Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
विश्व
  • Home
  • विश्व
  • नाइजरका राष्ट्रपति ‘असन्तुष्ट सुरक्षाकर्मी’को कब्जामा, सेनाद्वारा आक्रमणको चेतावनी
नाइजरका राष्ट्रपति ‘असन्तुष्ट सुरक्षाकर्मी’को कब्जामा, सेनाद्वारा आक्रमणको चेतावनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ११, २०८०
Hardik health

नियामी/एएफपी- नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार प्रतिष्ठित प्रेसिडेन्सियल गार्डका असन्तुष्ट सदस्यहरूले नियन्त्रणमा लिई आक्रमणको चेतावनी दिएको राष्ट्रपति निकट स्रोतले जनाएको छ । पश्चिम अफ्रिकी समूह (इकोवास) ले उक्त घटनालाई ‘कू’ को प्रयास भन्दै यसकोे निन्दा गरेको छ ।

साथै, राष्ट्रपतिलाई तत्काल बिना शर्त रिहा गर्न ‘आक्रमणकारीहरू’सँग आग्रह गरेको छ । सन् २०२१ मा फ्रान्सको निकट सहयोगी बाजुम निर्वाचनबाट विजयी भएर नाइजरको राष्ट्रपति बनी गरिबीमा डुबेको र दीर्घकालीन अस्थिरताको इतिहासले थिचिएको देशको नेतृत्व सम्हालेका थिए ।

“बुधबार बिहान सुरक्षा गार्डका सदस्यहरूले राष्ट्रपति निवास र कार्यालयहरूमा प्रवेश बन्द गरी राष्ट्रपतिसमक्ष आफ्ना माग राखेका थिए र वार्तामा उनीहरूको माग पूरा नभएको भन्दै ‘राष्ट्रपतिलाई रिहा गर्न अस्वीकार गरेका थिए,” राष्ट्रपति स्रोतले भनेको छ । “सेनाले आक्रमणकारीलाई नियन्त्रणमा रहेका सबै सदस्यलाई तत्काल विना शर्त रिहा गर्न र स्थितिलाई सामान्य बनाउन चेतावनी दिएको छ,” नाम नबताउने शर्तमा स्रोतले भन्यो ।

ट्वीटरमा ‘एक्स’ नामबाट दिइएको सन्देशमा राष्ट्रपतिको कार्यालयले भनेको छ, “प्रेसिडेन्सियल गार्ड (पीजी) का केही व्यक्तिले आवेगमा आई राष्ट्रपतिलाई घेराऊ गरेको र राष्ट्रिय सशस्त्र बल र राष्ट्रिय गार्डको समर्थन प्राप्त गर्ने असफल ‘कू’ को प्रयास गरेका थिए ।”

“सेना र राष्ट्रिय गार्डले राष्ट्रपतिलाई आक्रमण गर्ने उक्त समूहलाई चेतावनी दिँदै यदि उनीहरू शान्तिपूर्णरूपमा सहमतिमा नआएमा उनीहरूको प्रतिकार गरी राष्ट्रपतिलाई सहयोग गर्न तयार रहेको छ,” राष्ट्रपतिको कार्यालय स्रोतले नाम गोप्य राख्ने शर्तमा भनेको छ । स्रोतका अनुसार राष्ट्रपति र उहाँको परिवार स्वस्थ अवस्थामा रहेका छन् ।

सुरक्षाकर्मीको रिसको कारण भने खुलाइएको छैन । एएफपीका एक संवाददाताका अनुसार नियामीस्थित राष्ट्रपति भवनसम्म प्रवेशमा रोक लगाइएको छ । यद्यपि उक्त क्षेत्रमा कुनै असामान्य सैन्य तैनाथी वा गोली चलेको आवाज आएको छैन र यातायात सामान्य रहेको छ । नाइजेरियाबाट जारी विज्ञप्तिमा इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स (इकोवास) ले प्रजातान्त्रिक ढङ्गबाट निर्वाचित एक नेताविरुद्ध ’कू’ को प्रयास हुनु निन्दनीय छ । उक्त समूह र अन्तर्राष्ट्रिय समुदायले बाजुम, उनको परिवार, सरकारका सदस्य र सर्वसाधारणको सुरक्षाका लागि संलग्न सबैलाई जिम्मेवार ठह¥याउने चेतावनी दिएको छ ।


प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०६:४२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
स्वच्छ हावाका लागि पाकिस्तानी नागरिकको संघर्ष
स्वच्छ हावाका लागि पाकिस्तानी नागरिकको संघर्ष बुधबार, माघ ७, २०८२
अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता
अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता बुधबार, माघ ७, २०८२
चर्कियो इरान-अमेरिका तनाव
चर्कियो इरान-अमेरिका तनाव बुधबार, माघ ७, २०८२
उत्तर कोरियाको आणविक क्षमता बढ्दो : दक्षिण कोरियाली राष्ट्रपति
उत्तर कोरियाको आणविक क्षमता बढ्दो : दक्षिण कोरियाली राष्ट्रपति बुधबार, माघ ७, २०८२
पश्चिमी अस्ट्रेलियामा ‘बुशफायर’ का कारण निकासी आदेश जारी
पश्चिमी अस्ट्रेलियामा ‘बुशफायर’ का कारण निकासी आदेश जारी बुधबार, माघ ७, २०८२
आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता
आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
आबे हत्या प्रकरणमा आजीवन सजाय
आबे हत्या प्रकरणमा आजीवन सजाय बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP