Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • नाइजरका राष्ट्रपति ‘असन्तुष्ट सुरक्षाकर्मी’को कब्जामा, सेनाद्वारा आक्रमणको चेतावनी
नाइजरका राष्ट्रपति ‘असन्तुष्ट सुरक्षाकर्मी’को कब्जामा, सेनाद्वारा आक्रमणको चेतावनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ११, २०८०
Hardik health

नियामी/एएफपी- नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार प्रतिष्ठित प्रेसिडेन्सियल गार्डका असन्तुष्ट सदस्यहरूले नियन्त्रणमा लिई आक्रमणको चेतावनी दिएको राष्ट्रपति निकट स्रोतले जनाएको छ । पश्चिम अफ्रिकी समूह (इकोवास) ले उक्त घटनालाई ‘कू’ को प्रयास भन्दै यसकोे निन्दा गरेको छ ।

साथै, राष्ट्रपतिलाई तत्काल बिना शर्त रिहा गर्न ‘आक्रमणकारीहरू’सँग आग्रह गरेको छ । सन् २०२१ मा फ्रान्सको निकट सहयोगी बाजुम निर्वाचनबाट विजयी भएर नाइजरको राष्ट्रपति बनी गरिबीमा डुबेको र दीर्घकालीन अस्थिरताको इतिहासले थिचिएको देशको नेतृत्व सम्हालेका थिए ।

“बुधबार बिहान सुरक्षा गार्डका सदस्यहरूले राष्ट्रपति निवास र कार्यालयहरूमा प्रवेश बन्द गरी राष्ट्रपतिसमक्ष आफ्ना माग राखेका थिए र वार्तामा उनीहरूको माग पूरा नभएको भन्दै ‘राष्ट्रपतिलाई रिहा गर्न अस्वीकार गरेका थिए,” राष्ट्रपति स्रोतले भनेको छ । “सेनाले आक्रमणकारीलाई नियन्त्रणमा रहेका सबै सदस्यलाई तत्काल विना शर्त रिहा गर्न र स्थितिलाई सामान्य बनाउन चेतावनी दिएको छ,” नाम नबताउने शर्तमा स्रोतले भन्यो ।

ट्वीटरमा ‘एक्स’ नामबाट दिइएको सन्देशमा राष्ट्रपतिको कार्यालयले भनेको छ, “प्रेसिडेन्सियल गार्ड (पीजी) का केही व्यक्तिले आवेगमा आई राष्ट्रपतिलाई घेराऊ गरेको र राष्ट्रिय सशस्त्र बल र राष्ट्रिय गार्डको समर्थन प्राप्त गर्ने असफल ‘कू’ को प्रयास गरेका थिए ।”

“सेना र राष्ट्रिय गार्डले राष्ट्रपतिलाई आक्रमण गर्ने उक्त समूहलाई चेतावनी दिँदै यदि उनीहरू शान्तिपूर्णरूपमा सहमतिमा नआएमा उनीहरूको प्रतिकार गरी राष्ट्रपतिलाई सहयोग गर्न तयार रहेको छ,” राष्ट्रपतिको कार्यालय स्रोतले नाम गोप्य राख्ने शर्तमा भनेको छ । स्रोतका अनुसार राष्ट्रपति र उहाँको परिवार स्वस्थ अवस्थामा रहेका छन् ।

सुरक्षाकर्मीको रिसको कारण भने खुलाइएको छैन । एएफपीका एक संवाददाताका अनुसार नियामीस्थित राष्ट्रपति भवनसम्म प्रवेशमा रोक लगाइएको छ । यद्यपि उक्त क्षेत्रमा कुनै असामान्य सैन्य तैनाथी वा गोली चलेको आवाज आएको छैन र यातायात सामान्य रहेको छ । नाइजेरियाबाट जारी विज्ञप्तिमा इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स (इकोवास) ले प्रजातान्त्रिक ढङ्गबाट निर्वाचित एक नेताविरुद्ध ’कू’ को प्रयास हुनु निन्दनीय छ । उक्त समूह र अन्तर्राष्ट्रिय समुदायले बाजुम, उनको परिवार, सरकारका सदस्य र सर्वसाधारणको सुरक्षाका लागि संलग्न सबैलाई जिम्मेवार ठह¥याउने चेतावनी दिएको छ ।


प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०६:४२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आश्वासनबीच तेलको मूल्यमा गिरावट
आश्वासनबीच तेलको मूल्यमा गिरावट शुक्रबार, चैत ६, २०८२
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो शुक्रबार, चैत ६, २०८२
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो शुक्रबार, चैत ६, २०८२
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार शुक्रबार, चैत ६, २०८२
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन शुक्रबार, चैत ६, २०८२
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP