Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • हलेसीको ककनीडाँडामा ढुंगे बगैँचा निर्माण गरिँदै
हलेसीको ककनीडाँडामा ढुंगे बगैँचा निर्माण गरिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ९, २०७६
Khotang
Hardik health
खोटाङ– हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल खोटाङको हलेसीस्थित ककनीडाँडामा ढुङ्गे बगैँचा निर्माण गरिने भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको पहलमा निर्माण गरिने ढुङ्गे बगैँचाका लागि अहिले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेको छ । पचास रोपनीभन्दा बढी सार्वजनिक जग्गा रहेको ककनीडाँडालाई प्राकृतिक संरचना ध्वस्त नगरी स्तरोन्नति गरेर ढुङ्गे बगैँचाका रूपमा विकास गर्न लागिएको नगरप्रमुख इवन राईले बताए । ‘ढुङ्गे बगैँचा निर्माणका लागि सर्वेक्षण सम्पन्न गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेको छ’, उनले भने, ‘डिपिआरको काम सम्पन्न हुने बित्तिकै बजेट विनियोजन गरेर बगैँचा निर्माणको काम थालिनेछ ।’ धार्मिकस्थल हलेसी मन्दिरको उत्तरी क्षेत्रमा पर्ने ककनीडाँडामा निर्माण गरिने ढुङ्गे बगैँचाभित्र विश्रामस्थल, खानेपानीको धारा, विजुलीबत्ती, शौचालयलगायत निर्माण गरिने नगरप्रमुख राईको भनाइ छ । हलेसी आउने पर्यटकलाई लक्षित गरेर निर्माण गर्न लागिएको ढुङ्गे बगैँचा आवतजावत गर्नका लागि पदमार्गसमेत निर्माण गर्नेगरि डिपिआरको काम भइरहेको नगरपालिकाले जनाएको छ । प्राकृतिक रूपमै रमणीय रहेको ककनीडाँडामा नगरपालिकाले आधुनिक किसिमको ढुङ्गे बगैँचा निर्माण गर्ने भएपछि आसपासका स्थानीयवासीसमेत हर्षित छन् । पानी अभावमा लामो समयदेखि खेती गर्न छाडेर बाँझिएको जग्गा उपयोग हुनेभएपछि आसपासका स्थानीयवासी हर्षित भएका हुन् । ककनीडाँडाबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा तथा उच्च हिमाली श्रृङ्खला, तराईका समथर भूभागलगायत रमणीयस्थल अवलोकन गर्न सकिन्छ । विशेषगरि हलेसी आउने पर्यटकलाई लक्षित गरेर निर्माण गर्न लागिएको ढुङ्गे बगैँचामा दृश्यावलोकन गर्ने ठाउँ तथा कफी सप, चमेनागृह, डेटिङ स्पटलगायत अन्य बगैँचामा हुने सबै सुविधा रहने नगरप्रमुख राईले जानकारी दिए । हात्तीसुँडे ढुङ्गा तथा विभिन्न आकृतिका प्राकृतिक ढुङ्गाहरू रहेको ककनीडाँडा नेपाल सरकारले १०० वटा पर्यटकीय गन्तव्यको सूचीमा राखेको मुन्दुम ट्रेलको प्रवेशस्थलमा पर्दछ । किराँती सभ्यतासँग सम्बन्धित मुन्दुम ट्रेल हलेसीबाट शुरु भएर रूपाकोट, टेम्के, मैयुङ हुँदै सालपा सिलिचुङसम्मको निर्धारण गरिएको छ । मध्यपहाडी लोकमार्गले छोएको रमणीयस्थल ककनीडाँडा नजिकै किराँत सभ्यताको उद्गम थलो तुवाचुङ–जायजुम छ । ढुङ्गै÷ढुङ्गाले बनेको रमणीयस्थल ककनीडाँडामा निर्माण गर्न लागिएको ढुङ्गे बगैँचालाई महत्वका साथ हेरिएको छ । जिल्लामै पहिलो पटक ककनीडाँडामा निर्माण गर्न लागिएको ढुङ्गे बगैँचामा ढुङ्गा र फूलबीचको सम्बन्ध रहनेगरि फूलहरू लगाउन वातावरणविद्सँग परामर्शसमेत थालिएको जनाइएको छ । ककनीडाँडामा हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटक यसअघि पनि दृष्यावलोकन तथा घुम्न जाने गरेको स्थानीयवासीले बताएका छन् । पर्यटकीय नगर हलेसी तुवाचुङ नगरपालिकामा दर्जन बढी पर्यटकीयस्थलहरू रहेका छन् । उक्त पर्यटकीयस्थलहरूको स्तरोन्नति तथा प्रवद्र्धनमा नगरपालिकाले नीति तथा कार्यक्रम नै बनाएर काम गरिरहेको छ । नगरको प्रमुख आम्दानीको स्रोत नै पर्यटकीयस्थल भएकाले स्तरोन्नति तथा प्रवद्र्धनमा लागिएको नगरप्रमुख राईले बताए । एघार वटा वडा रहेको उक्त नगरपालिकाको वडा नम्बर–७ महादेवस्थानमा त्रिधार्मिकस्थ हलेसी पर्दछ । धार्मिक मान्यताले मात्रै नभइ प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा अहिले बाह्रै महिना मेला लाग्ने गरेको छ । ठूल्ठूला चट्टानको बीच भागमा रहेको हलेसी गुफाभित्र बिराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ । हलेसी मन्दिरको मुख्य गुफाको ठीक पछाडिपट्टी उस्तै ठूलो बसाहा गुफा छ । गुफाभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुपम उपहार हो । रासस
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६  ०९:१२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP