काठमाडौं– राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा ६ जना मृत फेला परेका छन् । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ हात्तिगौडा डेरा गरी बस्ने धादिङ खनायोबास गाउँपालिका–६ घर भएका ३२ वर्षीय रामकृष्ण रिजाल आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै धादिङको नीलकण्ठ नगरपालिका–५ पतेनी बस्ने ७५ वर्षीय राम बहादुर परियार सोही ठाउँस्थित खाल्टे(धादिङबेशी सडक छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् । उता कञ्चनपुरको भिमदत्त नगरपालिका(११ बाँसखेडास्थित नहर छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसै गरी कञ्चनपुरकै भिमदत्त नगरपालिका–१० जिरो पोईन्टस्थित गताडी खोला किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
झापाको बाह्रदशी गाउँपालिका–१ नयाँ बस्तीस्थित अदुवा खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेकी महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
यता धनुषाको मिथिला नगरपालिका(७ कृषि बजारस्थित सडक किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।