पाल्पा– विद्युतको तार तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
रैनादेबीछहरा गाउँपालिका– ३ झिरबास देउराली बस्ने ४२ वर्षीय गोबिन्द बरम्लेको मृत्यु भएको हो ।
उनको खेतमा पानी तान्ने क्रममा मोटर चलाउर्दा करेन्ट लागेर शनिबार साँझ घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।