Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
  • #‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
Search Here
प्रवास
  • Home
  • प्रवास
  • हलेसीको ककनीडाँडामा ढुंगे बगैँचा निर्माण गरिँदै
हलेसीको ककनीडाँडामा ढुंगे बगैँचा निर्माण गरिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ९, २०७६
Khotang
Hardik health
खोटाङ– हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल खोटाङको हलेसीस्थित ककनीडाँडामा ढुङ्गे बगैँचा निर्माण गरिने भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको पहलमा निर्माण गरिने ढुङ्गे बगैँचाका लागि अहिले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेको छ । पचास रोपनीभन्दा बढी सार्वजनिक जग्गा रहेको ककनीडाँडालाई प्राकृतिक संरचना ध्वस्त नगरी स्तरोन्नति गरेर ढुङ्गे बगैँचाका रूपमा विकास गर्न लागिएको नगरप्रमुख इवन राईले बताए । ‘ढुङ्गे बगैँचा निर्माणका लागि सर्वेक्षण सम्पन्न गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेको छ’, उनले भने, ‘डिपिआरको काम सम्पन्न हुने बित्तिकै बजेट विनियोजन गरेर बगैँचा निर्माणको काम थालिनेछ ।’ धार्मिकस्थल हलेसी मन्दिरको उत्तरी क्षेत्रमा पर्ने ककनीडाँडामा निर्माण गरिने ढुङ्गे बगैँचाभित्र विश्रामस्थल, खानेपानीको धारा, विजुलीबत्ती, शौचालयलगायत निर्माण गरिने नगरप्रमुख राईको भनाइ छ । हलेसी आउने पर्यटकलाई लक्षित गरेर निर्माण गर्न लागिएको ढुङ्गे बगैँचा आवतजावत गर्नका लागि पदमार्गसमेत निर्माण गर्नेगरि डिपिआरको काम भइरहेको नगरपालिकाले जनाएको छ । प्राकृतिक रूपमै रमणीय रहेको ककनीडाँडामा नगरपालिकाले आधुनिक किसिमको ढुङ्गे बगैँचा निर्माण गर्ने भएपछि आसपासका स्थानीयवासीसमेत हर्षित छन् । पानी अभावमा लामो समयदेखि खेती गर्न छाडेर बाँझिएको जग्गा उपयोग हुनेभएपछि आसपासका स्थानीयवासी हर्षित भएका हुन् । ककनीडाँडाबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा तथा उच्च हिमाली श्रृङ्खला, तराईका समथर भूभागलगायत रमणीयस्थल अवलोकन गर्न सकिन्छ । विशेषगरि हलेसी आउने पर्यटकलाई लक्षित गरेर निर्माण गर्न लागिएको ढुङ्गे बगैँचामा दृश्यावलोकन गर्ने ठाउँ तथा कफी सप, चमेनागृह, डेटिङ स्पटलगायत अन्य बगैँचामा हुने सबै सुविधा रहने नगरप्रमुख राईले जानकारी दिए । हात्तीसुँडे ढुङ्गा तथा विभिन्न आकृतिका प्राकृतिक ढुङ्गाहरू रहेको ककनीडाँडा नेपाल सरकारले १०० वटा पर्यटकीय गन्तव्यको सूचीमा राखेको मुन्दुम ट्रेलको प्रवेशस्थलमा पर्दछ । किराँती सभ्यतासँग सम्बन्धित मुन्दुम ट्रेल हलेसीबाट शुरु भएर रूपाकोट, टेम्के, मैयुङ हुँदै सालपा सिलिचुङसम्मको निर्धारण गरिएको छ । मध्यपहाडी लोकमार्गले छोएको रमणीयस्थल ककनीडाँडा नजिकै किराँत सभ्यताको उद्गम थलो तुवाचुङ–जायजुम छ । ढुङ्गै÷ढुङ्गाले बनेको रमणीयस्थल ककनीडाँडामा निर्माण गर्न लागिएको ढुङ्गे बगैँचालाई महत्वका साथ हेरिएको छ । जिल्लामै पहिलो पटक ककनीडाँडामा निर्माण गर्न लागिएको ढुङ्गे बगैँचामा ढुङ्गा र फूलबीचको सम्बन्ध रहनेगरि फूलहरू लगाउन वातावरणविद्सँग परामर्शसमेत थालिएको जनाइएको छ । ककनीडाँडामा हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटक यसअघि पनि दृष्यावलोकन तथा घुम्न जाने गरेको स्थानीयवासीले बताएका छन् । पर्यटकीय नगर हलेसी तुवाचुङ नगरपालिकामा दर्जन बढी पर्यटकीयस्थलहरू रहेका छन् । उक्त पर्यटकीयस्थलहरूको स्तरोन्नति तथा प्रवद्र्धनमा नगरपालिकाले नीति तथा कार्यक्रम नै बनाएर काम गरिरहेको छ । नगरको प्रमुख आम्दानीको स्रोत नै पर्यटकीयस्थल भएकाले स्तरोन्नति तथा प्रवद्र्धनमा लागिएको नगरप्रमुख राईले बताए । एघार वटा वडा रहेको उक्त नगरपालिकाको वडा नम्बर–७ महादेवस्थानमा त्रिधार्मिकस्थ हलेसी पर्दछ । धार्मिक मान्यताले मात्रै नभइ प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा अहिले बाह्रै महिना मेला लाग्ने गरेको छ । ठूल्ठूला चट्टानको बीच भागमा रहेको हलेसी गुफाभित्र बिराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ । हलेसी मन्दिरको मुख्य गुफाको ठीक पछाडिपट्टी उस्तै ठूलो बसाहा गुफा छ । गुफाभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुपम उपहार हो । रासस
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६  ०९:१२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP