Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
Search Here
विश्व
  • Home
  • विश्व
  • पाँच वर्षपछि युनेस्कोमा फेरि फहराउँदै अमेरिकी झण्डा
पाँच वर्षपछि युनेस्कोमा फेरि फहराउँदै अमेरिकी झण्डा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ९, २०८०
RBB RBB

वासिङ्टन - पेरिसस्थित राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक सङ्गठन (युनेस्को)को प्रधानकार्यालयमा अमेरिकाको राष्ट्रिय झण्डा पुनः फहराउने भएको छ । 

प्रथम महिला जिल बाइडेनले देशको झण्डा फहराउँदै आफ्ना पतिका तर्फबाट विशिष्ट व्यक्तिमाझ अमेरिकी धारणा प्रस्तुत गर्नुहुनेछ । युनेस्कोमा अमेरिकाको पुनःफिर्ती कार्यक्रमलाई सम्बोधन गर्न छोरी आस्लेका साथ राष्ट्रपति जो बाइडेनको दूत बनेर प्रथम महिला जिल सोमबार अपराह्न पेरिस पुगिसक्नुभएको छ ।

भर्जिनिया सामुदायिक कलेजकी अङ्ग्रेजीकी अध्यापिका जिल युनेस्कोका लागि उपयुक्त पात्र भएको अमेरिकी अधिकारीहरूले बताएका छन् । अमेरिकी राष्ट्रपतिको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिकबाट प्रारम्भ भएको उनको अन्तरराष्ट्रिय भ्रमण बेलायतका राजारानीको शुभराज्याभिषेक, जोर्डनका युवराजको विवाहपछि युनेस्कोमा पुगेको छ ।

शिक्षा, विज्ञान र संस्कृतिका क्षेत्रमा विश्वव्यापी साझेदारी र सहकार्य गर्ने युनेस्कोले विश्वका पुरातात्विक एवम् ऐतिहासिक सम्पदालाई अनन्तकालसम्म संरक्षण गर्नुपर्ने स्मारक एवम् सम्पदास्थललाई विश्व सम्पदा सूचीमा समावेशसमेत गर्दै आएको छ । 

हालै ओडेसाको गिर्जाघर र युक्रेनका अन्य सम्पदास्थलमा रुसले गरेको आक्रमणको निन्दा गरेको उक्त राष्ट्रसङ्घीय निकायले क्षतिको अनुगमन गर्न चाँडै नै विज्ञहरूको टोली परिचालन गर्ने बताएको छ । गत वर्ष ओडेसाको क्याथेड्रललाई विश्वसम्पदा सूचीमा समावेश गरिएको थियो ।

रुसले विश्वसम्पदा सूचीमा रहेका स्थानमा आक्रमण नगर्ने प्रतिबद्धता पालना नगरेकामा युनेस्कोले मस्कोको ध्यानाकर्षण गराएको छ । बुधबार वासिङ्टन फर्कनुअघि प्रथम महिलाले विश्व सम्पदा सूचीमा रहेको एक हजार वर्ष पुरानो बेनिडिक्टिन विहारको भ्रमण गर्नुहुनेछ । उक्त विहार सन् १९७९ मा विश्वसम्पदा घोषित भएको हो । 

युनेस्को इजरायलविरुद्ध पक्षपाती रहेको दाबी गर्दै रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिका युनेस्कोबाट बाहिरिएको हो । एक सय ९३ सदस्यीय युनेस्कोमा अमेरिकी अनुपस्थितिले चिनियाँ चासो प्रवद्र्धनमा बल पुग्ने ठानेर उसलाई सन्तुलनमा राख्न त्यस संस्थामा पुनः सम्मिलित हुने निर्णय बाइडेन प्रशासनले गत महिना गरेको हो । 

यसै महिनाको प्रारम्भमा युनेस्कोको कार्यकारी परिषद्ले सङ्गठनमा पुनः सामेल हुन अमेरिकाले गरेको आवेदन एक सय ३२ मतले पारित गरेको थियो । 


प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप विश्व
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा आइतबार, जेठ ४, २०८२
इरानी पप गायक तातालुलाई मृत्युदण्डको सजाय
इरानी पप गायक तातालुलाई मृत्युदण्डको सजाय आइतबार, जेठ ४, २०८२
जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एकको मृत्यु
जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एकको मृत्यु आइतबार, जेठ ४, २०८२
पुटिन र जेलेन्स्कीबीच सहमतिपछि मात्र भेटवार्ता सम्भव : क्रेमलिन
पुटिन र जेलेन्स्कीबीच सहमतिपछि मात्र भेटवार्ता सम्भव : क्रेमलिन आइतबार, जेठ ४, २०८२
अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु
अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु आइतबार, जेठ ४, २०८२
रूस र युक्रेन इस्तानबुलमा भेट्ने, तर अपेक्षा न्यून
रूस र युक्रेन इस्तानबुलमा भेट्ने, तर अपेक्षा न्यून शुक्रबार, जेठ २, २०८२
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर बिहीबार, जेठ १, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
पहिचानपक्षधरको जनमत तान्ने दाउ
पहिचानपक्षधरको जनमत तान्ने दाउ
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP