइलाई ३१४ रनको विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट शनिबार, भदौ २७, २०८३
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन शनिबार, भदौ २७, २०८३
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने शनिबार, भदौ २७, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP